कसरी परे सन्दीप किशोरीको पासोमा ? के थियो कहानी ? किन माइती नेपालमा छिन् किशोरी ?

नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो सं-कटको दलदलमा फसेका छन् । एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।

नितान्त आफ्नो प्रतिभा र मेहनतको बलमा कलिलै उमेरमा राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका थिए सन्दीपले । नामसँगै दाम पनि यथेष्ट कमाइरहेका थिए । तर, मान्छेका दुर्दिन कतिबेला सुरु हुन्छन्, कसले पूर्वानुमान लगाउन सक्छ र ? एकैपटक धरहराको उचाइबाट खसेर भूईंमा पछारिएका छन् सन्दीप । जक (ज-बरजस्ती करणी)को आ-रोपमा जा-हेरी परेसँगै उनको रुमानी यात्रामा ब्रेकमात्र लागेको छैन, अहिलेसम्म कमाएको नाम र प्रतिष्ठामा डढेलो लागेको छ । धूलो टक्टकाउँदै उठेर फेरि पुरानो लय समात्न त्यति सजिलो देखिँदैन ।

गत साता दोहाबाट नेपाल फर्किने क्रममा सन्दीप प-क्राउ परे । क्रिकेटको बल समाउने हातमा फलामे हत्कडी लाग्यो । र, एउटा ‘स्टार’बाट उनी अभियुक्त बन्न पुगे, त्यो पनि ब-लात्कारजस्तो संगीन आ-रोपमा । हिजोसम्म चमकदमकपूर्ण जीवन बाँचिरहेका उनी आज प्रहरी हिरासतको चिसो छिँडीमा जाकिएका छन् ।

महिला संवेदनशीलताको नाममा जाहेरीकर्ताको बयानलाई अन्तिम सत्य मान्ने र आरोपीको कुरा सुन्नु त परै जाओस्, नाम लिँदासमेत मुख कुल्ला गर्ने ढोंगी सञ्चारमाध्यम हामीसँग छन् । अनि, जाहेरी पर्नासाथ मिडियाबाजी गर्न हतारिने र आ-त्मसमर्पण गर्न आएको व्यक्तिलाई हातमा ह-त्कडी लगाएर बहादुरी प्रदर्शन गर्ने प्रहरीको त झन् के कुरा गर्नु ?

दोषी सावित भए सन्दीपले कानूनबमोजिम सजायको हकदार हुनुपर्छ नै । तर, अदालतले सफाइ दियो भने अहिले भएको बदनामी र चरित्रहत्याको क्षतिपूर्ति कसरी हुन्छ ? भड्खालोमा परेको उनको खेल करिअरलाई कसले बाहिर निकाल्छ ? उनले र परिवारले खेपेको प्रताडनको मूल्य कसले चुक्ता गर्छ ? प्रश्नहरु अनुत्तरित छन् ।

सन्दीपमाथि लागेको मु-द्दामा प्रहरी अनुसन्धान जारी छ । अन्तिम न्याय निरुपण गर्ने भनेको अदालतले हो । तर, सञ्चारमाध्यमले जाहेरीकर्ताको एंगलबाट निरन्तर एकपक्षीय समाचार सम्प्रेषण गर्दा न्याय दिने निकायहरुलाई अनावश्यक दबाब पर्छ नै । आरोप प्रमाणित नभएसम्म कसैलाई पनि दोषीका रुपमा नहेर्नु र दुवै पक्षको भनाइलाई स्थान दिनु सञ्चारमाध्यमको धर्म हो । त्यही धर्म निर्वाह गर्दै हामीले यस घटनासँग जोडिएका सबै पक्षसँग खोजीनीति गरी केही नयाँ तथ्यहरु फेला पारेका छौं ।

गत चैतमा काठमाडौंमा सम्पन्न ट्राइ नेसन्स सिरिजमा नेपाली युवा ब्याट्सम्यामा देव खनालले पपुवा न्यूगिनीविरुद्ध ७२ रनको आकर्षक पारी खेले । आफूले खेलेको दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय म्याचमै अर्धशतक बनाएपछि उनी क्रिकेट पारखीहरुको आँखामा परिहाले । उनलाई आएका धेरै फ्रेन्ड रिक्वेस्टमध्येको एक थियो जुनेली (नाम परिवर्तन) को ।

