नगर प्रहरीले ठेला खोसिदिएपछि चर्चामा आएकी शर्मिलाको पाखुराको स्टिल निकालियो

काठमाडौं । मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलिबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महागरले अमानवीय व्यवहार गरेको बताउँदै उनी धरधरी रोइन् । उनको रुवाई देख्न नसकेर कैयौँ सहयोगी मनहरुले उनलाई आर्थिक सहयोग गरे ।

तर उनको उपचारका लागि त्यति पैसा काफी थिएन । करिब ३ लाख रकम उठेपनि ऋण तिर्न र उपचार गर्नका लागि नपुगेपति शर्मिलाको ठेला खोसीएको दृश्य हेरेका डाक्टर बुद्धिमान श्रेष्ठले उनको निशुल्क उपचार गरिदिएका छन् । कान्तिपुर डेन्टल कलेज तथा जनरल हस्पिटलका सञ्चालकसमेत रहेका श्रेष्ठले तामाङको पाखुरामा राखेको स्टिल केडीसी अस्पताल बसुन्धारामा निकालिदिने बचन दिएसँगै उनको उपचार गरेर ठूलो सहयोग गरिदिएका छन् ।

काठमाडौंको थापाथली क्षेत्रमा पानीपुरी बिक्री गर्दै आइरहेकी लमजुङकी ३४ वर्षीया सर्मिला तामाङको ठेलालाई नगर प्रहरीले हटाउँदा तामाङले आफ्नो पाखुरामा स्टिल राखिएको र अपरेशन गरी झिक्न पैसा नभएकोले ठेलामा पानीपुरी व्यापारबाटै पैसा संकलन गरी उपचार गर्ने भएकोले व्यापार गर्न दिन नगर प्रहरीसमक्ष आग्रह गरेकी थिइन्। तामाङको ठेला नगर प्रहरीले हटाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

उक्त भिडिओ डाक्टर बुद्धिमान श्रेष्ठले पनि हेरेपछि उनको मनमा सहयोगको भावना जागेको थियो । सोहीअनुसार तामाङलाई गत बिहीबार अस्पतालमा भर्ना गरिएको थियो। शुक्रबार उनको हातमा रहेको स्टिल निकालिएको छ। अर्थोपेडिक सर्जन डाक्टर सविन पोखरेल नेतृत्वमा रहेको चिकित्सक टोलीले तामाङको शल्यक्रिया गरेको हो। उनको शल्यक्रिया सफल भएको र सोमबार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

महानगर प्रहरीले यसअघि महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि अहिले काठमाडौंका मेयर बालेन्द्र शाहको चौतर्फी विरोध भएको थियो । पारिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भयो । नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्।

तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ । त्यो दृश्य भाइरल बनेपछि कतिपयले बालेनलाई सामाजिक संजालमा लेख्दै भनेका थिए मेयर साप, महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरोटीको व्यवस्था गर्नुहोस्। घोषणा पत्रमा भएबमोजिम वैकल्पिक फुटपाथ बजारको व्यवस्था गर्नुहोस् भन्दै रोजिरोटीको ग्यारेन्टी गरेर मात्र फुटपाथ बजारको व्यवस्था गर्न आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको बला-त्कार मुद्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले बताए।

‘प्रहरीले शुक्रबार अन्तिम समयमा प्रतिवेदन ल्याएको छ। हामीले हेर्न भ्याएको छैन’, नेउपानेले भने, ‘भोलिबाट अदालत बिदा हुने भएकाले तिहार बिदाअघि मुद्दा दर्ताको सम्भावना कम छ।’

सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ। कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती क-रणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो।

प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोजना पत्र दायर गर्ने छ। त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ।

मुद्दामा अन्य प्रमाण नभए पनि पीडितको उमेर १८ वर्षभन्दा कम भएकाले सन्दीप दोषी ठहर हुने सम्भावना रहेको अनुसन्धान अधिकारीले बताए। प्रहरीले १८ वर्षभन्दा कम रहेको प्रमाणका रुपमा किशोरीको नागरिकता बुझाएको छ।

यसअघि सन्दीप र उनका वकिलले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको र जन्मदर्ता तथा बसाइँ सराइको कागजातमा १९ वर्षकी किशोरी भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन्। उनीहरुले समेत उमेरलाई नै जोड दिएर प्रमाण पेस गर्ने सम्भावना छ।

छुट्टाछुट्टै उमेर भन्ने प्रमाण पेस भएपछि अदालतले केलाई आधार मान्ने भन्ने कुराले सन्दीपविरुद्धको कसुरमा अर्थ राख्नेछ। १८ वर्षभन्दा कम उमेर ठहर भएमा सहमतीमै क-रणी भए पनि जबरजस्ती क-रणी मानिने कानुनी व्यवस्था छ।

यसअघि बयानका क्रममा पनि सन्दीप लामिछानेले किशोरीको उमेर १९ वर्ष भएको बताएका थिए। घटनाको समयमा नगरकोट जाँदै किशोरीसँग कुरा भएको र त्यतिबेला उनले आफू १९ वर्ष भएको र कागजातमा भने एक वर्ष उमेर घटाएको बताएको बयान दिएका थिए। उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। तर घटनाको समयमा होटलको एउटै कोठामा राति बसेको भने उनले स्वीकार गरेका छन्।

सन्दीपलाई आइतबार अदालत लगिँदै
अनुसन्धान सकेको प्रहरीले सन्दीपलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने भएको छ। अदालतले हिरासतमा राख्न अनुमति दिएको अवधि सकिएकाले प्रहरीले अदालतमा उपस्थित गराउने भएको हो। यसअघि तेस्रोपटक चार दिनको म्याद थप गर्दै अब प्रतिवेदनसहित अदालतमा उपस्थित हुन भनेको थियो।

प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेधको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएकाले सन्दीलाई थप हिरासतमा राख्नका लागि अनुमति माग गर्न प्रहरीले सन्दीलाई अदालतमा उपस्थित गराउने भएको हो। यसअघि पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

तर सन्दीपविरुद्धको मुद्दा अदालतमा कात्तिक १४ गते मात्रै दर्ता हुने सम्भावना छ। तिहार बिदामा प्रतिवेदन अध्ययन गरेर १४ गते दर्ता गर्न सकिने सरकारी वकिल कार्यालय उच्च स्रोतले बतायो।

सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई बिमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।