हिन्दूहरुको पवित्र तीर्थस्थल कैलाश पर्वतबारे आश्चार्यजनक पाँच रहस्य !

कैलाश पर्वतका नाम जोकोहीले सुनेकै हुनुपर्छ । शिव पुराण, मत्स्य पुरणा, स्कन्द पुराण अथाव भगवान शिवको महिमा वाचन गर्दा ‘कैलाश पर्वतको’ नाम र महिमाको जताततै चर्चा हुन्छ ।

देवताका पनि देवता आरध्यदेव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ । हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र वरुण, श्रिङ्गवान र हिरण्याश्रिङ्ग जस्ता छ वटा दिब्य पर्वतहरुको बिचमा अवीस्थत यस पर्वतकोलाई कमलको फूलको प्रतिकको रुपमा पनि लिइन्छ ।

स्वयं भगवान शिवलाई नै कैलाशको नामले पुकारिन्छ । यो हिन्दूधर्मको सबैभन्दा पवित्र तीर्थस्थल पनि हो । कैलाश पर्वत एक रहस्यमयी पर्वत हो । जहाँ धेरै रहस्यहरु रहेका छन् ।

मानसरोवर स्थित कैलाश पर्वतमा साक्षात भगवान शिव विराजमान छन् भन्ने विश्वास समेत गरिन्छ । हिन्दू धर्मावलम्वीहरुले जीवनमा एकपटक कैलाश मानसरोवरमा जानैपर्ने मान्यता पनि राख्दछन् । कैलाश पर्वत समुद्री सतहदेखि २२ हजार ६८ फिट उचाईमा पर्छ । हिमालयको उत्तरी क्षेत्र स्थित तिब्बतमा रहेको छ यो हिमाल निकै मनोरम पनि छ ।

प्राचीन कालदेखि नै विभिन्न धर्मको लागि यसको विशेष महत्व रहेको छ । यस स्थानको बारेमा लेखिएका विभिन्न मत तथा लोक कथाहरुको कारण पनि यसको महत्व अझ बढी छ । पौराणिक मान्यता अनुसार यस पर्वतका केही रहस्यहरु यहाँ उल्लेख गरिएको छ-

चार धर्मको तीर्थस्थल कैलाश मानसरोवर तिब्बती बौद्ध धर्म, अरु सबै देशले मान्ने बौद्ध धर्म, जैन धर्म र हिन्दू धर्मको महत्वपूर्ण तीर्थस्थल हो । तिब्बतीहरुको मान्यता रहेकोे छ कि यहाँ धेरै वर्ष पहिले एक सन्त कविले त्यहाँ गुफामा बसेर तपस्या गरेको थिए ।

बौद्ध भगवान बुद्ध तथा मणि पद्माको निवास मान्दछन् । जैनहरुको मान्यता आदिनाथ ऋषभदेव यो निर्माणस्थल अष्टपद मान्दछन् । उनीहरुको आनुसार ऋषभदेवले आठ पाइलामा कैलाशको यात्रा गरेका थिए । कैलाश क्षेत्रलाई स्वयम्भू समेत मान्दछन् ।

नदीहरुको उद्गमस्थल
नेपालको कर्णाली नदीको उद्गम स्थल पनि हो– कैलाश पर्वत । कैलाश पर्वतको चार दिशाबाट चारवटा नदीहरुको सुरुवात भएको छ । ती नदीहरुमा ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली । यही नदीहरुबाट नै गंगा, सरस्वती सहित चीनका अरु नदीहरु पनि यही पर्वतबाट शुरु हुन्छन् ।

कैलाशको चारै दिशामा विभिन्न जनावरहरुको मुख जस्तो आकृति देखिन्छ । पूर्वमा अश्वमुख (घोडाको मुखजस्तो) रहेको छ । पश्चिममा हात्तीको, उत्तरमा सिंहको र दक्षिणमा याकको आकृति देखिन्छ ।

यस स्थानमा सिर्फ योगी र ध्यानीहरुले मात्रै बसोबास गर्न सक्दछन् । जसलाई यस्तो वातावरणमा बस्ने आदत बसिसकेको छ । यहाँ चारैतर्फ कल्पना पनि नगरिएका पर्वतहरु रहेका छन् । अधिकांश पहाडको उचाई ३५०० मिटर भन्दा माथिका धेरै हिमालहरु त्यहाँ रहेका छन् ।

डमरु र ॐ को आवज
कैलाश पर्वत या मानसरोवर तलाउ क्षेत्रमा निरन्तर एक आवाज सुनिन्छ । ध्यानमग्न तथा एकाग्र चित्तले सुन्ने हो भने यहाँ डमरू र ॐ को आवाज सुनिन्छ । वैज्ञानिकहरुका अनुसार यो आवाज हिउ पग्लिएर आएको मान्दछन् । यस्तो पनि मान्यता राखिन्छ कि प्रकाश र ध्वनिकाे समागमबाट यहाँ ‘ॐ’कारको ध्वनि सुनिएको हुनसक्छ ।

यति मानवको रहस्यः
हिमालयवासीको भनाइलाई मान्ने हो भने यहाँ यति मानव पाइन्छ । कोई यसलाई हिमाली भालू समेत भन्ने गर्छन् भने कसैले जंगली मानव या हिम मानव पनि भन्छन् । यो धारणा समेत राखिन्छ कि यति मानवले मान्छेलाई मारेर खान्छ । केही वैज्ञानिकहरु भने यसरलाई निडर स्थल मानव मान्दछन् । अधिकांश वैज्ञानिकहरुको दाबी के छ भने हिमालयको बाक्लो हिउ भएको क्षेत्रमा हिम मानव हुन्छन् ।

