भाग्यमानी अनमोल केसी : देख्ने भए बाउको बिहे, जन्ती पनि जाँदै अनमोल

काठमाडौं । करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ । तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।

तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रुप दिनेबारे बताएका हुन् ।

उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिइकनै माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन् । आफू र आफ्नो परिवारलाई सपोर्ट हुने हुँदा विवाह गर्ने तयारीमा आफू रहेको केसीले संकेत गरे।

तेस्रो विवाहको तयारीमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु । साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ । मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिसकेका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’

जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्मकर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाएको र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन् । अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन् ।

अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको सम्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन् । त्यसयता नभेटेको र कुरा नभएको पनि उनले जनाए । अमेरिकामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइरहने भन्दै उनले सम्मान रहेको बताए ।

एक फिल्म अवार्ड कार्यक्रमका लागि भुवन र जिया गत साता अमेरिकातर्फ लागेका थिए । अनमोल, विवेक र काजलका बाबु रहेका भुवनको पहिलो विवाह २० वर्षको उमेरमा भएको थियो। विवेक र काजल पहिलो श्रीमतीतर्फका सन्तान हुन्। उनीहरू अमेरिकामा बस्छन्।

पहिलो विवाह टुटेपछि उनले सुस्मितासँग विवाह गरे। अनमोल सुस्मितातर्फको सन्तान हुन्। सुस्मितासँगको सम्बन्ध पनि लामो समय गएन। डिभोर्स भयो। सुस्मितासँगको डिभोर्सपछि भुवनको नाम धेरै जनासँग जोडियो।

जियाले एक अन्तर्वार्तामा भुवन केसीसँग विवाह गर्न तयार छु भनेपछि दुवैको सम्बन्धबारे सार्वजनिक चर्चा सुरु भएको थियो। दुवै प्रेम सम्बन्धमा रहेको शङ्का गरियो। पछि जिया भुवनकै घरमा बसिन्। भुवन ६० वर्ष कटिसकेका छन्।

यो पनि पढ्नुहोस् :
नेपाली कांग्रेसका नेता प्रमोद यादवका छोरा निखिलले कार पछाडि हटाएर घाइते बनाएको भन्दै घाइतेहरुले कारबाही गर्न माग गरेका छन् ।शुक्रबार राति निखिलले बुटवलको एक क्लब अगाडि बा ०१–०२ ६६२९० नम्बरको कार ब्याक गरेर ६ जनालाई घाइते बनाएको उनीहरुको भनाइ छ ।

कारको ठक्करबाट तानसेन नगरपालिका–४ का कुनल श्रेष्ठ, बुटवल उपमहानगरपालिका–८ का विपिन श्रेष्ठ, देवदह नगरपालिका–१० का जीवन मल्ल, बुटवल उपमहानगरपालिका–७ का सुरज पाण्डे, बुटवल–१२ का दीपक पुन र बुटवल–१३ का मनोज थापा घाइते भएका थिए ।कुनल र सुजल पाण्डेको तिनाउ हस्पिटलमा उपचार भइरहेको छ । २ जनाको चौराह अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सामान्य उपचारपछि घर फर्केका छन् ।

यादवले गाडी ब्याक गराएर घाइते बनाएको तर कारबाहीको साटो कांग्रेस नेताहरुबाट मिल्न दबाब दिएको घाइतेहरुको गुनासो छ । ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय रामनगर बुटवलले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ । पीडितहरूले कांग्रेस नेता यादवले मिलापत्रका लागि दबाव दिएको बताएका छन् ।

घाइते सुजलले यादवका आफन्त र कांग्रेसका नेताहरू अस्पताल आएर पटक पटक मिलेर जान दबाब दिइरहेको बताए । ‘दोषीलाई कारबाही हुनुपर्यो, नेता दबाबमा प्रहरीले घटना सामसुम पार्न खाजेको छ’, सुजलले भने ।

यादवले गाडी ब्याक गर्दा त्यहाँ रहेका आधा दर्जन मोटरसाइकल र स्कुटरमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चालकले मदिरा सेवन गरेको भए कानुन बमोजिम कारबाही हुने बताए ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, १२ कात्तिक :पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् ।

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको भन्दै घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । सडक विस्तार गर्नेक्रममा विस्फोट गराउँदा ढुंगाले लागेर महराको निधन भएको छ भने १४ वर्षीया बालिका सरिना महरासहित घाइते भएका छन् ।

उक्त घटनाका दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका ओलीले प्रश्न गरेका छन्, ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

यसबारे ओलीले फेसबुकमा लेखेका छन् :

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

यो पनि पढ्नुहोस् :
भैरहवा, १२ कात्तिक -गृहमन्त्री बालकृष्ण खाणले मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजी मार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन ।

गठबन्धनले भैरहवा र ओमसतीयमा गरेकाे कार्यक्रममा बोल्दै उनले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको

दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडि बढाएको बताए ।सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को काग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान : कालजयी लोकगीत रिन्के बुङको रागालाईका गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान गरिएकोछ । कालजयी लोकगीत रिन्के बुङको रागालाई गायक सुरेश गन्धर्वलाई आर्थीक सहयोग प्रदान गरिएकोछ ।

संचारकर्मी गीता अधिकारीको समन्वय र हाल अमेरिका बसाेबास गर्दै आएका साहित्यकार तथा गीतकार हरी उप्रेती र Go Fund टिमले गन्धर्वलाई आर्थिक सहयोग रु एक लाख प्रदान गरेको हो ।

धरान ८ का वडाध्यक्ष धन बहादुर राईको प्रमुख आतिथ्यमा गायककाे घरमा धरानमा आएर रकम हस्तान्तरण गरेको गीता अधिकारीले जानकारी दिनुभयो । रकम हस्तान्तरण कार्यक्रममा , गन्धर्वको घर निर्माण अभियन्ता तथा रङ्गकर्मी बिष्णु माेक्तान, संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

माैलिक संस्कृतिको जगेर्ना गर्ने सर्जककाे गित सानाेबेला देखि नै सुन्दै आएकाले हामी सबै मिलेर सहयाेग रकम संकलन गरेर सर्जकलाई सहयोग गरेको हरी उप्रेतीले बताए । आफु बिदेश मा रहेपनि मनसधै नेपाल मै रहने बताउदै यो सहयोगमा आफुजस्तै सृजनालाइ माया गर्ने सर्जकहरुकाे सहयोग गर्न पाएकोमा खुशी भएको बताए ।

रङ्गकमि बिष्णु माेक्तानले सर्जकाे बास्थानकाे लागि लागिपरेकाे बताउदै सारंगी बचाउन पनि सुरेश गन्धर्वलाई बचाउनु पर्ने आबश्यक रहेको बताए । प्रमुख अतिथि वडाध्यक्ष राईले बिदेशमा रहदा पनि स्वदेश र कलालाई माया गरी सहयोग गरेकोमा Go Fund का सहयोगीहरुलाई धन्यवाद दिए ।

आफुले सक्दाे सहयोग गर्ने र पहल गर्ने पनि राईले प्रतिबद्दत्ता जनाए । देशको कला र संस्कृतिलाई चिनाउने काम गरेका गन्धर्व सबै काे लागि गाैरव भएको राईको भनाइ छ ।