पैसा कसरी कमाउने: सजिलै पैसा कमाउने यी ३ उपाय, तपाईं पनि ‘ट्राई’ गर्ने कि ?

काठमाडौं । संसारमा हरेक मान्छेको एउटै चासो हुन्छ, पैसा कसरी कमाउने ? सुख-सयल कसरी प्राप्त गर्ने ? धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन् ।

कोही सफल हुन्छन् भने कोही असफल हुन्छन् । केहीले भने अवैध तरिकाले पैसा कमाउन चाहन्छन् । संसारमा अवैध तरिकाले पैसा कमाउने कामले भने सुख होइन, तनाव मात्रै दिने गरेको छ । किनभने उ एकदिन फस्छ, फस्छ ।

नेपाल जस्ता अल्पविकसित देशका नागरिकको सोचाई हुन्छ,- आफ्ना छोरा छोरीलाई राम्रो विद्यालयमा पढाउँ, आफ्नो एउटा सानो घर हाओस्, बिरामी पर्दा सामान्य उपचार गर्न पाइयोस् । समाजमा आनो प्रतिष्ठा हाओस् । धेरैको यस्तै चाहना हुन्छ ।

तर पैसा कमाउने विषय त्यत्ति सहज भने छैन । यसमा केही नयाँ सोच र तरिका जरुरी पर्दछ । संसारभरमा नै पैसा कमाउन नचाहने मानिस कमै होलान् । पैसा कमाउनका लागि कोशिसि पनि आवश्यक पर्दछ । त्यसका लागि सबैभन्दा पहिले आफ्नो क्षमता बढाउनु जरुरी हुन्छ ।

क्षमताको प्रयोग गरेर रोजगारी या कारोवार गर्नु उत्तम हुन जान्छ । त्यसबाट बचत तथा लगानीका लागि थप अवसर समेत खोज्न सकिन्छ । वित्तीय क्षेत्रका जानकाहरु भन्छन् पैसा कमाउनका लागि सपना मात्रै देखेर पनि हुँदैन । त्यसका लागि सही र सहज प्रयास समेत गर्नु जरुरी हुन्छ ।

सपना देख्नुस्: सपना देख्नेले मात्रै समाजमा ठूलो प्रतिष्ठा, मान प्रतिष्ठा र पैसा समेत कमाउन सक्छ । सपना नदेख्ने र महत्वाकाक्षा नराख्नेले समाजमा कुनै पनि प्रकारको प्रगति गर्न स्क्दैन । सपना र महत्वाकाक्षाले मात्रै तपाईको दायरलाई फराकिलो बनाउन सहयोग पुग्छ ।

यदि तपाई केही ठूलो काम गर्ने र सपना देख्नुहुन्छ तब तपाईलाई त्यसले केही न केही थप मार्ग प्रशस्त गरिदिन्छ । सपना देख्नले नै त्यसलाई पूरा गराउन हरसम्भव प्रयास गर्दछ ।

आफूलाई सफल बनाउन प्रयत्न गर्न स्क्छ । तपाईको त्यस्तो सपनाको कसरी पूरा गर्न सकिन्छ । त्यसका लागि तपाईलाई उपयुक्त लाग्ने योग्य व्यक्तिको समेत सहयोग लिन सक्नुहुन्छ ।

आफ्नो क्षमताको पहिचान: जानकारहरु भन्छन्, तपाईको क्षमता, योग्यता के हो त्यो पहिचान गर्नुस् । त्यसले तपाईलाई सफल हुन मद्दत मात्रै गर्दैन, मार्गनिर्देशन समेत गर्दछ । तपाई आनै बारेमा यो जान्न जरुरी छ कि तपाई सबैभन्दा सहज र सपजलो तरिकाले के कमा गर्न सक्नुहुन्छ ।

तपाईले मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै तपाईले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ । यसलाई ध्यानमा राख्नुस कि जीवनमा सफलता हासिल गर्न वा पैसा कमाउनका लागि मतिस्कलाई सही दिशामा लगाउन जरुरी हुन्छ ।

कडा मेहनतको विकल्प छैन: पैसा कमाउने विषय सजिलो र सहज छैन । त्यसका लागि कडा मेहनत र डेडिकेशनको जरुरी पर्दछ । असाध्यै तल्लो तलबाट माथि उठेका संसारका ठूला मान्छेहरुले जीवनमा गरेको संघर्षका कथा पढ्नुस ।

दुःखबाट सफलता हासिल गरेर व्यक्तिको कथा र जीवन संघर्षले तपाईलाई प्ररित गर्दछ । तपाईको क्षमता बढाउन र मेहनत गर्नका लागि त्यसले तपाईलाई प्रेरित गर्दछ । वारने बफेट हुन वा अमेजनका मालिक वा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश आम्बानीले सपना देखेका कारण नै सफलता हासिल गरेका हुन् ।

