सन्दीप लामिछानेद्धारा कोठा नं ३०५ मा सँगै बसेको स्वीकार, भन्छन्ः अर्कै व्यक्तिले खेल खेल्यो !

क्रिकेटर सन्दीप लामिछानेले होटलमा किशोरीसँगै बसेको स्वीकारेका छन् । नाबालिग ब’ला’त्कार आ’रोपमा प’क्राउ परेका लामिछानेमाथि अहिले प्रहरी अनुसन्धान भइरहेको छ । काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरु’द्धको अनुसन्धान अगाडि बढाएको छ ।

गौशालाकै हि’रासत कक्षमा अन्य थु’नुवासँगै सन्दीपलाई पनि राखिएको छ । उनीवि’रुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरा’सतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरु’द्ध ब’लात्का’रको जा’हेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक ना’बालिगमाथि पटक–पटक ब’लात्कार गरेको जा’हेरीमा उल्लेख छ ।

भदौ ५ गते राति सन्दीप पीडित किशो’रीसँग सो होटेलमा कोठा नं ३०५ कोठा नं ३०५ प्रवेश गरेको र भोलिपल्ट बिहान बाहिरिएको सीसीटीभी फुजेट प्रहरीले फेला पारेको छ । राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको देखिन्छ ।

सन्दीपले आफु नि’र्दोष रहेको दाबी गर्दै आएका छन् । पी’डित किशोरीलाई माइती नेपालको संर’क्षणमा राखिएको छ । उनलाई परिवारका सदस्यलाई पनि प्रहरीको उपस्थितिमा मात्रै भेट्न दिइएको बताइएको छ ।

सन्दीपले प्रहरीसँगको साबिती बयान उद्धृत गर्दै प्रहरी अधिकारीहरु भन्छन्,“म माथि आ’रोप लगाउनेसँग होटलमा गएको सँगै बसेको सत्य हो । तर ब’ला’त्कार गरेको आ’रोप झुटो हो । राति बसेर बिहान निस्किएका हौं ।”

यसबाहेक सन्दीपले क्रिकेटमै संल’ग्न व्यक्तिहरुले पनि आफुविरु’द्धको योजना बनाएको दाबी गर्दै आएका छन् । उनले आफुमाथि आरो’प’ लगाउने कै आग्रहमा होटलमा बसेको बताएको पनि एक अधिकारीले दाबी गरे ।

जा’हेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आ’रोप अस्वीकार गर्दै आएका छन् । आफूमाथि आ’रोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए । प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै निय’न्त्रणमा लिएको थियो ।

यो पनि ;
पूूर्व प्रधानमन्त्री माधव कुुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा गठबन्धन तोडेको छ। कांग्रेससँगको सहकार्य तोडी एकाएक एकीकृत समाजवादी जिल्ला कमिटिले गठबन्धन तोडेपछि केन्द्रको राजनीतिमै तरंग पैदा भएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एकीकृत समाजवादीलाई भाग नपरेपछी उक्त पार्टिका जिल्ला नेतृत्व र कार्यकर्ता असन्तु’ष्ट बनेको बताइन्छ। बौद्धिक नेता डा.तारा जोशिले पार्टी परित्याग गरी प्रदेश शभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।

नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले नेपाली काँग्रेस (वीपी) सँग तालमेल गरेको छ। शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जानकारी गराएका थिए। डडेल्धुरामा नेपाली काँग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।

पार्टी परित्याग गरेका स्वतन्त्र उम्मेदवार जोशीलाई नेकपा एस डडेल्धुराले समर्थन गरेको छ। नेकपा एस डडेल्धुरा र काँग्रेस वीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए।

वीपी काँग्रेसले प्रदेश शभामा डा. जोशिलाई सघाउने छ। काँग्रेस वीपीले नेकपा एससँग तालमेल गरेपछी नेकपा एमालेले काँग्रेस वीपीसँगको तालमेल तोड्ने जनाएको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुराले काँग्रेस वीपीसँगको चुनावी तालमेल भंग गरेको जनाएको थियो।

प्रतिनिधिसभा सदस्यमा काँग्रेस वीपीका कर्ण मल्ललाई समर्थन र प्रदेश सभा एमालेका उम्मेदवारलाई नेपाली काँग्रेस वीपीले सघाउने गरी तालमेल भएको थियो।

एकीकृत समाजवादी डडेल्धुराले सत्ता गठबन्धन दलका उम्मेदवार देउवाका वि’रुद्ध उम्मेदवारी दिएका मल्ललाई सघाउने निर्णय गरेपनि उक्त पार्टिको प्रदेश समिति र केन्द्रको समर्थन नरहेको बताइन्छ ।

यता, पार्टिको निर्णयविरु’द्ध वीपीसँग तालमेल गरेकोमा डडेल्धुराका अध्यक्ष विष्टलाई सधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको प्रदेश कमिटिका सचिव दिनेश सुवेदीको भनाई छ ।

नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकास मन्त्री मेटमणि चौधरीले मतदाता आफूूतिर पार्न अस्वाभिक गतिविधी गर्न थालेको खबर बाहिरिएको छ । उनले चुनावको मुखमा चामल बाड्न थालेको खबर छ ।

निर्वाचन आचार संहिता वि’परीत चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा चामल बाँडेका हुन। बाढी पीडितका नाममा मन्त्री आफै उपस्थित भएर देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्विन्टल दरले दुई सय क्विन्टल चामल वितरण गरेका हुन ।

उनको सचिवालयले पनि बाढीबाट प्रभावित भएकाहरूलाई रा’हत स्वरूप चामल उपलब्ध गराइएको पुष्टि गरेको छ। चामल वितरण गरेपछि मन्त्रीले भोट प्रभा’वित गर्न खोजेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा गुनासो पुगेको छ ।

निर्वाचन आयोगले मन्त्रीहरू अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार सं’हिता वि’परीत हुने जनाएको छ । मन्त्री चौधरीले स्थानीय सरकारको एकद्वार प्रणालीबाट वितरण हुने गरी चामल उपलब्ध गराएको बताएका छन् ।

सरकारी गाडी फिर्ता

सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी गाडी फिर्ता गरेका छन् । उनी दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार छन् ।

उनले निर्वाचन आयोगले जारी गरेको आचारसं’हिताको पालना गर्दै यसअघि चढ्दै आएको बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेका हुन् ।

चुनाव अवधिमा सरकारी गाडीको दुरु’पयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचारसं’हिता अनुरूप मन्त्री चौधरीले शुक्रवारदेखि अर्कै गाडी प्रयोग गरेको प्रेस संयोजक सूर्य बिसीले जानकारी दिएका छन् ।