लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको “गलकोटमा बग्यो दरम” दर्शकको रोजाईमा

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

सोही क्रममा लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको “गलकोटमा बग्यो दरम” ले सार्वजनिाक भएको केही दिनमा चर्चा बटुलिरहेका् छ । केही वर्षअघि अडियोमा मात्र सार्वजनिक भएको सो गीतको अहिले म्युजिक भिडियो पनि दर्शक माझ ल्याइएको हो ।

विष्णु खत्रीको लय तथा शब्द सृर्जना रहेको सो गीतको बिष्णु खत्री र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । भिडियोमा विनोद भण्डारीको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन, मनोज काकीको सम्पादन रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा भने खत्रीलाई मोडल सारिका केसीको अभिनय रहेको छ । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।