देवले फ्रेन्ड रिक्वेस्ट स्वीकारेसँगै उनीहरुबीच सामान्य कुराकानी हुन थाल्यो । एक दिन देवले होटलकै कोठाभित्र आफ्ना कप्तान सन्दीप लामिछानेसँग खिचेको सेल्फी जुनेलीलाई पठाए । एक-डेढ वर्षदेखि नेपाली क्रिकेटलाई मज्जाले पछ्याउन थालेकी जुनेली ‘एक्साइटेड’ भइन् र सन्दीपलाई पनि साथी बनाउन चाहिन् ।

देवको ‘रिकमेन्डेसन’ मा सन्दीपले जुनेलीलाई ‘स्न्याप च्याट’मा जोडे । उनीहरुबीच सामान्य कुराकानी र तस्वीर आदानप्रदान हुन थाल्यो । सन्दीपले पठाएको आफ्नो एउटा तस्वीरमा ‘मायाको सौगातस्वरुप’ लेखेर लभ इमोजीसमेत राखेका थिए । जुनेली सन्दीपसँगको कुराकानीमा लठ्ठ पर्दै गइन् । केही दिनको कुराकानीपछि सन्दीपले टेक्स्ट गरे- ‘स्न्यापच्याटमा स्न्यापमात्रै पठाइरहने कि हाम्रो भेटघाट पनि हुन्छ ?’

जुनेलीलाई पनि कम्ति थिएन । भन्न पो सकिरहेकी थिइनन् । उनी कफी डेटका लागि तुरुन्तै राजी भइन् ।

भोलिपल्ट सन्दीपले अर्का क्रिकेटर साथीको मोबाइलबाट जुनेलीलाई कल गरे । उनी कलेजमा थिइन् । मिड बानेश्वरमा भेट्ने सल्लाह भयो । तोकिएको समयमा सन्दीप मिड बानेश्वरमा एपेक्स कलेज नजिक रहेको एउटा रेस्टुरेन्टमा पुगे । त्यहाँ कफी खाएपछि उनीहरु नगरकोटतिर लागे ।

‘पीडित’ को जाहेरीका आधारमा अहिलेसम्म मिडियामा आइसकेका कुराहरु हुन् यी । पीडितले आफूलाई सन्दीपले झुक्याएर नगरकोट पुर्‍याएको दाबी गरेकी छन् भने सन्दीपले चाहिँ जाहेरीकर्ताले कर गरेपछि आफूहरु घुम्न नगरकोट गएको जिकिर गरेका छन् । तर, प्रहरी स्रोतका अनुसार उनीहरु आपसी सल्लाह र सहमतिमै घुम्न गएका हुन् । प्रस्ताव चाहिँ सन्दीपको थियो ।

सन्दीपले नगरकोट नजिकै सुडालमा रहेको बोजिनी रिसोर्टमा गाडी रोके । रिसोर्ट स्रोतका अनुसार सन्दीप पहिले पनि यहाँ आएर खाने–बस्ने गर्थे । रिसोर्र्टमा सन्दीप र जुनेली ‘रोमान्टिक कपल’ का रुपमा प्रस्तुत भएको पनि स्रोत बताउँछ । उनीहरुले खाजा सेट मगाएर एउटै प्लेटमा खाएका थिए पालैपालो एकअर्कालाई ख्वाइदिएका पनि थिए ।

उनीहरुले खाँदै गर्दा वेटरले दुई-तीनपटक ‘सर भीआईपी रुम बुक गरिदिउँ ?’ भनेर सोधे । तर, सकारात्मक जवाफ पाएनन् । दुईजनाको कुरा नमिलेर हो वा आपसी सहमति हो, उनीहरु खानपिनपछि रिसोर्टबाट निस्किए र काठमाडौंतिर फर्किए ।

