जब साउथ फिल्मका ५ नायिका से’क्स रैकेटमा समातिए

चलचित्र जगत जति आकर्षक र चम्किलो देखिन्छ, त्यति नै यस उद्योगमा धेरै रहस्य छन् जसले उद्योगलाई धेरै पटक बदनामीको अन्धकारमा धकेलिएको छ । सिने जगतसँग जोडिएका नायिकाहरूले आफ्नो उत्कृष्ट अभिनयले इन्डस्ट्रीको नाम उचाइमा पु¥याएका छन् भने केही यस्ता नायिका पनि छन् जसले उद्योगको नाम बदनाम गरेका छन् ।

आज हामी तपाईलाई दक्षिण भारतीय चलचित्रमा काम गरि देह व्यापारको दलदलमा फसेका ५ यस्ता अभिनेत्रीको बारेमा बताइरहेका छौँ । शर्लिन चोपडा सधैं आफ्नो बोल्ड स्टाइलका कारण चर्चामा रहने गर्छिन् । उनले सन् २००२ मा तमिल फिल्म ‘विश्वविद्यालय’बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् ।

अभिनेत्रीले तमिल बाहेक तेलुगु र हिन्दी फिल्ममा पनि काम गरिसकेकी छिन् । एडल्ट म्यागजिन प्लेब्वाईका लागि न’ग्न फोटोशूट गर्ने शर्लिन पहिलो भारतीय महिला हुन् । शर्लिन रियालिटी शोमा पनि देखिएकी छिन् । शर्लिन चोपडाले आफ्नो पुरानो अन्तर्वार्तामा आफूले पैसाको लागि से’क्स गर्ने गरेको खुलासा गरेकी थिइन् ।

श्वेता बसु बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् । उनले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेकी थिइन् । शबाना आजमीसँग सन् २००२ मा रिलिज भएको उनको हिन्दी फिल्म ‘मकडी’ले हलचल मच्चाएको थियो ।

यस फिल्मबाट उनले उत्कृष्ट बाल अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी थिइन् । सन् २००५ मा रिलिज भएको फिल्म ‘इकबाल’मा पनि उनको अभिनयले राम्रो प्रशंसा भएको थियो ।

सन् २०१४ मा हैदराबादको बंजारा हिल्समा प्रहरीले छापा मार्दा प्रहरीले श्वेतालाई से’क्स रैकेटमा पक्राउ गरेको थियो । यद्यपि श्वेताले पछि यो घटनामा आफू दोषी नभई पीडित भएको बताएकी थिइन् । श्वेता नेटफ्लिक्सको ‘रे’ वेब सिरिजमा देखिने भएकी छिन् ।

बलिउडमा शाहरुख खानको फिल्म ‘चलते–चलते’ र ‘ओम शान्ति ओम’मा काम गरिसकेकी नायिका ऐश अन्सारीले पनि साउथ फिल्ममा काम गरिसकेकी छिन् । सन् २०१० मा प्रहरीले उनलाई जोधपुरको एक होटलबाट पक्राउ गरेको थियो । उनी देह व्यापारमा संलग्न थिइन् । यो र्‍याकेट अनलाइनबाट चल्ने गर्दथ्यो ।

मोडल तथा दक्षिण भारतीय अभिनेत्री भुवनेश्वरी तमिल र तेलुगु फिल्ममा देखा परेकी थिइन् । भुवनेश्वरी सन् २००८ मा रिलिज भएको फिल्म ‘कुरकुरे’ मा मुख्य भूमिकामा देखिएकी थिइन् । उनको नाम पनि से’क्स रैकेटमा आएको थियो ।

रिपोर्टका अनुसार सन् २००२ मा एक नेतासँग झगडा भएपछि उनलाई वेश्यावृत्तिको कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । जेलबाट बाहिर आएपछि सन् २००३ मा उनले ‘ब्वाईज’ नामक फिल्ममा वेश्याको भूमिका निभाएकी थिइन् ।

कारोलिन मारिया असन एक तमिल अभिनेत्री हुन् । उनले तमिल फिल्ममा साइड रोल गरेका छन् । सन् २०१२ मा प्रहरीले उनलाई पुणेको विमान नगरस्थित पाँचतारे होटलबाट पक्राउ गरेको थियो । अभिनेत्री से’क्स रैकेटमा संलग्न थिइन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं । वर्तमान आधुनिक युगमा विश्वका महिलाहरु अगाडि बढिरहेका मात्र छैनन् पुरुषहरुसँग काँधमा काँध मिलाउन सक्षम भैसकेका छन् । तर सबै महिलाको अवस्था समान छैन ।

