केदारनाथ मन्दिर नजिकै हेलिकप्टर दुर्घटना !

काठमाडौं । उत्तराखण्डको केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएको छ । केदारनाथबाट २ किलोमिटर टाढा गरुडछट्टीमा हेलिकप्टर दुर्घटना भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार उद्धार टोली घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ । मिडिया रिपोर्टमा खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । तर, अहिलेसम्म आधिकारिक पुष्टि भने भएको छैन ।

मिडिया रिपोर्टका अनुसार यो हेलिकप्टर निजी कम्पनीको थियो र यसमा ५ जना यात्रु सवार थिए ।

धेरै मिडिया रिपोर्टमा प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज आएपछि स्थानीयले अधिकारीहरूलाई खबर गरेका छन्।

नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले घटनालाई दुर्भाग्यपूर्ण भन्दै आफू राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको र अवस्थाको अनुगमन गरिरहेको बताए।

देहरादुनका राजेश डोबरियालले उक्त हेलिकप्टर आर्यन कम्पनीको भएको र केदारनाथबाट दर्शनार्थी लिएर फर्किरहेको बताए ।

घटना लिम्चोली नजिक भएको रुद्रप्रयागका जिल्ला सूचना अधिकारीले बताए । यद्यपी हताहतको विवरण भने आइसकेको छैन ।

यो पनि :-

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू प्रभावित भएको बताएकी छन् ।

एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा जोड दिइन् । “समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट नै म प्रभावित भएको हुँ । फेरि विकासको लहर आउनुपर्छ ।

नेकपा (एमाले)को नेतृत्वमा सरकार बनाउनुपर्छ । पुनः नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुपर्छ,” उनले भनिन्, “देश विकासमा भएका कामलाई तीव्र गतिमा लैजान सक्छौँ । समृद्ध नेपाल, सुखी नेपालीलाई नारामा होइन, यथार्थमा बदल्न यो आवश्यक छ ।”

आसन्न स्थानीय तह निर्वाचनमा एमालेले ७० प्रतिशत स्थानमा विजयी हासिल गर्नुपर्ने उनले बताइन् । अबको संघीय निर्वाचनबाट एमालेले दुईतिहाइ बहुमत ल्याउनुपर्ने र त्यसको आधार स्थानीय निर्वाचन भएको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस
पशुपतिनाथ मन्दिरको बारेमा यस्ता रोचक तथ्य जुन सुनेर परिन्छ छक्क !
पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक मानिदै पनि आएको छ । पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्।

साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्। यस मन्दिलाई दर्शनकै निमित्त संसारको बिभिन्न देशहरूबाट दैनिक हजारो भक्तजनहरूको घुइचो लाग्ने गर्दछ ।जन्मदेखि मृत्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरू फेला परेका छन जुन यस प्रकार रहेका छन ।

१) मन्दिरमा गैर हिन्दुलाई प्रवेश निषेध
यो मन्दिरमा केवल हिन्दु धर्म मान्नेहरू मात्रै प्रवेस गर्न गरका छन । यो मन्दिर हिन्दुहरूको पवित्र तिर्थ स्थल मानिएकोले यहाँ गैर हिन्दुहरूलाई प्रवेश निषेध गरिएको छ । हिन्दुहरूले मात्र यहा पुजाआजा , आरती भजन जस्ता कृयाकलापहरूमा भाग लिन पाउनेछन । जस्तोसुकै महत्वपूर्ण ब्याक्तीहरू किन नहुन तर उनिहरू गैर हिन्दु भएमा उनिहरूलाई समेत प्रवेश निषेध गरिन्छ । त्यसैले आज पनि केयौ बिदेशी पर्यटकहरू उक्त मन्दिरको बाहिरबाटै शिर निहुराएर निस्कने गरेका छन । कुनै एक समयमा भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी पशुपतीनाथ मन्दिरको दर्शनकालागि आएका थिए उनको साथमा सोनीया गान्धी पनि रहेकी थिइन । दर्शन गर्ने समयमा राजिव गान्धीलाई भित्र प्रवेश गर्न दिएपनि सोनीयालार्य बाहिरै रोकीएको थियो । किनकी सोनीया थान्धी हिन्दु थिइनन ।

२ ) प्रतिक्षालयको नाम यसरी भयो ब्युटीफुल प्यालेस
बिश्वको बिभिन्न राष्ट्रहरूबाट आउने पर्यटकहरूलाई सहज होस भन्ने मनसायले स्थापना गरीएको प्रतिक्षालय नै अहिले ब्युटीफुलको नामले प्रचलित छ । त्यो स्थानको नाम कसरी ब्युटीफुल रहन गयो ? गैर हिन्दुहरूलाई मन्दिर भित्र प्रवेशमा प्रतिवन्ध लगाएपछि मन्दिरको ठिक अगाडी बनाइएको प्रतिक्षालयको नाम ब्युटीफुल रहन गयो । साझको समयमा आरती गर्दा र दियोहरू बाल्दा मन्दिर परिषर झिलिमिली भइ बाहिरी स्थान सजिन पुगेको प्रतिक्षालयबाट नजारा गरिरहेका पर्यटकहरूले सोही दृष्यलाई ब्युटिफुल भन्दै तारिफ गरेपछि त्यस स्थानको नाम आज सम्म ब्युटीफुल रहन गएको हो ।

