रोनाल्डोले तत्काल सन्यास नलिने

पोर्चुगलका कप्तान तथा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका फ्यानहरुलाई खुशीको खबर बाहिर आएको छ । क्वाटरफाइनल बाटै पोर्चुगल बाहिरिए पछि रोनाल्डोले सन्यास लिने संकेत गरेका थिए । तर अब उनले तत्काल अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । क्वाटरफाइनलबाट बाहिरिएपछि रोनाल्डोको सन्यास घोषणा आउने अनुमान गरिएको थियो ।

उनले आफैले पनि यसको छनक दिएका थिए । तर, ३७ वर्षीय रोनाल्डोले अहिले भने तत्काल सन्यास लिने मनस्थितीमा आफु नरहेको बताएका छन् । रोनाल्डोले २०२४ को युरोकप खेल्ने विश्वास लिएका छन् ।

रोनाल्डोले पोर्चुगलका लागि १९६ खेलमा १ सय १८ गोल गरेका छन् । रोनाल्डो हाल क्लब विहीन छन् ।म्यानचेस्टर युनाईटेड छाडेपछि रोनाल्डो फ्री एजेन्टमा रहेका छन् ।