मेयर बालेनलाई नमस्कार नगरेको, भन्दै पुरानो भिडियो भाइरल बनाएपछि निश्चलले लेखे यस्तो स्टाटस

काठमाडौं । निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्राका निर्देशक निर्माता, गायक अभिनेता हन्। तर पछिल्लो समय एक विवादमा तानिएका छन् । निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबारेको एक पुरानो भिडियो अहिले सामाजिक सञ्जाल लगायत टिकटकमा भाइरल बनिरहेको छ ।

निश्चलले बालेनले गरेको नमस्कार नफर्काएर इग्नोर गरेको भन्दै भिडियोलाई सेयर गरिएको थियो । निश्चलले यो भिडियोको यथार्थ बाहिर ल्याउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बालेनलाई मेयर बनाउन अभियान चलिरहेको बेला आयोजित फिल्म ‘चिसो एस्ट्रे’को भिडियोलाई अहिले भाइरल बनाएर आफूविरुद्ध गालीगलौज गरिएको भन्दै निश्चलले आपत्ति जनाएका छन् ।

उनले लेखेका छन् : कसैको चरित्र ह’त्या गर्न कति सजिलो भाको रैछ आजकल। भिडियो क्लिप निकाल्यो, आफूलाई मनलागेको लेख लेख्यो अनि सुरु हुन्छ खेला । गाली गलौच गर्नलाई औंला चिलाईहल्छ “खा”ते काले, चु”तिया, आदर गर्न नसक्ने तेरो फिल्म बहिष्कार गर्नु पर्छ, यस्ता पनि कलाकार रे !! यस्तै अनेकौं, अझ कडा शब्दहरू !

बालेन् ले गरेको नमस्कार मैले नफर्काएर बेवास्था गरें भन्दै टिकटक मा एउटा भिडियो भाइरल हुँदै रैछ । साथीभाइ ले आफन्त ले पनि प्रश्न गर्न थाले के गरेको तैंले भन्दै । त्यै भएर लेख्दैछु । बालेन लाई मेयर बनाउन अभियान चलिरहेको बेला काे कथा हो यो, चिसो एस्ट्रे फ्लिम काे प्रिमियर काे समय ।

७-८ महिना अगाडि काे भिडियो हो त्यै बेला काे इभेन्ट काे । बालेन र मेरो भेट अगाडि नै भएर सँग सँगै थियौं, अरु चिनजान भएका साथी आउँदा उनले अरूलाई, मैले अरूलाई अभिवादन गरिरहेका थियौं। कथा सकियो ! हाम्रो मेयर ज्यू लाई मैले आदर गरिन रे, त्यै भएर म सबै प्रकारका घृणित सन्देशहरूको हकदार छु, हैन त ? सत्य के हो मतलब भएन गाली गर्न पाएपछि पछि हट्नु हुन्न है । भन्दै उनले यस्तो लेख लेखेका हुन् ।