३ ) मुख्य पुजारी भारतकै हुन्छन किन ?
जब नेपालमा लोकतन्त्र स्थापना भइ तत्कालिन माओवादीको नेतृत्वमा सरकार गठन भयो त्यो बेला देखी नै पशुपतिनाथ मन्दिरमा रहेका पुजारीको बिषयमा चर्को बहस भएको थियो । सोही बेलामा भारतीय पुजारी हटाएर नेपाली मुख्य पुजारी समेत सरकारले निर्णय गरेर नियुक्ती गरेको थियो तर पूजारी नियुक्ती गरेकै बिषयलाई लिएर नेपालीहरू आन्दोलनमा त्रउिनुका साथै चौतर्फी बिरोध भएपछि सरकारले आफ्नो निर्णय सच्चयाउदै पुनःभारतिय पुजारी नै नियुक्ती गरेको थियो र सोही निर्णय आज सम्म पनि कार्यानवयनमा चली आएको छ ।

४ ) मुख्य पुजारीको तलब कती ?
मन्दिमा पुजा गर्ने मुख्य पुजारीहरूको तलब कती भन्दा हामी यस्तै १० या २० हजार भनेर सजिलै अनुमान लगाउन सक्छौ तर पशुपतिनाथ मन्दिरमा रहेका मूख्य पुजारीको मासिक तलब मात्रै २ लाख ३५ हजार रहेको छ । यति मात्रै नभएर मुख्य पुजारीको खाना देखी शुरक्षा सम्म राज्यले सबै बन्दोबस्त गरि राखेको पाइन्छ। यहाँ सम्मकी मुख्य पुजारी संगसंगै रहेका तिन सहायक पुजारीहरूको मासिक पारिश्रामिक पनि ६० हजार माथी तोकीएको छ ।

५ ) ११ सय देखी २५ लाख सम्मको पुजा
कुनै धार्मक कार्यकालागि आवश्यक पुजा गर्न पशुपतिमा आउने भक्तजनहरूकालागि बिशेष दररेट सावर्जनिक गरिएको हुन्छ उक्त रेटमा भक्तजनहरूले आफ्नो हैसियत अनुसारको पुजा गराउने गरेको पाइएको छ । पशुपतीनाथ मन्दिरमा अहिलेपनी इच्छा अनुसारको पुजा गराउने गरेका छन । त्यहा सबै भन्दा कम दर रेट ११ सय र बढीमा २५ लाख सम्मको पुजा हुने गर्दछ । त्यसरी जम्मा भएको रकम पूजारीहरूले केही प्रतिशत कमिसन लिने गरेका छन ।

६) दुई प्रकारले हुन्छ पुजा
पशुपतीनाथ मन्दिमा अहिलेपनि दुई तरिकाबाट पुजा हुने गरेको छ । एक बैदिक पदती र अर्को तान्त्रिक पदती दुवै पदतीको पुजा गरेपनि त्यसको कुनै तस्विर एवम भिडियो निकाल्न प्रतिवन्ध लगाइएको छ । त्यसकालागि मन्दिरको पुजा स्थलमा कुनै क्यामेरा या मोवाइल छिराउन शुरक्षाकर्मीहरूले रोक लगाएका छन ।

७ ) पुजामा प्रयोग हुने चन्दन पनि भारतबाटै आउछ
दैनिक हजारौको संख्यामा आउने भक्तजनहरूले गर्ने पुजा आजामा प्रयोग हुने चन्दन भारतबाटै आयात हुने गरेको छ । उक्त चन्दन भारतको महाराष्ट्रबाट आयात हुने काठबाट उत्पादन हुदै आएको छ ।

८) दैव शक्ती रहेको अनुभव
बि.सं. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक-वैदिक-वास्तु शक्ति’ (शिव कथत भूतत्व-विज्ञान)को कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो। त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।

९) जमिन खन्दा शिवलिंग प्रकट
पशुपतिनाथ मन्दिरमा सदैव शिवजी भगवानको वास रहेको किम्बदन्ती कायमै छ । धेरै पटक मन्दिरको आसपास साना मन्दिहरू निर्माणको क्रममा जमिन खन्दा थुप्रै शिवलिंगहरू निस्किएको र त्यहा शिव शक्ती प्रकट हुने गरेको पनि भक्तजनहरूको भनाइ छ । जुन आज सम्म पनि त्यो भनाइ कायमै रहेको छ ।

१०) मन्दिरमा कामधेनूको बास
पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए। कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे। यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिवलिङ्ग भेटेका थिए। त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै आएका थिए। त्यस स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राम्रा मान्छेहरुले एकैचोटी फड्को मार्दा फरक नपर्ने बताएका छन्। समाजवादीनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘तपाईंहरुले पार्टी सदस्यता कहिले लिनु भयो? ढिलो चाँडो जहिले लिए पनि तपाईंहरु विद्यार्थी विशेष जिल्ला कमिटीमा आउनु भएको छ। मानिसहरुले क्रमैसँग भर्‍याङ चढ्नुपर्छ’, उनले भने, ‘तपाईंहरुको कतै ‘रकेट प्रमोशन’ भएको त होइन नि!’

उनले राम्रा मान्छेले फड्को मार्दा गुनासो नहुने बताए। ‘राम्रा मान्छेले फड्को मार्छन्, म पनि म पनि एकैचोटी कक्षा ३ बाट ५ मा पुगेको थिएँ’, उनले भने, ‘मान्छेमा खुबी छ भने त्यो देखिनुपर्छ। जन्मिँदैदेखि प्रतिभाशाली हुन्छन् कोही मान्छे।’

उनले आफूले ५५ वर्षअघि नै कलेज जीवन सुरु गरेको सुनाए। ‘२०२४ सालमा मेरो कलेज जीवन सुरु भएको थियो’, उनले भने, ‘हामी राम्रा र प्रशिक्षित कार्यकर्ता तयार गर्न चाहन्छौँ। हामी लोभी पापीहरुको जमात बनाउन चाहदैँनौँ। हामी देशलाई लुट्ने जनतालाई चुस्ने पार्टी बनाउन चाहदैँनौँ।’

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।