काठमाडौं आइपुग्दा राति भइसकेको थियो । जुनेलीले आफ्नो होस्टल यतिबेला बन्द भइसकेको बताइन् । त्यसपछि सन्दीपले होटलमा सँगै बस्ने प्रस्ताव गरे । जुनेली सहमत भइसकेपछि सन्दीपले होटल काठमाडौं इनमा पुर्‍याए । होटलमा आफूले दुईवटा कोठामा बस्न आग्रह गरे पनि सन्दीपले एउटा कोठामात्रै बुक गरेको जुनेलीले आफ्नो जाहेरीमा दाबी गरेकी छन् । यद्यपि, उनीहरुको हाउभाउ हेर्दा ‘असहमति’ को लक्षण नदेखिएको होटल स्रोतको भनाइ छ । जे होस्, उनीहरु होटलको एउटै रुममा सुतेको प्रमाणिक तथ्य हो ।

‘उनीहरु एउटै कोठामा सुतेका हुन् । तर, कसैले कसैलाई ज-बरजस्ती गरेको देखिँदैन’, होटल स्रोतले भन्यो ।

कोठा बन्द भइसकेपछि रुमभित्र के भयो वा के भएन त्यो उनीहरु दुईजनालाई मात्र थाहा हुने कुरा भयो । तर, कोठाभित्र कुनै खाले द्वन्द्व वा ज-बरजस्ती भएको संकेत मिल्ने आवाज वा चिच्याहट नसुनिएको कर्मचारी बताउँछन् । भोलिपल्ट बिहान उनीहरु हाँसीखुशी होटलबाट निस्किनु र सन्दीपले नै गाडीमा राखेर जुनेलीलाई होस्टेलमा ड्रप गरिदिनुले पनि सौहार्दपूर्ण रात बितेको आँकलन गर्न सकिन्छ ।

वास्तविक उमेरको प्रश्न
सन्दीपकी एक कानून व्यवसायी सुधा रिजालले जाहेरीकर्ताको वास्तविक उमेरलाई लिएर प्रश्न उठाइन् । जाहेरीकर्ताका दुईवटा जन्मदर्ता रहेको दाबी पनि उनले गरिन् । यसअघि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षले एउटा टेलिभिजन अन्तर्वार्तामै जाहेरीकर्ता नाबालिग नभएको प्रमाण फेला परेको बताएका थिए ।

जाहेरीकर्तासँग निकट स्रोतका अनुसार उनको दुईवटा जन्मदर्ता रहेको असत्य हो । तर, वास्तविक उमेर १८ वर्षभन्दा माथि हुनसक्छ । जन्मदर्ता र नागरिकतामा उल्लेखित जन्म मितिअनुसार किशोरी नाबालिग नै छिन् । दुवैमा उनको जन्म मिति २०६२/०२/१८ उल्लेख छ । त्यसका आधारमा उनको उमेर १७ वर्ष ४ महिना भयो । बालिग हुन १८ वर्ष कटेको हुनुपर्छ ।

जाहेरीकर्ताको जन्मदर्ता र नागरिकता दुवैमा जन्म मिति गडबड गरिएको सन्दीप निकटस्थहरुको भनाइ छ । उमेरमाथि प्रश्न उठाउन सकिने एउटा आधार भनेको जुनेलीका पिताले बनाएको बसाइसराइ कागज हो । त्यसमा जुनेलीको जन्म मिति २०६१/०२/१८ उल्लेख छ, जसअनुसार उमेर १८ वर्ष ४ महिना हुन्छ ।

बसाइसराइको कागजमा उल्लेखित जन्म मिति वास्तविक भएको स्रोतको दाबी छ ।

जुनेलीका बाबुलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘छोरी १८ वर्ष काटिसकेकी छ, उमेर घटाएर नागरिकता लिइएको हो ।’ तर, बाबुले यही कुरा प्रहरीमा भन्छन् भन्न सकिँदैन ।

जन्म मिति तय गर्ने मुख्य आधार बसाइसराइ कागजभन्दा पनि नागरिकता र जन्मदर्ता नै हुन् । त्यसलाई गलत प्रमाणित गर्न सन्दीपका वकिलहरुले निकै पापड बेल्नुपर्नेछ । उनीहरुले यसमाथि गहन अनुसन्धानको माग गर्न सक्छन् ।

