देउवा आएसँगै केपी ओलीले ल्याएको चुच्चे नक्सालाई बुच्चे बनाउने काम भयो : महेश बस्नेत

नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का एमालेको प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आम नेपाली महिलाहरु न्यायीक फैसला गर्ने र एमालेलाई भोट हाल्ने बताउनुभएको छ ।

अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले आज थिमीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनिय रहेको उल्लेख गर्नुभयो ।

महिला आन्दोलनकै उपलब्धीले अनेमसंघको पूर्वअध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हुन सफल हुनुभएको उल्लेख गर्दै उहाँले एमालेकै नेतृत्वमा प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक महिला अनिवार्य व्यवस्था आएको बताउनु भयो ।

एक महिला एमाले भए दर्जनौं व्यक्ति एमाले हुने उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन सवैभन्दा बढी महत्वपूर्ण जिम्मेवारी पनि महिलाको नै हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तन वा रुपान्तरणको लागि महिलाले खेलेको भूमिका अतुलनीय रहेको छ । त्यसमा पनि एमालेका महिलाले हक अधिकारलाई स्थापना गर्न मात्र हैन, मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको नेतृत्व समेत पुरुषले गरेको नेतृत्वभन्दा बढी सफल भएको हो । एक महिला शिक्षित भयो भने त्यो परिवार नै शिक्षित हुन्छ ।

त्यसैले एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुन्छन् । त्यसैले महिला एमालेको भोट बैंक हो । महिलाले न्यायीक फैसला गर्छन । त्यसैले सोही अनुसार आगामी निर्वाचनमा केन्द्रीत भई महिला नेता तथा कार्यकर्ताहरु लाग्नुहोस् । देशभर एमालेलाई विजयी गराउनुस् ।’

मुलुकको विकास र समृद्धि गर्ने पार्टी भनेकै एमालेमात्र भएको उल्लेख गर्दै उहाँले एमालेलाई आगामी निर्वाचनमा हराउने गठबन्धनको कुनै पनि तागत नभएको बताउनु भयो । एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा मुलुकभर साना तथा ठूला विकासका आयोजनाहरु असंख्य रुपमा सञ्चालन भएको तथ्यहरुलाई प्रस्तुत गर्दै उहाँले वर्तमान गठबन्धनको सरकार आएपछि देशमा विकासमा अध्यारो यात्रा शुरु भएको बताउनुभयो ।

गठबन्धन सरकार आएसँगै भ्रष्टाचार, अनियमिता, मंहगी, चरम नातवाद, कृपावाद मौलाएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व आएसँगै केपी ओलीले नेपालको गुमेको भूमिसहितको चुच्चे नक्सालाई समेत बुच्चे बनाएको बताउनुभयो ।

एमालेले आगामी निर्वाचन पछिको प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले गठबन्धनले कसलाई प्रधानमन्त्री बनाउने ? भन्ने हालसम्म समेत निर्णयमा पुग्न नसकेको बताउनुभयो । केपी ओली र शेरबहादुर देउवाको तुलना नै हुन नसक्ने उल्लेख गर्दै उहाँले ओलीको तुलनामा र देउवा हास्य कलकार भेलुबाजे जस्तोमात्र भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मल ल्याउने केपी ओली की मल ल्याउन नसक्ने शेरबहादुर देउवा ठीक ? उद्योग खोलेर रोजगारीको वातावरण सिर्जना गर्ने ठीक की उद्योग बेच्ने देउवा ठीक ? विभिन्न प्रकारका विना धितोका सफ्ट लोनको दिएर रोजगारीको वातावरण सिर्जना गर्ने ओली ठीक की अर्थतन्त्र नै चौपट्ट पार्ने देउवा ठीक ?’

यो पनि :
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै गोरुगाडावालाहरु देशलाई अझै प्रतिगमन र अराजकतातिर जाने योजनामा रहेको बताए ।

सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले अब हुने चुनाव अरू सामान्य चुनाव जस्तै नहुने जिकिर गरे । ‘हिजो १२ बुँदे समझदारी पक्षधर एक भएका छौं । हिजाे १२ बुँदे समझदारी केपी ओलीले होइन माधवकुमार नेपालले गरेका हुन ।

नेपाली कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको हो’ प्रचण्डले भने, ‘गोरुगाडावालहरु कहीँ न कहीँ प्रतिगमनतिरै, अराजकतातिरै देशलाई लैजानेमा छन् । त्यसलाई रोक्न गठबन्धन पक्षधर विजयी हुनै पर्नेछ ।’

तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी हुने क्रममा निरंकुशता विरुद्ध लड्न हुँदैन भन्ने प्रवृत्ति देखिएको प्रचण्डले स्मरण गरे । एमाले अध्यक्ष ओलीलाई इंगित गर्दै प्रचण्डले नेपालमा गणतन्त्र ल्याउने भनेको वयलगाडामा चढेर अमेरिका जानु जस्तै भनेको उल्लेख गरे ।

‘तत्कालीन सात राजनीतिक दल माओवादीबीच १२ बुँदे समझदारी हुँदा एकथरी प्रवृत्ति निरंकुश प्रवृत्तिका विरुद्ध लड्न हुँदैन । त्यसका विरुद्ध आन्दोलन गरेर पार लाग्न सकिँदैन । संविधान सभाबाट गणतन्त्र ल्याउने भनेको वैयलगाडा चढेर अमेरिका जानु एउटै कुरा हो भन्ने नेता र प्रवृत्ति थियो ।

हामीले बिर्सन हुँदैन’ स्मरण गर्दै प्रचण्डले भने, ‘तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस शेरबहादुर देउवा पार्टी, माधव नेपाल नेतृत्वको एमाले र हामी सबैले गोरुगाढावाल प्रवृत्तिका विरुद्ध सङ्घर्ष गरेर १२ बुँदे समझदारी गरियौं । जनयुद्ध र जनआन्दोलन शान्तिमा रूपान्तरण भयो,’ उनले

देश संघीय लोकतान्त्रिक गणतन्त्र भई संविधान घोषणा हुँदासम्म हिजोका गोरुगाडावाला सिद्धान्त बोकेका नेताहरू नबदलिएको बताए । ‘संविधानमा हस्ताक्षर गरेपछि प्रतिगमन,प्रतिक्रान्ति, निरंकुशता र अराजकतातिर जाने छैन भन्ठानियौं ।

ति सबै धोका र बेइमानी रहेछ भन्ने कुरा प्रष्ट भयो’ प्रचण्डले भने, ‘जति बेला वाम गठबन्धन गरेर कम्युनिस्ट एकता गर्न खोज्ने बेला प्रत्यक्ष अनुभव गरियौं । त्यो बेइमानी रहेछ, त्यो षड्यन्त्र रहेछ । उनीहरूको भित्र चाहना फेरी निरंकुशतन्त्र कायम गर्ने, यो देशलाई प्रतिगमनतिर लग्ने रहेछ ।’