मुटु चसक्क बनाउने शब्द, स्वर, निर्देशन र अभिनयमा गणेश अधिकारीको नयाँ गीत “आधा आधैमा”

लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत “आधा आधैमा” भर्खर मात्र सार्बजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द साथै सुमधुर लय सहित गीतले माया प्रेमलाई विषय बनाएको छ । यस अघिका गीतमा जस्तै यो गीतमा पनि अधिकारले उत्कृष्ट शब्द कोरेका छन् भने सोही अनुसारको लय समेत बनाएका छन् ।

गीतमा अधिकारीलाई आवाजमा सुनिता बुढाले साथ दिएकी छन् भने अधिकारी कै निर्देशन साथै अभिनय समेत रहेको छ । उनलाई अभिनयमा जुना गुरुङले साथ दिएकी छन् ।

गीतलाई जीवन साथी म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।