पाचौं विवाह गर्दै छविराज ओझा, पुरानी पत्नी रेखालाई पठाए यस्तो सन्देश

निर्माताको रुपमा एउटा नयाँ उचाई चुम्न सफल छविराज ओझाको वैवाहिक जीवन भने आरोह अवरोहका विच वितेको छ । जेठी श्रीमती गिताञ्जली सुनुवारको मृत्युपछि छविले हेमा ओझासँग नयाँ अर्थात दोसञे विवाह गरे। हेमाबाट एक सन्तान भएपछि उनीहरुको सम्बन्धमा दरार आयो । त्यसपछि ओझाले रेखा थापासँग तेस्रो विवाह गरे । रेखासँग पनि उनको सम्बन्ध टिकेन । त्यसपछि उनले शिल्पा पोखरेललाई घर भित्राए ।

विवाह बन्धनमा बाँधिएर एउटै घरको छतमुनि बस्न थालेको वर्षौं भइसके पनि छवि र शिल्पाले आफ्नो फिल्म रिलिजको बेला फन्डा गर्न बिहेको कुरा लुकाएर राखेका थिए । तर, जब शिल्पाले २०७६ सालमा प्रहरी कार्यालयमा छविविरुद्ध घरेलू हिंसाको आरोपमा उजुरी दिइन् तब मात्र उनीहरुको बिहे भइसकेको कुरा छताछुल्ल भयो । त्यसयता छवि र शिल्पा अलग(अलग बस्दै आएका छन् ।

एउटा घरजम टुट्नसाथ अर्को विवाह गरिहाल्ने छवि चौंथो घरबार पनि बिग्रिएपछि अब विवाह नगर्ने मनस्थितिमा छन् । बुधबार ५८ वर्षको जन्मदिन बनाउने क्रममा उनले अब विवाह नगर्ने घोषणा नै गरे । पत्रकार अनुप भट्टराईले ओझाको बर्थ(डे सेलिब्रेसन फेसबुकमा लाइभ गर्ने क्रममा एक व्यक्तिले विवाहको बारेमा सोधेको प्रश्नमा उनले हाँस्दै भने, ‘अब विवाह कहिल्यै खाना पाइन्न ।’

अर्का एक व्यक्तिले प्रतिनिधिसभामा रेखा थापाको कमजोर मत परिणामबारे जिज्ञासा राख्दा ओझाले रेखालाई नआत्तिन आग्रह गरे । उनले भने, ‘जित र हार भन्ने कुरा भइरहन्छ ।

त्यसबाट आत्तिनु हुन्न । फिल्मबाट उहाँ राजनीतिमा जानुभएको छ । राजनीतिमा ग्राउन्ड लेभलबाट अगाडि बढ्दै जानुपर्ने हुन्छ । अबको पाँच वर्षपछिका लागि उहाँले ग्राउन्ड लेभलबाट आफूलाई तयार गर्नुपर्छ ।’

त्यस्तै, अर्का एक व्यक्तिले रा।स्व।पाका सभापति तथा पूर्व पत्रकार रवि लामिछानेको जीवनीमाथि फिल्म बनाउन आग्रह गर्दा उनले दर्शकबाट माग आए आफू तयार रहेको बताए ।

चाँडै ओझा निर्देशक ज्ञानेन्द्र देउजासँग मिलेर नयाँ फिल्म ‘जेल ब्रेकर’ बनाउँदैछन् । यो फिल्म एक किताबमाथि आधारित भएर निर्माण हुनेछ । जेलको भित्ता तोडेर भाग्ने कैदीको कथामाथि फिल्म बन्न लागेको हो ।

यो पनि पढ्नुहोस् :
भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।

उनले २२२४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेश बस्नेतले २१६४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ

वीराटनगर – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट निर्वाचित भएका छन्।

पछिल्ला तीन निर्वाचन मध्ये दुई वटामा पराजित भएका शर्मा एमालेका अग्नि खरेललाई १४ हजार भन्दा बढी मतले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् भने खरेलले २५ हजार ३४९ मत पाए।

उनीहरुबीच १४ हजार २७५ को मतान्तर छ। झापा १ का ८१ हजार ७६४ मत खसेको थियो।

यो पनि पढ्नुहोस् :
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको यतिबेला सर्वत्र चर्चा चुलीएको छ ।

रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्रकट गर्नेहरुको लाम लागेको छ ।

यसैबिच अमेरिकामा रहेका लोकप्रिय संचारकर्मी प्रेम बानियाले रविलाई सुझाव दिँदै तत्कालै सरकारमा जान नहुने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै बानियाले भनेका छन् ‘अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । ‘

र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ ।

प्रतिपक्षमा नै बस्ने सुझाव दिँदै बानियाले अगाडी भन्छन् तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् ।

बानियाले लेखेको स्टाटस यस्तो छ : नेपाली राजनीतिको इतिहासमा ‘कहिल्यै नभएको’ एक अस्वभाविक राजनीतिक अभ्यास ‘ब्यालेट’मै देखाइदिए नेपाली जनताले !

अबको दस वर्ष देशमा कोको प्रधानमन्त्री हुनेछन् नामलिष्ट भित्तामा टाँसेर परदेसिएको म र मजस्ता परदेसिएका लाखौं नेपालीहरुका लागि यो ‘तीन पुस्तालामो खुशीको उभार’ हो ।

यसको अर्थ चाँडै त्यो नामलिष्टभन्दा बाहिरको उर्जाशील नयाँ पात्र प्रधानमन्त्री बन्ला र देश रातारात बनाउला भन्ने आशा छैन र यो सम्भव छैन तर देशले अब परिवर्तनको उडान सुरु गरेको र यसमा जनताको साथ रहेको सत्यचाहीँ छर्लंग भएको छ !

यस सँगै यो उभारलाई सम्हाल्न र व्यवस्थापन गर्न सकिएन भने इतिहासकै डरलाग्दो खतरा पनि यसैसाथ आएको छ ।

त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ ।

अर्को कुरा, आहन नै बनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ यो रहनै हुन्न । र, यस्ता आहनहरु बदल्नैपर्छ ।

अर्थात् अबको संसदमा सशक्त प्रतिपक्ष नै स्वतन्त्र पार्टीको सवभन्दा उत्तम रोजाई हो । तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् !

अनि मैले प्रशस्त पटक रबिजीलाई यी मुद्दाहरुमा हामी कहिल्यै पछाडि पर्नुहुन्न भनेर अर्थाएको छु, जस्तो कि स्वाभिमान ।