सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु

दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।

स्थानीय नवीन बस्नेतको श्रीनगरमा उपचार भइरहेको छ । सोमबार बेलुका धान काटेर घर फर्कनेक्रममा उनीहरुलाई अरिंगालले टोकेको थियो । अरिंगालले टोकेपछि तीनै जनाको सल्यानकै श्रीनगरस्थित एक अस्पतालमा सामान्य उपचारपछि आमा–छोरीलाई बाँकेको कोहलपुर रिफर गरिएको थियो ।

कोहलपुर लैजाँदै गर्दा छोरीको बाटोमै मृत्यु भएको र उनकी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी खनालले बताए । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो । नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन ।

तथापि उपत्यकामा विवेशकील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए । आम चुनावमा यी दुई पार्टी एक भए । प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेसहोल्ड काट्न नसके पनि विकेकशील साझाले वागमतीमा प्रादेशिक थ्रेसहोल्ड काटेको थियो ।

अबको संघीय तथा प्रादेशिक निर्वाचनमा आर्थिक घोटालामा नमुछिएको, सामाजिक रूपमा विभेद नगर्ने, असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, अपांग, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता पिछडिएका वर्गप्रति सद्भाव, सम्मान, सहानुभूति राख्ने उम्मेदवारलाई प्राथमिकता दिनैपर्छ।
माओवादी केन्द्रका नेता बर्षमान पुनले नेपालका नेता नभई जनता नै भ्रष्ट भएको जिकिर गरेका छन् । प्राइभ टिभीमा बिहीबार बोल्दै उनले पैसा नदिए भोटै नदिने प्रवृत्ति रहेको स्वीकार गरे ।

पुनले भने, ‘युवा क्लबले पैसा माग्छ ठाडै । आमा समूहले पैसा माग्छ । अर्को समूहले पैसा माग्छ । हामीसँग यति भोट छ भनेर बार्गेनिङ गर्छ । त्यसकारण हामी नेता होइन्, जनता मतदाता पो भ्रष्ट भएछन् त । पैसा मागेपछि ऋण धन गरेर दिनैपर्यो ।’

चुनाव महंगो भएको स्वीकार गर्दै उनले त्यसरी चुनावमा बाँडेको पैसा उठाउन र चन्दा मागेको मान्छेको काम गरिदिनु नेताको बाध्यता हुने बताए । नेता पुनले यस पटक

खर्च कहाँबाट ल्याउने भनेर नेता सबै आत्तिएको बताउँदै यस्तो बेलामा उद्योगी व्यवसायी पुँजीपतिसँग पैसा माग्ने र पछि उनीहरुको काम गरिदिने, कि पहिला सत्तामा हुँदा

जम्मा गरेको पैसा खर्च गर्ने कि आफूले घरखेत बेचेर भए पनि पैसा निकाल्नु बाध्यता रहेको बताए । यो हटाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानुपर्ने पुनको तर्क छ ।