दुई बर्षपछि प्रचण्डलाई ओलीले गरे फोन, के भयो कुराकानी ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुई बर्षपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोनवार्ता गरेका छन् । फोनमा प्रचण्डले ओलीलाई मिलेर जान आग्रह गरेका छन् ।

‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएछ, अब बसेर कुरा गरौं,’ ओलीले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीलाई टाढा पार्ने शक्तिहरु अहिले पनि सक्रिय नै छन् ।’ प्रचण्डले अरु कसैले टाढा पारेको नभई ओलीको विगतको कार्यशैली जिम्मेवार रहेको टिप्पणी गरेका थिए ।

उनले बसेर कुरा गर्न समस्या नभएको भन्दै अगाडिको बाटोबारे चाहिँ समीक्षा गर्नुपर्ने बताएका थिए । ‘हामी गठबन्धनमा छौं, चुनावको सबै परिणाम आइसक्न बाँकी नै छ,’ प्रचण्डको जवाफ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘पहिले हेरौं न परिस्थिति कसरी अघि बढ्छ ।’

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रचण्डसँग फोनमा कुरा भएको पुष्टि गरे । ‘बधाई साटासाट भयो, यसपछि कसरी जाने भन्नेबारे चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भनेर प्रचण्डले भन्नुभएको छ’ उनले भने । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि बुधबार साँझ फोन गरेर बधाई दिएको बज्राचार्यले बताए ।

ओली र प्रचण्ड दुवैले एक अर्कालाई चुनावमा विजय भएकोमा बधाई दिएका थिए । प्रचण्डले ओलीलाई चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको भन्दै प्रशंसा पनि गरेका थिए । ओलीले कम्युनिस्ट आन्दोलन शिथिल पार्नका लागि अराजनीतिक समूहलाई अघि बढाउने कोशिस भइरहेको भन्दै ध्यानपूर्वक सोच्नुपर्ने बताएका थिए ।

बिहीबार ओलीले झापा पुगेर देशमा नयाँ राजनीतिक शक्तिको उदय भनेर प्रोपागान्डा मच्चाइएको भन्दै असन्तुष्टि जनाएका थिए । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दुई पार्टीका अध्यक्षहरुबीच सौहार्द्ध टेलिफोन वार्ता भएको पुष्टि गरे । ‘ओलीले फोन गर्नुभयो, मिलेर केही गरौं भन्ने कुरा भएको छ, तर के गर्ने भन्ने स्पष्ट छैन,’ उनले भने, ‘एमालेका अरु पनि शीर्ष नेताले अध्यक्षलाई फोन गरिराख्नुभएको छ ।’

एमाले उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताले प्रचण्डलाई फोन गरी बधाई दिएका छन् । उनीहरुले मिलेर अघि बढ्नु उचित हुने भन्दै नतिजा आइसकेपछि बसेर छलफल गर्न सुझाव दिएका छन् ।

नेकपा विभाजनपछि दुई अध्यक्षहरुबीच दोहोरो संवाद भएको थिएन । चुनावको मुखमा दुवैले एकअर्काविरुद्ध वाकयुद्ध तीव्र पारेका थिए । चुनाव नतिजा आइनसक्दै दुई शीर्ष नेताहरुबीच संवाद हुनुले आगामी राजनीतिबारे अनेक संकेतहरु पाउन सकिन्छ ।

यो पनि पढ्नुहोस् :
भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।

उनले २२२४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेश बस्नेतले २१६४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ

वीराटनगर – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट निर्वाचित भएका छन्।

पछिल्ला तीन निर्वाचन मध्ये दुई वटामा पराजित भएका शर्मा एमालेका अग्नि खरेललाई १४ हजार भन्दा बढी मतले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् भने खरेलले २५ हजार ३४९ मत पाए।

उनीहरुबीच १४ हजार २७५ को मतान्तर छ। झापा १ का ८१ हजार ७६४ मत खसेको थियो।

यो पनि पढ्नुहोस् :
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको यतिबेला सर्वत्र चर्चा चुलीएको छ ।

रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्रकट गर्नेहरुको लाम लागेको छ ।

यसैबिच अमेरिकामा रहेका लोकप्रिय संचारकर्मी प्रेम बानियाले रविलाई सुझाव दिँदै तत्कालै सरकारमा जान नहुने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै बानियाले भनेका छन् ‘अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । ‘

र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ ।

प्रतिपक्षमा नै बस्ने सुझाव दिँदै बानियाले अगाडी भन्छन् तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् ।

बानियाले लेखेको स्टाटस यस्तो छ : नेपाली राजनीतिको इतिहासमा ‘कहिल्यै नभएको’ एक अस्वभाविक राजनीतिक अभ्यास ‘ब्यालेट’मै देखाइदिए नेपाली जनताले !

अबको दस वर्ष देशमा कोको प्रधानमन्त्री हुनेछन् नामलिष्ट भित्तामा टाँसेर परदेसिएको म र मजस्ता परदेसिएका लाखौं नेपालीहरुका लागि यो ‘तीन पुस्तालामो खुशीको उभार’ हो ।

यसको अर्थ चाँडै त्यो नामलिष्टभन्दा बाहिरको उर्जाशील नयाँ पात्र प्रधानमन्त्री बन्ला र देश रातारात बनाउला भन्ने आशा छैन र यो सम्भव छैन तर देशले अब परिवर्तनको उडान सुरु गरेको र यसमा जनताको साथ रहेको सत्यचाहीँ छर्लंग भएको छ !

यस सँगै यो उभारलाई सम्हाल्न र व्यवस्थापन गर्न सकिएन भने इतिहासकै डरलाग्दो खतरा पनि यसैसाथ आएको छ ।

त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ ।

अर्को कुरा, आहन नै बनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ यो रहनै हुन्न । र, यस्ता आहनहरु बदल्नैपर्छ ।

अर्थात् अबको संसदमा सशक्त प्रतिपक्ष नै स्वतन्त्र पार्टीको सवभन्दा उत्तम रोजाई हो । तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् !

अनि मैले प्रशस्त पटक रबिजीलाई यी मुद्दाहरुमा हामी कहिल्यै पछाडि पर्नुहुन्न भनेर अर्थाएको छु, जस्तो कि स्वाभिमान ।