अशिक्षा, गरिबी, अन्धविश्वास, दमन तथा विभेद र थिचोमिचो तथा कुप्रथाहरुका कारण धेरै महिलाहरु अहिले पनि नारकीय तथा दोस्रो दर्जाको जीवन जिउन बाध्य छन् ।

छिमेकी मुलुक भारतमा पनि यस्तै एउटा दर्दनाक कुप्रथा छ जसले महिलाहरुलाई निकै सस्तो भाडाको वस्तु बनाइरहेको छ । भारतको मध्यप्रदेश र गुजरातका कतिपय गाउँहरुमा यो कुप्रथा कायम छ ।

जसमा पुरुषहरुले अर्काकी पत्नीलाई निकै सस्तो मूल्यमा भाडामा लिन पाउँछन्, त्यो पनि वर्ष दिनको लागि । अर्काकी पत्नी भाडामा लिने त्यो कुप्रथाको नाम ‘धडीचा’ हो ।

मध्यप्रदेशको शिवपुरी गाउँमा धडीचा कुप्रथा अहिले पनि कायमै छ । उक्त गाउँमा हरेक वर्ष एक हाट बजार लाग्दछ जसमा महिलाहरुको लिलामी हुन्छ ।

उक्त हाटबजारमा पुरुषहरुले आफूलाई मन परेको कुनै पनि महिला तथा युवतीलाई भाडामा लिन सक्दछन् । उक्त हाट बजारमा विवाहित महिला तथा अविवाहित युवतीहरुको लिलामी हुन्छ ।

त्यसबाट पुरुषहरुले अर्काकी छोरी वा पत्नीलाई केही दिन, महिना वा वर्षसम्म आफ्नै पत्नी बनाउनका लागि भाडामा लिन्छन् । ती महिला वा युवती कतिसम्म बेचिन्छन् भन्ने कुराको तय त्यो व्यक्तिले कति रुपैयाँ दिनसक्छ भन्ने कुरामा निर्भर रहन्छ ।

उक्त गाउँमा महिला भाडामा लिने हाटबजार लागेको बेला टाढा टाढाबाट समेत पुरुषहरु आउने गर्दछन् । हाटबजारबाट महिला भाडामा लिँदा १० भारुदेखि १ सय भारुको एक टिकट टाँसिएको सम्झौता पत्रमा सहीछाप गर्नुपर्दछ ।

उक्त सम्झौता अनुसार एक वर्ष वा त्योभन्दा लामो समयसम्म महिलालाई आफूसँग राख्नका लागि तय गरिएको रकम पनि भुक्तान गर्नुपर्दछ ।

सम्झौता अवधिभर महिलालाई भाडामा लिएर आफूसँग राख्ने पुरुषले समय सकिएपछि महिलालाई त्यहीँ ल्याएर फिर्ता दिनुपर्दछ वा थप रकम तिरेर सम्झौता नवीकरण गर्न सक्छ ।

यसरी भाडामा लिनका लागि महिलाको उमेर, सुन्दरता लगायतका शारीरिक अवस्था हेरेर ५ सय भारुदेखि ५० हजार भारुसम्मको रकम तोकिएको हुन्छ ।

उक्त रकम सम्बन्धित महिला तथा युवतीको घरपरिवारलाई भुक्तान गर्नु पर्दछ । सम्झौता पश्चात् भाडामा लिने पुरुषले महिलासँग विवाहको औपचारिकता पूरा गर्दछ ।

सम्झौता अवधिभर उनीहरुबीच लोग्ने–स्वास्नीको सम्बन्ध रहन्छ । यदि पुरुषलाई सम्झौता अवधि थप गर्ने इच्छा जाग्यो भने उसले थप रकम दिएर सम्झौता नवीकरण गर्न सक्दछ ।

हुनत महिलाले चाहेको खण्डमा भाडा सम्झौता तोड्न पनि सक्दछन् तर त्यसबापत उनीहरुले तय रकम उक्त पुरुषलाई बुझाउनु पर्दछ । यो कुप्रथा गुजरातका विभिन्न गाउँमा पनि कायमै छ ।

अर्काकी छोरी तथा पत्नीको लिलामी गरेर भाडामा लिने यो कुप्रथा अभिसाप नै हो र यसलाई रोक्नका लागि प्रशासनले पनि सख्त कदम उठाउने गरेको छ । तर अन्धविश्वास तथा अशिक्षा व्याप्त गाउँहरुमा लुकिछिपी पनि यस्तो प्रथा चलिरहेको छ ।

Share this: