सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल

काठमाडौं, ७ कात्तिक:काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टाली पनि खटाएको छ ।

महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ ।

महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ ।वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको भट्टले जानकारी दिए ।

यो पनि:कोरोनाको सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो:ओमिक्रोनको संक्रामक सबभेरिएन्ट ‘एक्सबीबी’ नेपालमा पनि पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन २१ देखि असोज १४ सम्म विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनकै सबभेरिएन्ट ‘एक्सबीबी’ पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।यो भेरिएन्टलाई उच्च संक्रामक भनिएको छ ।

यो एक्सबीबी भेरिएन्ट छिमेकी मुलुक भारतमा समेत देखिसकिएको छ । प्रारम्भिक अध्ययनमा यो भेरिएन्टले कोभिडविरुद्धको खोपको माध्यमले शरीरले आर्जन गरेको प्रतिरक्षालाई सजिलै छल्ने र संक्रमण बढाउने खालको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार जाडोयाममा यो भेरिएन्टले गर्दा थुप्रै मुलुकमा अवस्था गम्भीर हुन सक्ने आकलन गरिएको छ ।

यो पनि पढ्नुहोस् :
कार्तिक, ६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयद्वारा B.Sc. प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा ४ बर्षे B.Sc. प्रथम बर्षको नतिजा करिब १६ महिना पछि नतिजा प्रकाशित गरेको हो।

नतिजा परिक्षा नियन्त्रण कार्यलयको अनलाइन tuexam.edu.np मा गएर हेर्न सकिने छ। अर्थात NTC बाट BSC Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिन्छ।
यो पनि :
काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको बला-त्कार मुद्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले बताए।

‘प्रहरीले शुक्रबार अन्तिम समयमा प्रतिवेदन ल्याएको छ। हामीले हेर्न भ्याएको छैन’, नेउपानेले भने, ‘भोलिबाट अदालत बिदा हुने भएकाले तिहार बिदाअघि मुद्दा दर्ताको सम्भावना कम छ।’

सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ। कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती क-रणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो।

प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोजना पत्र दायर गर्ने छ। त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ।

मुद्दामा अन्य प्रमाण नभए पनि पीडितको उमेर १८ वर्षभन्दा कम भएकाले सन्दीप दोषी ठहर हुने सम्भावना रहेको अनुसन्धान अधिकारीले बताए। प्रहरीले १८ वर्षभन्दा कम रहेको प्रमाणका रुपमा किशोरीको नागरिकता बुझाएको छ।

यसअघि सन्दीप र उनका वकिलले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको र जन्मदर्ता तथा बसाइँ सराइको कागजातमा १९ वर्षकी किशोरी भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन्। उनीहरुले समेत उमेरलाई नै जोड दिएर प्रमाण पेस गर्ने सम्भावना छ।

छुट्टाछुट्टै उमेर भन्ने प्रमाण पेस भएपछि अदालतले केलाई आधार मान्ने भन्ने कुराले सन्दीपविरुद्धको कसुरमा अर्थ राख्नेछ। १८ वर्षभन्दा कम उमेर ठहर भएमा सहमतीमै क-रणी भए पनि जबरजस्ती क-रणी मानिने कानुनी व्यवस्था छ।

यसअघि बयानका क्रममा पनि सन्दीप लामिछानेले किशोरीको उमेर १९ वर्ष भएको बताएका थिए। घटनाको समयमा नगरकोट जाँदै किशोरीसँग कुरा भएको र त्यतिबेला उनले आफू १९ वर्ष भएको र कागजातमा भने एक वर्ष उमेर घटाएको बताएको बयान दिएका थिए। उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। तर घटनाको समयमा होटलको एउटै कोठामा राति बसेको भने उनले स्वीकार गरेका छन्।

सन्दीपलाई आइतबार अदालत लगिँदै
अनुसन्धान सकेको प्रहरीले सन्दीपलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने भएको छ। अदालतले हिरासतमा राख्न अनुमति दिएको अवधि सकिएकाले प्रहरीले अदालतमा उपस्थित गराउने भएको हो। यसअघि तेस्रोपटक चार दिनको म्याद थप गर्दै अब प्रतिवेदनसहित अदालतमा उपस्थित हुन भनेको थियो।

प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेधको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएकाले सन्दीलाई थप हिरासतमा राख्नका लागि अनुमति माग गर्न प्रहरीले सन्दीलाई अदालतमा उपस्थित गराउने भएको हो। यसअघि पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

तर सन्दीपविरुद्धको मुद्दा अदालतमा कात्तिक १४ गते मात्रै दर्ता हुने सम्भावना छ। तिहार बिदामा प्रतिवेदन अध्ययन गरेर १४ गते दर्ता गर्न सकिने सरकारी वकिल कार्यालय उच्च स्रोतले बतायो।

सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई बिमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।