लोकप्रिय गायिका सुनितामी परियार र ईश्वर सिंहको मौलिक सुनिमायालाई सर्वाधिक चर्चामा

लोक दोहरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मौलिक गायक एवम् सर्जक ईश्वर सिंह र लोकप्रिय गायिका सुनितामी परियारको मौलिक पञ्चेबाजा गीत सुनिमायालाई, संगै काटौला जुनी मायालाई सार्वजनिक भएको छ । हाम्रै मौलिक पञ्चेबाजामा निकालिएको यस गीतमा माया र प्रेम मात्र हैन् । अर्घाखाँची र बाग्लुंगका धार्मिक तथा पर्यटकीय स्थलहरुको गीत र संगीतको माध्यमबाट चर्चा गरिएको छ ।  गितलाई शिव हमालले लेखेका हुन भने संगित गायक स्वयम ईश्वरनै निर्माण गरेका हुन ।

अर्घाको दरबार जोडियो घरबार 
सुपा देउराली माई रिमै सुनिमायालाई “

ऐतिहासिक तथा पर्यटकीय धार्मिक स्थलहरु अर्घाखाँचीको सुपा देउराली, अर्घा दरवारलाई समेटेर अर्घाखाँची सहितका आसपासका जिल्लामा मन पराउने भाकामा गीत आएपछि जिल्लाका लोक संगीत र लोक सस्कृती प्रेमीमात्र हैन् । अर्घाखाँचीका व्यवसायी तथा पर्यटन व्यवसायीहरु पनि खुशी भएका छन् । गीतको म्यूजिक भिडियो, अर्घाखाँची जिल्लाको प्रसिद्ध सुपा देउराली मन्दिर, अर्घा भगवती मन्दिर लगायत विभिन्न पर्यटकिय स्थलमा छाँयाकंन गरिएको छ । यस गीतको म्युजिक भिडियोले जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसारमा पनि सहयोग पुगेको छ ।

सुनितामी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायिका सुनितामी परियार र गायक ईश्वर सिंहको स्वर रहेको छ । गीतलाई शिव हमालले लेखेको र संगीत ईश्वर सिंहलेनै निर्माण गरेका हुन् ।

“सपनी तिम्रै म पनि तिम्रै हैन र पियारी, रिमै सुनीमायालाई “

जस्ता अति उत्कृष्ट नयाँ तथा पुरानो दुवै पुस्ताले मन पराउने शव्द तथा लयमा निकालिएको गीतको म्यूजिक भिडियोलाई विनोद भण्डारीेले निर्देशन गरेका छन । अर्घाखाँचीको प्रसिद्ध अर्घाको पञ्चेवाजा सहित बनाइएको, पञ्चेबाजाको धुनमा गाइएको गितमा गायिका सुनितामी परियार आफैले मोडलिंग पनि गरेकी छिन् । उनलाई बिनोद भण्डारी, रेजिना सुनाम र सन्तोष शर्माले साथ दिएका छन् । पञ्चेबाजाँको धुन रहेको लोक गित सार्वजनिक भए पछि गायिका सुनितामी परियारले आफ्ना अघिल्ला गितसंगित जस्तै यसले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेकी छिन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ मा जन्मिएकी गायिका सुनितामीको यस अघि माइती घर जाऊँ, मलाई घाइते पारेयोनी, निर जाले, सलल पानी लगायतका दर्जनौ गीतहरु बजारमा सार्वजनिक भैसकेका छन् । गीतले अर्घाखाँचीको लोक सस्कृति मात्र हैन हाम्रो परम्परा र धार्मिक पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको लोक दोहरी गीत प्रतिष्ठान अर्घाखाँचीका पुर्व अध्यक्ष तथा समाजसेवी व्यक्तित्व सहयोगी विसीको भनाइ छ ।

हेर्नुहोस भिडियो