उमेर पत्ता लगाउन वैज्ञानिक परीक्षणको माध्यम भनेको बोन टेस्ट हो । तर, यस्तो टेस्टले पनि ‘एक्युरेट’ उमेरको हिसाब नदिने विज्ञहरु बताउँछन् । बोन टेस्टबाट वर्षसम्म पत्ता लाग्नसक्ने तर वास्तविक जन्म मितिकै निर्क्योल भने हुन नसक्ने उनीहरुको भनाइ छ । यहाँ महिना र दिनको फरकले समेत मुद्दामा उलटफेर ल्याउन सक्ने हुँदा बोन टेस्टको प्रतिवेदनमा सन्दीप ढुक्क हुन सक्दैनन् ।

पारिवारिक पृष्ठभूमि लथालिंग

जुनेलीको पारिवारिक पृष्ठभूमि अलिक विश्रृंखलित र लथालिंग छ । उनको परिवार पहिले काठमाडौंको साँखु छेउछाउको एउटा टोलमा बस्थ्यो । निकटस्थका अनुसार उनका बुवा र आमाको विवाह कानूनी र नैतिक रुपमा विवादास्पद थियो । त्यसैले सन्तान जन्मने क्रममा गाउँ–समाजको डरले उनीहरु त्यहाँबाट नुवाकोटतिर बसाइ सरेका थिए ।

जुनेलीका बाबु राजनीतिक कार्यकर्ता हुन् । नेकपा माओवादीमा आवद्ध उनले नुवाकोटमा एउटा फार्म हाउस पनि चलाएका थिए । तर, त्यसमा घाटा खाएपछि उनी विदेशिए । केही समय साउदी अरबमा वैदेशिक रोजगारीमा रहे । उनी विदेशमा रहँदा नेपालमा पत्नीले अर्को विवाह गरिन् । विदेशबाट फर्केर उनले पनि अर्की श्रीमती भित्र्याए ।

यसरी जुनेली सानै छँदा बाबु र आमा दुवैले दोस्रो विवाह गरेपछि उनले राम्रो अभिभावकत्व पाउन सकिनन् । उनको आफ्नी आमाको तर्फबाट एक दाजु छन् । उनै दाजुले जुनेलीका तर्फबाट सन्दीपविरुद्ध जाहेरी दिएका हुन् । जुनेली जस्तै उनका दाजु पनि अल्लारे उमेरकै छन् । उनको हुलिया पनि अल्लारे नै छ ।

जुनेली काठमाडौंको एक होस्टलमा बसेर प्लस टु पढिरहेकी छन् । उनी म्यानेजमेन्टकी विद्यार्थी हुन् । उनको होस्टलको चार्ज पनि एकजना साथीले तिर्दै आएको बताइन्छ । बाबु र आमा दुवैले उनीप्रति जिम्मेवारी राम्ररी निभाएका छैनन् । यद्यपि, दुवैको परिवारसँग उनको आउजाउ भने छ ।

जुनेलीले लडिरहेको कानूनी ल-डाइँमा बुवाआमाको खासै समर्थन वा चासो पाइँदैन । बुवा फ्रन्टमा आउनै नचाहेकाले उनका दाजुले जाहेरीमा दस्तखत गरेका हुन् ।

प्रमाणहरु कति बलिया ?

प्रहरीले जाहेरी दर्ता गर्नुअघि काठमाडौं इन होटलको सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा सन्दीप र जुनेली सँगै होटलमा गएको स्पष्ट देखिएपछि जाहेरी दर्ता गर्न प्रहरी तयार भएको हो ।

जाहेरी दर्तापछि सोही मध्यरातमा जुनेलीको मेडिकल जाँच थापाथलीको प्रसूति गृहमा लगेर गरियो । मेडिकल जाँचकाे रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन । यसमा खासगरी हेर्ने भनेकाे कन्याजाली र भंगाकुरको अवस्था हो । कन्याजाली च्यातिएको तथा भंगाकुरमा घाउ देखिएको अवस्थामा बलात्कारकाे अनुमान गरिन्छ । विज्ञका अनुसार कन्याजाली च्यातिनुले मात्रै चाहिँ धेरै ठूलो अर्थ राख्दैन । साइकल चलाउँदा वा कुनै बाहिरी वस्तुले हस्तमैथुन गर्दा पनि कन्याजाली च्यातिएको हुनसक्छ । यदि शारीरिक सम्बन्धका कारण हो भने पनि त्यो सन्दीपसँगैको सम्बन्धले हो भन्ने पुष्टि हुँदैन ।

उनको भंगाकुरमा घाउ छ भने त्याे चाहिँ महत्वपूर्ण हाे । केटी मान्छे राम्ररी ‘अराउज’ नभइकन शारीरिक सम्बन्ध राख्दा यस्तो घाउ बस्ने सम्भावना हुन्छ र यो घाउ निको हुन पनि लामो समय लाग्छ । तर, फेरि पनि सन्दीपमाथिको आरोप पुष्टि गर्न याे पर्याप्त भने हुँदैन । किनभने काेसँगको सम्बन्धबाट यो घाउ भएको भन्ने ठोकुवा गर्न सकिन्न ।

यदि घ-टना भएकै रात वा भोलिपल्टै ‘पीडित’ ले प्रहरीमा जाहेरी दिएको भए यसको निर्क्योल गर्न सजिलो हुन्थ्यो । शरीरमा वीर्य खसेको भए त्यसको डीएनए परीक्षण हुन सक्थ्यो । तर, धेरै दिनपछि मात्रै जाहेरी दिन गएकाले त्यो सम्भावना अन्त्य भइसकेको छ । जुनेलीसँग सन्दीपले शारीरिक सम्बन्ध राखेको थप प्रमाण केही पनि नरहेको स्रोतको भनाइ छ । र, शारीरिक सम्बन्ध राखेको पुष्टि नहुँदासम्म बलात्कार ठहरिँदैन । सन्दीप यो -मुद्दामा जोगिन सक्ने सबैभन्दा बलियो बाटो भनेको एउटै कोठामा सुते पनि शारीरिक सम्बन्ध नरहेको जिकिर गर्नु नै हो ।

माइती नेपालको कब्जामा ‘पीडित’
धेरैको मनमा उठिरहेको जिज्ञासा, जाहेरीकर्ता कहाँ छिन् ? आरोपी सन्दीपलाई ‘डे वान’ बाटै सार्वजनिक गरेको प्रहरीले जाहेरीकर्तालाई भने गोप्य राखिरहेको छ । कानूनी व्यवस्थाअनुसार पनि यौ-नजन्य अपराधमा जाहेरी दिनेको पहिचान गोप्य राख्नुपर्ने हुन्छ । प्रहरी स्रोतका अनुसार जुनेली माइती नेपालको संरक्षणमा छिन् ।

जाहेरी दर्ता भएको दुई-तीनपछि प्रहरीले उनलाई माइती नेपालकी अनुराधा कोइरालाको जिम्मा लगाएर पठाएको हो । कोइरालाले जुनेलीलाई निकै कडा निगरानीमा राखेकी छन् । उनलाई बाहिर निस्किन दिइएको छैन । बाहिरबाट आउनेहरुले पनि उनीसँग भेट्न पाउँदैनन् । उनलाई कलेज जान पनि अनुमति नदिइएको स्रोतले बतायो । माइती नेपालभित्रै शिक्षकको प्रवन्ध गरेर पठनपाठन गराइएको स्रोतको दाबी छ ।

सामाजिक सञ्जालमै आश्रय लिनुपर्ने खालको अवस्था जुनेलीको छैन । उनले माइती नेपालको कथित संरक्षणबाट बाहिर निस्किन चाहेकी छन् । तर, बाहिर निस्केपछि उनले बयान फेर्ने चिन्ताले गर्दा अनुराधाले त्यो अनुमति नदिएको स्रोतले बतायो । साथै माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् ।

के पल शाह प्रकरणमा जस्तै यसमा पनि अन्तत्वगत्वा जाहेरीकर्ताले बयान फेर्लिन् त ? स्रोतले त्यो सम्भावना नकार्न चाहेन ।‘यदि माइती नेपालको कब्जाबाट फुत्किइन् भने बयान फेर्न सक्ने सम्भावना पनि छ’, स्रोतले भन्यो ।

कहाँ चुके सन्दीप ?
त्रुटिपूर्ण कानूनको शिकार भएको देखिँदादेखिँदै पनि सन्दीपमाथि प्रश्न उठाउन सकिने केही ठाउँहरु छन् । शारीरिक चाहना परिपूर्तिका लागि मात्रै जुनेलीसँग क्षणिक रुपमा नजिकिएको आशंका गर्न सकिन्छ ।

पहिलो, उनी जुनेलीसँग प्रायः स्न्याप च्याटमा मात्रै कुरा गर्थे । स्न्याप च्याटमा पठाएको म्यासेज २० सेकेन्डमा अटो डिलिट हुन्छ भने स्क्रिनसट लिएको अवस्थामा त्यसको सूचना अर्कोलाई जान्छ । त्यसैले आफूले गरेका कुराकानीको ‘प्रमाण’ नरहेको भन्ने सन्दीपको चाहना देखिन्छ । निकटस्थहरुका अनुसार उनी अन्य युवतीहरुसँग पनि स्न्याप च्याटमा नै कुरा गर्थे ।

दोस्रो, उनले होटलमा सँगै रात बिताएपछि जुनेलीलाई तत्काल सामाजिक सञ्जालबाट ब्लक गरेको भनिएको छ । यदि त्यो सत्य हो भने त्यहाँ पनि उनको नियतमा प्रश्न उठ्छ ।

तेस्रो, उनी आफूविरुद्ध जाहेरी परिसकेपछि नेपाल फर्किन गरेको ढिलासुस्ती पनि सही थिएन, चाहे जेसुकै बहानामा किन नहोस् ।

समग्र घ-टनाक्रम हेर्दा सन्दीपले कहीं न कहीं आफ्नो स्टारडमको दुरुपयोग गर्न खोजेकै देखिन्छ । अवश्य पनि उनी जत्तिको स्टारसँग नजिकिन खोज्नेहरु धेरै हुन्छन् । प्रेम र रोमान्सका लागि पनि युवतीहरु सहजै तयार हुन सक्छन् । तर, उनी आफ्नो मर्यादा र अनुशासनमा बस्नुपर्ने हो । फ्यानका रुपमा नजिकिनेहरुसँग शा-रीरिक तिर्खा मेट्ने ध्येय राखेका हुन् भने त्यसलाई अनैतिक मान्नैपर्छ ।

जाहेरीको अभिष्ट
अब सबैभन्दा महत्वपूर्ण प्रश्नमा जाऔं । घ-टना भएको २० दिनपछि सन्दीपविरुद्ध किन जाहेरी दिइन् त जुनेलीले ? के उनलाई अरु कसैले उक्साएका हुन् ? सन्दीपले भने जस्तो उनी कुनै षड्यन्त्रको शिकार बनेका हुन् ?

त्यस्तो देखिँदैन । सन्दीपविरुद्ध जाहेरी दिन जुनेलीको स्वनिर्णय भएको निकटस्थ स्रोत बताउँछ । यसका मुख्य दुई कारण छन् । पहिलो- सन्दीपले आफूलाई सोसल मिडियामा ब्लक गरेको आक्रोश । नाइट स्टे गरेको भोलिपल्टै (?) सन्दीपले उनलाई स्न्याप च्याटबाट ब्लक गरेको बताइन्छ । के कारणले हो भन्ने स्पष्ट भएको छैन । तर, यसबाट जुनेलीले आफूलाई सन्दीपले ‘युज एन्ड थ्रो’ गरेको महसुस गरिन् ।

तर, योभन्दा महत्वपूर्ण सम्भावित कारण अर्को हुनसक्छ ।

जुनेलीले आफ्ना एक क्रिकेटप्रेमी ‘साथी’ लाई सन्दीपसँग भएका सबै कुराकानीहरु उत्साहसाथ सुनाउने गर्थिन् । ती साथीले पनि यसलाई अन्यथा लिएका थिएनन् । जुनेलीले सन्दीपसँग कफी डेट गर्न लागेको पनि साथीलाई बताएकी थिइन् । तर, त्यस रात होटलको रुममा पसेपछि उनले मोबाइल अफ गरिन् । यसले गर्दा उनका साथीको मनमा चिसो पस्यो ।

भोलिपल्ट साथीले निकै केरकार गरेपछि सन्दीपले आफूलाई झुक्याएर होटलमा लगेको बताइन् । सन्दीपसँग एउटै रुममा सुत्नुपरेको र उनले नै मोबाइल अफ गरिदिएको भन्दै जुनेलीले आफ्नो बचाउ गरिन् । आफ्नो यही भनाइलाई प्रतिरक्षा गर्न उनी प्रहरीमा जाहेरी दिने निष्कर्षमा पुगेको निकटस्थ स्रोतको दाबी छ ।

