नेता होस त दिपकबहादुर जस्तो, मेयरमा हारे तर जनताले सांसद बनाए

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको अन्तिम मत परिणाम देशभर बाट धमाधम आइरहेको छ । केहि ठाउँका मत परिणमा भने निकै रोचक खालको पनि आइरहेको छ ।

मकवानपुर क्षेत्र नम्बर १को अन्तीम परिणाम जुन ठालको आयो त्यसले दुनियाँ चकित भएका छन् । मत गणनाको अधिकांश समय तस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले अन्तिम समयमा नतिजा उल्टाएर सानदार जित निकालेका छन् ।

नेपाली काग्रेसकी सहमहामन्त्री समेत रहेकी सत्तागठबन्धनकी साझा उम्मेदवार डिना उपाध्याय र नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनावमा प्रतिष्पर्धा गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापालार्ई चुनाव हराउदै राप्रापका सिंहले रोचक नतिजा आफ्नो हातमा पारेका छन् ।

मकवानपुर १ मा मतगणनाको अधिकांश समय तेस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार दीपकबहादुर सिंहले अन्तिममा एकाएक फड्को मार्दै चुनाव जितेका छन् । यो विजय उनका लागि विशेष यसकारण छ कि पाँचौं प्रयासमा उनले जीतको स्वाद चाख्न पाए ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य सिंह यसअघि प्रतिनिधिसभा, संविधानसभा र हेटौंडाको मेयरमा गरी चारपटक लडेर पराजित भएका थिए । तर, अहिले एमाले र सत्ता गठबन्धनका बलिया प्रतिस्पर्धीलाई पराजित गर्दै उनले शानदार जीत दर्ता गरेका छन् । अझ महत्वपूर्ण के छ भने एमालेबाट चुनाव लडेका कमल थापा उनकै पार्टी राप्रपा फुटाएर निस्केका पूर्वअध्यक्ष हुन् ।

सिंहले मकवानपुर १ मा खसेको ९१ हजार ४८६ मतमध्ये २७ हजार ८१६ ल्याए । उनका निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिना २५ हजार ४२३ मतमा रोकिइन् । एमालेबाट चुनाव लडेका कमल थापा २५ हजार ४२० मत ल्याएर तेस्रो भए ।

२०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकामा मेयर उम्मेदवार सिंहले डोरमणि पौडलसँग पराजय भोग्नु परेको थियो । त्यसपछि २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा विरोध खतिवडासँग पराजय व्यहोर्दा २०७० सालको दोस्रो संविधानसभामा प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा एमालेका अनन्त पौडेलसँग हारेका थिए ।

पटक९पटक पराजित हुँदा पनि उनमा प्रत्यक्ष निर्वाचन लडेरै जित्ने आत्मविश्वास कम भएन । २०७९ मा भएको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिए । तर, सिंहको चुनाव जित्ने सपना त्यो वेला पनि पूरा भएन् । यद्यपि उनले २० हजारभन्दा बढी मत ल्याउँदै हेटौंडाका मतदाताको वैकल्पिक रोजाइ बनेका थिए ।

मेयरमा चुनाव हारेकै दिनबाट मकवानपुरको सिंहले प्रतिनिधिसभाको तयारी गरेका हुन् । अन्ततः पाँचौं प्रयासमा सफल भएका छन् ।भ्रष्टाचारविरुद्धको कडा भाषण तथा रवाफिलो जीवनशैलीको कारण सधैं चर्चामा रहने सिंहको सम्बन्ध भारतको तत्कालीन ‘स्टेट’ राजपरिवारसँग पनि गाँसिएको छ । उनको ससुराली भारतको हाल बनारसमा रहेको राजपुत परिवार हो । मकवानपुरमा व्यवसाय सञ्चालन गरिरहेका सिंहलाई हक्की स्वभावको नेताको रुपमा लिने गरिएको छ ।

निर्वाचनमा जीत हासिल गरेपछि प्रतिक्रिया दिँदै सिंहले भनेका छन्, ‘मकवानपुरमा पटक९पटक जितेर सांसद भएकाहरुले आफ्नाहरुको मात्र विकास गरे । म सर्वप्रथम त्यो परम्परालाई हटाउँदै समान विकासको अवधारणा निर्माण गर्छु ।’

मकवानपुरलाई नमुना जिल्ला बनाउने र आफ्नो क्षेत्रमा रहेको विकट स्थानको विकासमा दिनरात नभनी काम गर्ने भन्दै उनले आफूलाई जिताउने सबै मतदातालाई धन्यवाद दिए ।

‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भन्ने राप्रपाको मूल मान्यतालाई आफूले कार्यान्वयन गर्दै जिल्लामा सुशासन कायम गर्ने विषयमा आफू सधैं चनाखो रहने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस् :
भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।

उनले २२२४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेश बस्नेतले २१६४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ

वीराटनगर – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट निर्वाचित भएका छन्।

पछिल्ला तीन निर्वाचन मध्ये दुई वटामा पराजित भएका शर्मा एमालेका अग्नि खरेललाई १४ हजार भन्दा बढी मतले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् भने खरेलले २५ हजार ३४९ मत पाए।

उनीहरुबीच १४ हजार २७५ को मतान्तर छ। झापा १ का ८१ हजार ७६४ मत खसेको थियो।

यो पनि पढ्नुहोस् :
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको यतिबेला सर्वत्र चर्चा चुलीएको छ ।

रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्रकट गर्नेहरुको लाम लागेको छ ।

यसैबिच अमेरिकामा रहेका लोकप्रिय संचारकर्मी प्रेम बानियाले रविलाई सुझाव दिँदै तत्कालै सरकारमा जान नहुने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै बानियाले भनेका छन् ‘अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । ‘

र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ ।

प्रतिपक्षमा नै बस्ने सुझाव दिँदै बानियाले अगाडी भन्छन् तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् ।

बानियाले लेखेको स्टाटस यस्तो छ : नेपाली राजनीतिको इतिहासमा ‘कहिल्यै नभएको’ एक अस्वभाविक राजनीतिक अभ्यास ‘ब्यालेट’मै देखाइदिए नेपाली जनताले !

अबको दस वर्ष देशमा कोको प्रधानमन्त्री हुनेछन् नामलिष्ट भित्तामा टाँसेर परदेसिएको म र मजस्ता परदेसिएका लाखौं नेपालीहरुका लागि यो ‘तीन पुस्तालामो खुशीको उभार’ हो ।

यसको अर्थ चाँडै त्यो नामलिष्टभन्दा बाहिरको उर्जाशील नयाँ पात्र प्रधानमन्त्री बन्ला र देश रातारात बनाउला भन्ने आशा छैन र यो सम्भव छैन तर देशले अब परिवर्तनको उडान सुरु गरेको र यसमा जनताको साथ रहेको सत्यचाहीँ छर्लंग भएको छ !

यस सँगै यो उभारलाई सम्हाल्न र व्यवस्थापन गर्न सकिएन भने इतिहासकै डरलाग्दो खतरा पनि यसैसाथ आएको छ ।

त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ ।

अर्को कुरा, आहन नै बनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ यो रहनै हुन्न । र, यस्ता आहनहरु बदल्नैपर्छ ।

अर्थात् अबको संसदमा सशक्त प्रतिपक्ष नै स्वतन्त्र पार्टीको सवभन्दा उत्तम रोजाई हो । तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् !

अनि मैले प्रशस्त पटक रबिजीलाई यी मुद्दाहरुमा हामी कहिल्यै पछाडि पर्नुहुन्न भनेर अर्थाएको छु, जस्तो कि स्वाभिमान ।