के जुनियर बिक्की कौशल आउन लागेको हो ? एयरपोर्टमा कट्रीनाले यसरी लुकाईन् आफ्नो बेबी बम्प

बलिउड अभिनेत्री कैटरीना कैफ र विक्की कौशल सन् २०२१ को अन्तिम महिना डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिए, त्यसपछि अभिनेत्रीको गर्भावस्थाको अफवाहहरू निरन्तर चलिरहेको छ। यस्तो अवस्थामा अभिनेत्रीका केही तस्विरहरु सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेका छन्, जसलाई देखेपछि अभिनेत्रीका फ्यानहरुले यसपटक कट्रिना साँच्चै आमा बन्ने अनुमान गरेका छन् ।

यति मात्र होइन, यी भाइरल तस्बिर र भिडियोमा कमेन्ट गरेर प्रयोगकर्ताहरूले उनको गर्भावस्थाको बारेमा प्रश्न पनि सोधिरहेका छन् । हालसम्म यसबारे अभिनेत्री वा उनको टोलीबाट कुनै बयान वा पुष्टि भएको छैन। तर, अभिनेत्रीको गर्भावस्थाको खबरले सामाजिक सञ्जालदेखि न्युज वेवसाइटसम्म तानिएको छ ।

वास्तवमा, मंगलबार, कट्रिना कैफ मुम्बईमा आयोजित एक अवार्ड समारोह ९न्याका अवार्ड कार्यक्रम० मा सहभागी भइन्। यस क्रममा उनले सुन्दर चाँदीको गाउन लगाएकी थिइन्, जसको तस्विर–भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यसैबीच, मानिसको ध्यान उनको पेट तर्फ गइरहेको छ, जसलाई देखेपछि सामाजिक सञ्जालदेखि लिएर फ्यानहरुले अभिनेत्रीले आफ्नो बेबी बम्प लुकाएर राखेको अनुमान गरिरहेका छन् ।

यति मात्र होइन धेरै प्रयोगकर्ता र फ्यानले क्याट्रिन र विक्कीको घरमा बच्चा आउन लागेको बताएका छन् । तर, यो कति सत्य हो र कति झुटो त्यो भने कट्रिना र विक्कीलाई मात्र थाहा छ । कट्रिनाको विवाहपछि उनको गर्भावस्थाको खबर बेलाबेलामा आइरहेको छ । हालै धेरै बलिउड अभिनेत्रीहरु आमा बनिसकेकी छिन्, त्यसैले अब कट्रिनाका फ्यानहरु पनि अभिनेत्री जतिसक्दो चाँडो आमा बनोस् र यो खुसीको खबर आफ्ना फ्यानहरुलाई सेयर गरून् भन्ने चाहन्छन् ।

यसबाहेक सामाजिक सञ्जालमा कट्रिनाका केही तस्बिर र भिडियोहरू निकै भाइरल भइरहेका छन्, जसमा अभिनेत्री मुम्बई एयरपोर्टमा पर्पल ओभरसाइज टी–सर्टसहित सेतो जिन्स लगाएकी देखिन्छन्, जसपछि प्रयोगकर्ताले अभिनेत्री गर्भवती भएको बताएका छन् । आफ्नो पेट छोप्न यो ठूलो टी(शर्ट लगाएकी छिन् । तर, यो पहिरनमा नायिका पनि आकर्षक देखिएकी छिन् ।