दुई रहस्यमयी ताल
यहाँ २ रहस्यमयी ताल (सरोवर) छन । एउटा मानसरोवर र दोस्रो राक्षस नामको ताल । मानसरोवर दुनियाको शुद्ध पानीको उच्चतम ताल मध्यको एक हो । जसलाई सूर्यसमान मानिन्छ । दोस्रो राक्षस नामक ताल जहाँको पानी पवित्र मानिदैन । यसलाई चन्द्रमासँग तुलना गरिन्छ । यी दुबै तालको सम्बन्ध सूर्य र चन्द्रमासँग जोडिएको छ । जसले सकारात्मक र नकारात्मक ऊर्जा दिने विश्वास गरिन्छ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । वर्तमान आधुनिक युगमा विश्वका महिलाहरु अगाडि बढिरहेका मात्र छैनन् पुरुषहरुसँग काँधमा काँध मिलाउन सक्षम भैसकेका छन् । तर सबै महिलाको अवस्था समान छैन ।

अशिक्षा, गरिबी, अन्धविश्वास, दमन तथा विभेद र थिचोमिचो तथा कुप्रथाहरुका कारण धेरै महिलाहरु अहिले पनि नारकीय तथा दोस्रो दर्जाको जीवन जिउन बाध्य छन् ।

छिमेकी मुलुक भारतमा पनि यस्तै एउटा दर्दनाक कुप्रथा छ जसले महिलाहरुलाई निकै सस्तो भाडाको वस्तु बनाइरहेको छ । भारतको मध्यप्रदेश र गुजरातका कतिपय गाउँहरुमा यो कुप्रथा कायम छ ।

जसमा पुरुषहरुले अर्काकी पत्नीलाई निकै सस्तो मूल्यमा भाडामा लिन पाउँछन्, त्यो पनि वर्ष दिनको लागि । अर्काकी पत्नी भाडामा लिने त्यो कुप्रथाको नाम ‘धडीचा’ हो ।

मध्यप्रदेशको शिवपुरी गाउँमा धडीचा कुप्रथा अहिले पनि कायमै छ । उक्त गाउँमा हरेक वर्ष एक हाट बजार लाग्दछ जसमा महिलाहरुको लिलामी हुन्छ ।

उक्त हाटबजारमा पुरुषहरुले आफूलाई मन परेको कुनै पनि महिला तथा युवतीलाई भाडामा लिन सक्दछन् । उक्त हाट बजारमा विवाहित महिला तथा अविवाहित युवतीहरुको लिलामी हुन्छ ।

त्यसबाट पुरुषहरुले अर्काकी छोरी वा पत्नीलाई केही दिन, महिना वा वर्षसम्म आफ्नै पत्नी बनाउनका लागि भाडामा लिन्छन् । ती महिला वा युवती कतिसम्म बेचिन्छन् भन्ने कुराको तय त्यो व्यक्तिले कति रुपैयाँ दिनसक्छ भन्ने कुरामा निर्भर रहन्छ ।

उक्त गाउँमा महिला भाडामा लिने हाटबजार लागेको बेला टाढा टाढाबाट समेत पुरुषहरु आउने गर्दछन् । हाटबजारबाट महिला भाडामा लिँदा १० भारुदेखि १ सय भारुको एक टिकट टाँसिएको सम्झौता पत्रमा सहीछाप गर्नुपर्दछ ।

उक्त सम्झौता अनुसार एक वर्ष वा त्योभन्दा लामो समयसम्म महिलालाई आफूसँग राख्नका लागि तय गरिएको रकम पनि भुक्तान गर्नुपर्दछ ।

सम्झौता अवधिभर महिलालाई भाडामा लिएर आफूसँग राख्ने पुरुषले समय सकिएपछि महिलालाई त्यहीँ ल्याएर फिर्ता दिनुपर्दछ वा थप रकम तिरेर सम्झौता नवीकरण गर्न सक्छ ।

यसरी भाडामा लिनका लागि महिलाको उमेर, सुन्दरता लगायतका शारीरिक अवस्था हेरेर ५ सय भारुदेखि ५० हजार भारुसम्मको रकम तोकिएको हुन्छ ।

उक्त रकम सम्बन्धित महिला तथा युवतीको घरपरिवारलाई भुक्तान गर्नु पर्दछ । सम्झौता पश्चात् भाडामा लिने पुरुषले महिलासँग विवाहको औपचारिकता पूरा गर्दछ ।

सम्झौता अवधिभर उनीहरुबीच लोग्ने–स्वास्नीको सम्बन्ध रहन्छ । यदि पुरुषलाई सम्झौता अवधि थप गर्ने इच्छा जाग्यो भने उसले थप रकम दिएर सम्झौता नवीकरण गर्न सक्दछ ।

हुनत महिलाले चाहेको खण्डमा भाडा सम्झौता तोड्न पनि सक्दछन् तर त्यसबापत उनीहरुले तय रकम उक्त पुरुषलाई बुझाउनु पर्दछ । यो कुप्रथा गुजरातका विभिन्न गाउँमा पनि कायमै छ ।

अर्काकी छोरी तथा पत्नीको लिलामी गरेर भाडामा लिने यो कुप्रथा अभिसाप नै हो र यसलाई रोक्नका लागि प्रशासनले पनि सख्त कदम उठाउने गरेको छ । तर अन्धविश्वास तथा अशिक्षा व्याप्त गाउँहरुमा लुकिछिपी पनि यस्तो प्रथा चलिरहेको छ ।