देशको मुहार फेर्नुछ : विनोद चौधरी

काठमाडौं, ३१ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी निर्वाचनमा नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद चौधरीले आफूले टेकेको माटोको समृद्धिको मूल फुटाउने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा आफ्नो धारणा राख्दै चौधरीले जनताको सुख÷दुःखमा हातेमालो गर्दै भोलि उदाउने घामका नौला किरण धर्तीमा ठोकिनु अघिनै देशको मुहार फेर्ने आफ्नो धोको रहेको सुनाएका छन् ।

विनोद चौधरीको उम्मेदवारीले नवलपरासी पश्चिम-१ का जनतामा खुशियाली, विश्वास खेर जान दिने प्रण

उनले लेखेका छन्-

जिन्दगीको..
कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका
उपलब्धिहरु सजिला थिएनन् !
दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे !
जुन देशको पानी पिँए
जुन देशको माटोमा टेकेर म उभिँए
जुन देशको शितल हावा पिएर म बाचेँ
आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,
पिँएको पानीको मुल्य चुकाउनु छ !
टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ!
बिकास र समृद्धिको बतास देश भर वहाउनु छ,
आज म जुन धरातलमा उभिँएको छु
उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ !
जनताको सुख:दुखमा हातेमालो गर्दै
भोलि उदाँउने घामका नौला किरण धर्तीमा
ठोकिनु अघिनै देशको मुहार फेर्नु छ !