आमा म्यादी प्रहरी, छोरा पाइलट यसरी पूरा भयो आमाछोराकाे सपना !

तस्बिरमा देखिएका दुईजना आमा छोरा हुन्,। मोरङकी ४२ वर्षीया आमा कमला भण्डारी र भर्खरै मात्र पाइलट भएका उनका छोरा हुन् ।

मोरङकी कमला भण्डारी ४२ वर्षको हुनुभयो प्रहरीमा जागिर खाएँर देशलाई सुरक्षा गर्ने चाहाना मात्र नभई उहाँको सपनानैं रहेकाे उहाँ बताउँनुहुन्छ।

अहिले हुँदै गरेको संसदीय निर्वाचनमा सुरक्षाको जिम्वेवारी पूरा गर्ने चाहाना बोकेर छोरा पाईलट हुदाँ हुँदै पनि म्यादी प्रहरीमा जागिर खाँदै हुनुहुन्छ ।४२ वर्षकी आमाले आगामी निर्वाचनमा म्यादी प्रहरीमा छनोट भई प्रहरी बन्ने बाल्यकालको सपना पूरा गरिन् भने छोराले पाइलट बन्ने सपना पूरा गर्दैछन् ,।

विगतमा धेरै दुख कष्ट गरेर उनले छोरालाई अरू कसैको पोशाक लगाएर विद्यालय पढाइन्,। उनले इजरायलमा करिब ११ वर्ष सम्म स्याहारसुसारको काम समेत गरिन्। उनी कुनै पनि काम सानो–ठूलो हुदैन भन्ने विश्वास गर्छिन् । आमा र छोरा दुबैले मिलेर आफ्नो सपना पुरा गर्नु उनीहरुका लागि सबैभन्दा गर्वको क्षण हो ।*

यो पनि पढ्नुहोस् :-

फिल्मकी मुख्य अभिनेत्री सोनाक्षीसँग प्रदीपको भेट भएको हो ।

फिल्मको प्रिमियर गर्दै गर्दा सोनाक्षीले ‘नेपालमा पनि प्रदीप खड्का जस्तो अभिनेता छन र’ भन्दै प्रश्न गरिन् । भेटमा उनीहरुबीच भलाकुसारी पनि भएको थियो ।कुराकानीमा सोनाक्षीले आफू नेपाल घुम्न आएको तर तर प्रदीप जस्तो अभिनेता नदेखेको प्रतिकृया दिइन् ।

प्रदीपले इन्स्टाग्राममा एक भिडियो पनि साझा गरेका छन् । उनले लेखे–‘म कहाँ जादैँ छु तपाई अनुमान गर्न सक्नु हुन्छ ।’ साथै सोनाक्षीसँगका तस्विर सार्वजनिक गर्दै ‘डबल एक्सल’ को प्रिमियरमा पुगेको जानकारी गराए ।अभिनेता खड्कालाई पछिल्लो समय बलिउडबाट पनि प्रस्ताव गर्न थालिएको छ ।

नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपाल, भारतसहित विश्वभर प्रर्दशन भएको थियो । उक्त चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार फिल्मले झन्डै ४० करोड कमाउन सफल भएको छ ।उता नायक अनमोल केसीले फिल्मका लागि महंगो रकम लिन्छन् ।

उनले, ५० देखि ६० लाखसम्म पारिश्रमिक लिने गरेको खबर सार्वजनिक भैरहेका हुन्छन् । तर, अनमोल केसीलाई फिल्ममा साइन गराउन सहज भने छैन । अनमोलले पारिश्रमिक महंगो लिएको खबर सार्वजनिक भएपनि उनको फिल्मबाट निर्माता कसरी रिलिज अगाडि नै सुरक्षित हुन्छन् भन्ने खबरहरु कमै मात्र आउने गर्छन् ।

अनमोल केसीको यो बर्ष ‘छड्के २’ नामक फिल्म रिलिज हुँदैछ । यो फिल्मको छायांकन केही बाँकी छ । तर, यो फिल्मका निर्मातालाई फिल्मबाट घाटा नहुने देखिन्छ ।यो फिल्मलाई एक डिजिटल कम्पनीले ८० लाखमा डिजिटल अधिकार किनेको वुझिएको छ ।

अनमोल केसी फिल्ममा भएकै कारण यति महंगो रकम कम्पनीले खर्च गरेको हो । यस्तै, यो फिल्मलाई वितरक सुनिल मानन्धरले १ करोड ६० लाखमा किनेको वुझिएको छ । फिल्मको ओभरसिज राइट्स पनि राम्रै रकममा विक्री हुने निश्चित छ । अनमोल केसीकै नाममा निर्माताले विज्ञापन बजारबाट पनि राम्रै पैसा उठाउन सक्छन् ।

यसरीहेर्दा, फिल्मका लागि ५० लाख पारिश्रमिक लिने अनमोलको फिल्म रिलिज अगाडि नै मुनाफामा गएको देखिन्छ ।यस्तै, छायांकन नै सुरु नहुँदै अनमोलको मुख्य भूमिका रहने फिल्म ‘जेरी’को प्रदर्शन अधिकार आरआर फिल्मस्ले लिएको छ । आरआर फिल्मस्ले महंगो रकममा फिल्म रिलिजको अधिकार लिएको हो ।

अनमोल केसीकै कारण यो फिल्मलाई वितरकले महंगो रकम खर्च गरेका छन् । फिल्मको डिजिटल र ओभरसिज राइट्स विक्री हुन बाँकी छ । पछिल्लो समय त ओटीटी प्लेटफर्मका कारण पनि निर्माताले केही न केही रकम कमाउने गरेका छन् ।यसैले, अनमोल केसी बर्षमा थोरै फिल्म खेल्छन् तर मिहिनेत खुबै गर्छन् । उनको स्टारडमकै कारण फिल्ममाथि दर्शक, वितरक, प्रदर्शकको पनि चासो उच्च हुने गरेको छ ।