‘उनले साथीका सामु आफ्नो चरित्रमा प्रश्न नउठोस् र घनिष्ठ मित्रता नतोडियोस् भनेर नै यो कदम चालेकी हुन्’, स्रोतले दाबी गर्दै भन्यो ।

यद्यपि, यो कुनै ठोकुवा गर्न सकिने विषय चाहिँ होइन । आशा गरौं, अदालतले नै दूधको दूध पानीको पानी छुट्याउनेछ । कुनै बाह्य दबाब र बहकाउमा नपरी तथ्यमाथि टेकेर न्यायपूर्ण फैसला अदालतले गरोस् ।

(स्राेत= नेपालप्रेस)
यो पनि :
कार्तिक, ६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयद्वारा B.Sc. प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ । बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय बल्खु द्वारा ४ बर्षे B.Sc. प्रथम बर्षको नतिजा करिब १६ महिना पछि नतिजा प्रकाशित गरेको हो।

नतिजा परिक्षा नियन्त्रण कार्यलयको अनलाइन tuexam.edu.np मा गएर हेर्न सकिने छ। अर्थात NTC बाट BSC Symbol नम्बर type गरि 33624 मा SMS गरेर हेर्न सकिन्छ।
यो पनि :
काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको बला-त्कार मुद्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले बताए।

‘प्रहरीले शुक्रबार अन्तिम समयमा प्रतिवेदन ल्याएको छ। हामीले हेर्न भ्याएको छैन’, नेउपानेले भने, ‘भोलिबाट अदालत बिदा हुने भएकाले तिहार बिदाअघि मुद्दा दर्ताको सम्भावना कम छ।’

सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ। कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती क-रणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो।

प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोजना पत्र दायर गर्ने छ। त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ।

मुद्दामा अन्य प्रमाण नभए पनि पीडितको उमेर १८ वर्षभन्दा कम भएकाले सन्दीप दोषी ठहर हुने सम्भावना रहेको अनुसन्धान अधिकारीले बताए। प्रहरीले १८ वर्षभन्दा कम रहेको प्रमाणका रुपमा किशोरीको नागरिकता बुझाएको छ।

यसअघि सन्दीप र उनका वकिलले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको र जन्मदर्ता तथा बसाइँ सराइको कागजातमा १९ वर्षकी किशोरी भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन्। उनीहरुले समेत उमेरलाई नै जोड दिएर प्रमाण पेस गर्ने सम्भावना छ।

छुट्टाछुट्टै उमेर भन्ने प्रमाण पेस भएपछि अदालतले केलाई आधार मान्ने भन्ने कुराले सन्दीपविरुद्धको कसुरमा अर्थ राख्नेछ। १८ वर्षभन्दा कम उमेर ठहर भएमा सहमतीमै क-रणी भए पनि जबरजस्ती क-रणी मानिने कानुनी व्यवस्था छ।

यसअघि बयानका क्रममा पनि सन्दीप लामिछानेले किशोरीको उमेर १९ वर्ष भएको बताएका थिए। घटनाको समयमा नगरकोट जाँदै किशोरीसँग कुरा भएको र त्यतिबेला उनले आफू १९ वर्ष भएको र कागजातमा भने एक वर्ष उमेर घटाएको बताएको बयान दिएका थिए। उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। तर घटनाको समयमा होटलको एउटै कोठामा राति बसेको भने उनले स्वीकार गरेका छन्।

सन्दीपलाई आइतबार अदालत लगिँदै
अनुसन्धान सकेको प्रहरीले सन्दीपलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने भएको छ। अदालतले हिरासतमा राख्न अनुमति दिएको अवधि सकिएकाले प्रहरीले अदालतमा उपस्थित गराउने भएको हो। यसअघि तेस्रोपटक चार दिनको म्याद थप गर्दै अब प्रतिवेदनसहित अदालतमा उपस्थित हुन भनेको थियो।

प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेधको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएकाले सन्दीलाई थप हिरासतमा राख्नका लागि अनुमति माग गर्न प्रहरीले सन्दीलाई अदालतमा उपस्थित गराउने भएको हो। यसअघि पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

