एक्कासी के भयो हिमानीलाई ? किन भइन् अस्पताल भर्ना ? पारस पनि ….

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । टन्सिलको अप्रेसनका लागि उनी अस्पताल भर्ना भएको बताइएको छ । पूर्वयुवराज पारस शाह पनि अस्पताल पुगेका छन् ।

यो पनि पढ्नुहोस् :-

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्देशन दिएको छ ।

घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

प्रचारप्रसार र घरदैलोका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले आफ्नो दलको चिह्न घण्टी लिएर हिँड्ने र बजाउने गरेका थिए ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

त्यतिबेला कुनै निर्णय र निर्देशन नदिएको आयोगले पछि भने घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले बताए । उनले भने, ‘आयोगबाट हामीलाई घण्टी लिएर बजाउँदै नहिँड्नु भनी निर्देशन आएको छ ।

निर्वाचन आयोगले भने यसबारे कुनै निर्देशन नगएको दाबी गरेको छ । ‘उहाँहरुलाई केही साताअघि यसवारेमा स्पष्टिकरण सोधेको हो’ निर्वाचन आयोगका सहायक प्रवक्ता गरुप्रसाद वाग्लेले भने, ‘उहाँहरुका बारेमा कुनै निर्णय भएको छैन, निर्देशन गएको पनि होइन ।’

यो पनि पढ्नुहोस् :-

काठमाडौं । अभिनेता प्रदीप खड्काले बलिउड अभिनेत्रीलाई भेटेका छन् ।गत केही समय अगाडि ‘प्रेम गीत ३’ नेपाल र भारतसहित विश्वभर डबिङ गरेर प्रर्दशन भयो । उक्त समयदेखि प्रदीपको भारतमा खुबै चर्चा भइरहेको छ ।

उनले अभिनेत्री सोनाक्षी सिन्हासँग भेटघाट गरेका हुन् ।सोनाक्षी र हुमा कुरैशीको अभिनय रहेको फिल्म ‘डबल एक्सल’ को प्रिमियरका लागि खड्कालाई निमन्त्रण गरिएको थियो । सोही कार्यक्रमका लागि उनी मुम्बई पुगेका हुन् ।उक्त फिल्मकी मुख्य अभिनेत्री सोनाक्षीसँग प्रदीपको भेट भएको हो ।

फिल्मको प्रिमियर गर्दै गर्दा सोनाक्षीले ‘नेपालमा पनि प्रदीप खड्का जस्तो अभिनेता छन र’ भन्दै प्रश्न गरिन् । भेटमा उनीहरुबीच भलाकुसारी पनि भएको थियो ।कुराकानीमा सोनाक्षीले आफू नेपाल घुम्न आएको तर तर प्रदीप जस्तो अभिनेता नदेखेको प्रतिकृया दिइन् ।

प्रदीपले इन्स्टाग्राममा एक भिडियो पनि साझा गरेका छन् । उनले लेखे–‘म कहाँ जादैँ छु तपाई अनुमान गर्न सक्नु हुन्छ ।’ साथै सोनाक्षीसँगका तस्विर सार्वजनिक गर्दै ‘डबल एक्सल’ को प्रिमियरमा पुगेको जानकारी गराए ।अभिनेता खड्कालाई पछिल्लो समय बलिउडबाट पनि प्रस्ताव गर्न थालिएको छ ।