कुशलतापूर्वक सफलता हासिल गर्न सकिन्छ । सफलता हासिल गर्नका लागि तपाई सधै तत्पर समेत हुनुपर्दछ । तपाईको सपना पूरा गर्न कडा मेहनत गरेपछि त्यसले मात्रै स्वर्णिम भविस्यको उज्यालो स्म्भावना तय गर्न सक्छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । वर्तमान आधुनिक युगमा विश्वका महिलाहरु अगाडि बढिरहेका मात्र छैनन् पुरुषहरुसँग काँधमा काँध मिलाउन सक्षम भैसकेका छन् । तर सबै महिलाको अवस्था समान छैन ।

अशिक्षा, गरिबी, अन्धविश्वास, दमन तथा विभेद र थिचोमिचो तथा कुप्रथाहरुका कारण धेरै महिलाहरु अहिले पनि नारकीय तथा दोस्रो दर्जाको जीवन जिउन बाध्य छन् ।

छिमेकी मुलुक भारतमा पनि यस्तै एउटा दर्दनाक कुप्रथा छ जसले महिलाहरुलाई निकै सस्तो भाडाको वस्तु बनाइरहेको छ । भारतको मध्यप्रदेश र गुजरातका कतिपय गाउँहरुमा यो कुप्रथा कायम छ ।

जसमा पुरुषहरुले अर्काकी पत्नीलाई निकै सस्तो मूल्यमा भाडामा लिन पाउँछन्, त्यो पनि वर्ष दिनको लागि । अर्काकी पत्नी भाडामा लिने त्यो कुप्रथाको नाम ‘धडीचा’ हो ।

मध्यप्रदेशको शिवपुरी गाउँमा धडीचा कुप्रथा अहिले पनि कायमै छ । उक्त गाउँमा हरेक वर्ष एक हाट बजार लाग्दछ जसमा महिलाहरुको लिलामी हुन्छ ।

उक्त हाटबजारमा पुरुषहरुले आफूलाई मन परेको कुनै पनि महिला तथा युवतीलाई भाडामा लिन सक्दछन् । उक्त हाट बजारमा विवाहित महिला तथा अविवाहित युवतीहरुको लिलामी हुन्छ ।

त्यसबाट पुरुषहरुले अर्काकी छोरी वा पत्नीलाई केही दिन, महिना वा वर्षसम्म आफ्नै पत्नी बनाउनका लागि भाडामा लिन्छन् । ती महिला वा युवती कतिसम्म बेचिन्छन् भन्ने कुराको तय त्यो व्यक्तिले कति रुपैयाँ दिनसक्छ भन्ने कुरामा निर्भर रहन्छ ।

उक्त गाउँमा महिला भाडामा लिने हाटबजार लागेको बेला टाढा टाढाबाट समेत पुरुषहरु आउने गर्दछन् । हाटबजारबाट महिला भाडामा लिँदा १० भारुदेखि १ सय भारुको एक टिकट टाँसिएको सम्झौता पत्रमा सहीछाप गर्नुपर्दछ ।

उक्त सम्झौता अनुसार एक वर्ष वा त्योभन्दा लामो समयसम्म महिलालाई आफूसँग राख्नका लागि तय गरिएको रकम पनि भुक्तान गर्नुपर्दछ ।

सम्झौता अवधिभर महिलालाई भाडामा लिएर आफूसँग राख्ने पुरुषले समय सकिएपछि महिलालाई त्यहीँ ल्याएर फिर्ता दिनुपर्दछ वा थप रकम तिरेर सम्झौता नवीकरण गर्न सक्छ ।

यसरी भाडामा लिनका लागि महिलाको उमेर, सुन्दरता लगायतका शारीरिक अवस्था हेरेर ५ सय भारुदेखि ५० हजार भारुसम्मको रकम तोकिएको हुन्छ ।

उक्त रकम सम्बन्धित महिला तथा युवतीको घरपरिवारलाई भुक्तान गर्नु पर्दछ । सम्झौता पश्चात् भाडामा लिने पुरुषले महिलासँग विवाहको औपचारिकता पूरा गर्दछ ।

सम्झौता अवधिभर उनीहरुबीच लोग्ने–स्वास्नीको सम्बन्ध रहन्छ । यदि पुरुषलाई सम्झौता अवधि थप गर्ने इच्छा जाग्यो भने उसले थप रकम दिएर सम्झौता नवीकरण गर्न सक्दछ ।

हुनत महिलाले चाहेको खण्डमा भाडा सम्झौता तोड्न पनि सक्दछन् तर त्यसबापत उनीहरुले तय रकम उक्त पुरुषलाई बुझाउनु पर्दछ । यो कुप्रथा गुजरातका विभिन्न गाउँमा पनि कायमै छ ।

अर्काकी छोरी तथा पत्नीको लिलामी गरेर भाडामा लिने यो कुप्रथा अभिसाप नै हो र यसलाई रोक्नका लागि प्रशासनले पनि सख्त कदम उठाउने गरेको छ । तर अन्धविश्वास तथा अशिक्षा व्याप्त गाउँहरुमा लुकिछिपी पनि यस्तो प्रथा चलिरहेको छ ।