अमृता, सुस्मिता र सरोजले ल्याए मौलिक कौडा गीत ‘ए माया’

गायक सरोज बिरही कार्की एवं गायिकाद्वय अमृता लुंगेली मगर र सुस्मिता विश्वको स्वरमा सजिएको ‘ए माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द, संगीत स्वयम् गायक सरोज बिरही कार्कीको रहेको छ । गीतलाई नारायण डंगोलले संगीत संयोजन गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भने मनोज परियारले गरेका हुन् ।

मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा अमृता लुंगेली मगर, सरोज बिरही कार्की, सुस्मिता विश्व र तिर्थ बहादुर गुरुङको अभिनय रहेको छ ।

उदीराम खड्काको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोलाई देब दोर्जे लामाले छायांकन गरेका हुन् । भिडियो गायिका अमृता लुंगेली मगरको आधिकारिक च्यानल ‘अमृता लुंगेली मगर’ मार्फत सार्वजनिक भएको हो ।

गीतको निर्माण टिमले दर्शक, स्रोता तथा मिडिया हाउसलाई नयाँ भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।