चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ पाँच मनोनयनहरुलाई भोली पुष २ गते प्रमाणपत्र वितरण गरिने

आगामी माघ ७ सम्पन्न हुन गइरहेको ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । भक्तपुरबाट वितरण गरिने यस अवार्डको सार्वजनिक मनोनयनहरुलाई यहि आगामी पुस २ गते प्रमाणपत्र वितरण गरिनेछ । यसपटक गीतसंगीतका बिभिन्न ३९ बिधालाई समेटिएको छ ।No description available.

अवार्डमा मौलिक थाली नाँच, काठे गीत, सर्वोत्कृष्ट भाषभाषीलाई पनि समावेश गरिएको छ । सर्वोत्कृष्ट भाषभाषीमा उत्कृष्ट दश गीतको मनोनयन सार्वजनिक गरिएको छ ।

यसपटकको अवार्डको चौथो संस्करणलाई सुर्य बिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं. ४ ले सहकार्य गरेको छ । अवार्ड समारोह शंखधर पार्कमा सम्पन्न हुने आयोजकले जनाएको छ । अवार्डले ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ बोकेको छ ।May be an image of 9 people and people standing

पुस २ गते मनोनयनहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमका लागी अतिथिहरुलाई निमन्त्रणा भइसकेको जनाइएको छ । ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ का अध्यक्ष कृष्ण लाल साहुखलका अनुसार प्रमाण पत्र वितरण कार्यक्रममा सुर्य बिनायक नगरपालिका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यता रहनेछ । साथै बिशेष अतिथिमा मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाप्रमुख बालकृष्ण श्रेष्ठ, चलचित्र बिकाश बोर्डका अध्यक्ष भूवन केसी लगायतको उपस्थिती रहनेछ ।

अवार्ड समारोहका दिन महानायक राजेश हमाललाई नगद रु. १ लाख १ हजार १ सय ११ रुपैंया सहित महानायक सम्मान प्रदान गरिनेछ । यस्तै नगद राशि सहित चलचित्र पत्रकार प्रकाश सुवेदीलाई चलचित्र पत्रकार सम्मान र पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।