सन्दिप निर्दोष रहेको र उनलाई सपोर्ट गर्न नेपाली क्रिकेट खेलाडीको आग्रह

काठमाडौं।

नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् ।

एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दोस्रोपटक म्याद थपको लागि अदालत उपस्थित गराइएका थप पाँच दिन हिरा’सतमा राख्न अदालतले अनुमति दिएको छ ।

नाबा’लिगमाथि जबर’जस्ती करणी गरेको जाहे’रीका आधारमा असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपलाई यसअगाडि सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो । अदालतको आजको आदेशसँग अव सन्दीप कात्तिक १ गतेसम्म प्रहरी हिरा’सतमा रहनुपर्नेछ ।

असोज २४ गते अदालत उपस्थित गराउँदा सञ्चारकर्मीको नजरबाट लुकाइएका सन्दीपलाई आज पनि प्रहरीले सञ्चारकर्मीबाट लुकाएर अदालत उपस्थित गराएको छ ।

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेटर शाहद आलमले सामाजिक सञ्जाल मार्फत पोस्ट गर्दै सन्दिप निर्दोष रहेको र उनलाई सपोर्ट गर्न बारम्बार आग्रह गरिरहेका छन्। अघिल्लो शुक्रबार पनि फेसबुकमार्फत पोस्ट गर्दै उनले सन्दीप लामिछानेलाई हौसला दिएका थिए ।