तर सन्दीपविरुद्धको मुद्दा अदालतमा कात्तिक १४ गते मात्रै दर्ता हुने सम्भावना छ। तिहार बिदामा प्रतिवेदन अध्ययन गरेर १४ गते दर्ता गर्न सकिने सरकारी वकिल कार्यालय उच्च स्रोतले बतायो।

सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई बिमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

काठमाडौँ – सन्दीप लामिछानेविरुद्धको बला-त्कार मुद्दामा प्रहरीले अनुसन्धान टुंग्याएको छ। शुक्रबार अपराह्न अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले बताए।

‘प्रहरीले शुक्रबार अन्तिम समयमा प्रतिवेदन ल्याएको छ। हामीले हेर्न भ्याएको छैन’, नेउपानेले भने, ‘भोलिबाट अदालत बिदा हुने भएकाले तिहार बिदाअघि मुद्दा दर्ताको सम्भावना कम छ।’

सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ। कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती क-रणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो।

प्रहरी प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा अभियोजना पत्र दायर गर्ने छ। त्यसपछि अदालतले सन्दीपको बयान गराउने र थुनछेक बहस हुनेछ। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा सन्दीप दोषी देखिन सक्ने ठहर गरेमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने छ।

मुद्दामा अन्य प्रमाण नभए पनि पीडितको उमेर १८ वर्षभन्दा कम भएकाले सन्दीप दोषी ठहर हुने सम्भावना रहेको अनुसन्धान अधिकारीले बताए। प्रहरीले १८ वर्षभन्दा कम रहेको प्रमाणका रुपमा किशोरीको नागरिकता बुझाएको छ।

यसअघि सन्दीप र उनका वकिलले भने पीडित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको र जन्मदर्ता तथा बसाइँ सराइको कागजातमा १९ वर्षकी किशोरी भएको प्रमाण आफूहरुसँग रहेको दाबी गरेका छन्। उनीहरुले समेत उमेरलाई नै जोड दिएर प्रमाण पेस गर्ने सम्भावना छ।

छुट्टाछुट्टै उमेर भन्ने प्रमाण पेस भएपछि अदालतले केलाई आधार मान्ने भन्ने कुराले सन्दीपविरुद्धको कसुरमा अर्थ राख्नेछ। १८ वर्षभन्दा कम उमेर ठहर भएमा सहमतीमै क-रणी भए पनि जबरजस्ती क-रणी मानिने कानुनी व्यवस्था छ।

यसअघि बयानका क्रममा पनि सन्दीप लामिछानेले किशोरीको उमेर १९ वर्ष भएको बताएका थिए। घटनाको समयमा नगरकोट जाँदै किशोरीसँग कुरा भएको र त्यतिबेला उनले आफू १९ वर्ष भएको र कागजातमा भने एक वर्ष उमेर घटाएको बताएको बयान दिएका थिए। उनले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। तर घटनाको समयमा होटलको एउटै कोठामा राति बसेको भने उनले स्वीकार गरेका छन्।

सन्दीपलाई आइतबार अदालत लगिँदै
अनुसन्धान सकेको प्रहरीले सन्दीपलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराउने भएको छ। अदालतले हिरासतमा राख्न अनुमति दिएको अवधि सकिएकाले प्रहरीले अदालतमा उपस्थित गराउने भएको हो। यसअघि तेस्रोपटक चार दिनको म्याद थप गर्दै अब प्रतिवेदनसहित अदालतमा उपस्थित हुन भनेको थियो।

प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेधको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएकाले सन्दीलाई थप हिरासतमा राख्नका लागि अनुमति माग गर्न प्रहरीले सन्दीलाई अदालतमा उपस्थित गराउने भएको हो। यसअघि पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

तर सन्दीपविरुद्धको मुद्दा अदालतमा कात्तिक १४ गते मात्रै दर्ता हुने सम्भावना छ। तिहार बिदामा प्रतिवेदन अध्ययन गरेर १४ गते दर्ता गर्न सकिने सरकारी वकिल कार्यालय उच्च स्रोतले बतायो।

सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनी असोज २० गते आत्मसमर्पण गर्न नेपाल फर्किएका थिए। त्यतिबेला उनलाई बिमानस्थलबाटै पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।