चिया बेचेर महिनाकै लाखौं कमाउँछिन २३ बर्षकी हिरोईन जस्तै सरिता केसी

काठमाडौं । उदयपुरकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्नुहुन्छ । दिउँसो कलेज पढ्नुहुन्छ । जहाँ इच्छा त्यहाँ उपाय, म त यस्तो कारण यो गर्न सकिन भन्नेहरुका लागि उहाँ पक्कै उदाहरण हो ।

उहाँको कुनै पसल छैन, थर्मसमा दुध र कालो चिया हालेर उहाँ कोठाबाट बेच्न निस्किनुहुन्छ । उहाँले यसरी चिया बेच्न थालेको १ बर्ष भयो । त्रिचन्द्र कलेमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरिता चिया बेचेरै महिनाको साढे २ लाख हाराहारी कमाउँनुहुन्छ र १ लाख जोगाउँनुहुन्छ ।

आफ्नो भाई पढाउन र आफू पढ्न उहाँ राजधानीमा मेहेनत गरिरहनुभएको छ । काम सानो ठूलो हुदैन, मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचार बोक्नुभएकी सरिता धेरै युवाहरुका लागि प्रेरणाको स्रोत पक्कै हो ।

असन र त्यस वरीपरी उहाँलाई धेरैले ‘सुन्दरी चियावाली’ भनेर चिन्दछन् । चिया पिउनेहरुले उहाँको रुपमा धेरै प्रशँसा गर्दछन् । बृद्धबृद्धाले त उहाँलाई आफ्नो घरको बुहारी बन न भन्ने प्रस्ताव पनि राख्ने गरेको उहाँ बताउँनुहुन्छ ।

४ बर्ष अगाडि काठमाडौं आउनुभएकी सरिता केहि बर्ष परिवारकै खर्चमा पढ्नुभयो । बिस्तारै उहाँको परिवारलाई उहाँ र उहाँको भाईलाई पढाउन गाह्रो हुदै गएको सरिताले देख्नुभयो ।

कृषक बाबु आमाको टाउकोबाट भाई र आफ्नो पढाईको बोझ हटाउन उहाँले चिया बेच्ने निर्णय लिनुभयो । आफ्नो र भाईको पढाई जसरीपनि पूरा गर्ने उहाँले अठोट लिनुभयो ।

त्यसअघि उहाँले असन घुम्दै जाँदा अरु चिया बेच्नेहरुलाई देख्नुभएको थियो । बिदेश जानलाई बिदेशी भाषा कक्षा पनि लिईरहनुभएकी सरिताले भाषा कक्षा छोड्नुभयो र चिया बेच्न थाल्नुभयो ।

उहाँको चियालाई धेरैले मिठो मानेर खान्छन् । दिनमै ४०० कप चिया बेच्ने उहाँले सुरुको दिन भने ४ सय रुपैंया कमाउँनुभयो । चिया बेच्ने क्रममा कतिले दुध चियालाई दुई अर्थ लगाएर आफूलाई नराम्रो हिसाबले जिस्काउने गरेको पनि उहाँको गुनासो छ । तर उनीहरुलाई हेर्ने नजर परिवर्तन गर्नुपर्छ है भन्दै सम्झाउँदै अघि बढिरहेको उहाँको भनाई छ ।

तो पनि :
नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का एमालेको प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आम नेपाली महिलाहरु न्यायीक फैसला गर्ने र एमालेलाई भोट हाल्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले आज थिमीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गर्नुभयो ।

महिला आन्दोलनकै उपलब्धीले अनेमसंघको पूर्वअध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हुन सफल हुनुभएको उल्लेख गर्दै उहाँले एमालेकै नेतृत्वमा प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य व्यवस्था आएको बताउनु भयो ।

एक महिला एमाले भए दर्जनौं व्यक्ति एमाले हुने उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन सवैभन्दा बढी महत्वपूर्ण जिम्मेवारी पनि महिलाको नै हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तन वा रुपान्तरणको लागि महिलाले खेलेको भूमिका अतुलनीय रहेको छ । त्यसमा पनि एमालेका महिलाले हक अधिकारलाई स्थापना गर्न मात्र हैन, मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको नेतृत्व समेत पुरुषले गरेको नेतृत्वभन्दा बढी सफल भएको हो । एक महिला शिक्षित भयो भने त्यो परिवार नै शिक्षित हुन्छ ।

त्यसैले एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुन्छन् । त्यसैले महिला एमालेको भोट बैंक हो । महिलाले न्यायीक फैसला गर्छन । त्यसैले सोही अनुसार आगामी निर्वाचनमा केन्द्रीत भई महिला नेता तथा कार्यकर्ताहरु लाग्नुहोस् । देशभर एमालेलाई विजयी गराउनुस् ।’

मुलुकको विकास र समृद्धि गर्ने पार्टी भनेकै एमालेमात्र भएको उल्लेख गर्दै उहाँले एमालेलाई आगामी निर्वाचनमा हराउने गठबन्धनको कुनै पनि तागत नभएको बताउनु भयो । एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा मुलुकभर साना तथा ठूला विकासका आयोजनाहरु असंख्य रुपमा सञ्चालन भएको तथ्यहरुलाई प्रस्तुत गर्दै उहाँले वर्तमान गठबन्धनको सरकार आएपछि देशमा विकासमा अध्यारो यात्रा शुरु भएको बताउनुभयो ।

गठबन्धन सरकार आएसँगै भ्रष्टाचार, अनियमिता, मंहगी, चरम नातवाद, कृपावाद मौलाएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व आएसँगै केपी ओलीले नेपालको गुमेको भूमिसहितको चुच्चे नक्सालाई समेत बुच्चे बनाएको बताउनुभयो ।

एमालेले आगामी निर्वाचन पछिको प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले गठबन्धनले कसलाई प्रधानमन्त्री बनाउने ? भन्ने हालसम्म समेत निर्णयमा पुग्न नसकेको बताउनुभयो । केपी ओली र शेरबहादुर देउवाको तुलना नै हुन नसक्ने उल्लेख गर्दै उहाँले ओलीको तुलनामा र देउवा हास्य कलकार भेलुबाजे जस्तोमात्र भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मल ल्याउने केपी ओली की मल ल्याउन नसक्ने शेरबहादुर देउवा ठीक ? उद्योग खोलेर रोजगारीको वातावरण सिर्जना गर्ने ठीक की उद्योग बेच्ने देउवा ठीक ? विभिन्न प्रकारका विना धितोका सफ्ट लोनको दिएर रोजगारीको वातावरण सिर्जना गर्ने ओली ठीक की अर्थतन्त्र नै चौपट्ट पार्ने देउवा ठीक ?’