के केपी ओलीसँग करिश्माको सम्बन्ध बिग्रिएको हो ?

काठमाडौं ।

नेकपा एमालेले सांसदको उम्मेदवार नबनाएकोमा असन्तुष्ट नायिका तथा नेतृ करिश्मा मानन्धरले आँफुले बिद्रोह नगरी एमालेमा नै रहने प्रतिक्रिया दिएकी छिन् ।

गएको चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल मार्फत् नेकपा एमालेले सांसदको उम्मेदवार नबनाएकोमा असन्तुष्टि जनाउँदै आँफु अन्य नेताहरुले जसरी पद र टिकट नपाए पनि एमालेमा नै रहने उल्लेख गरेकी छिन् ।

उनले सबै क्षेत्रलाई पहुँच दिने पार्टी एमाले भएपनि आफूले त्यो अवसर नपाएको उनले बताइन् ।

‘सबै क्षेत्र र ठाउँलाई समान पहुँच दिने पार्टी भनेको त एमाले हो । तर म त्यो पहुँच भन्दा माथिको रहेछु के । मैले त्यसरी बुझें’ करिश्माले भनिन् ।

आँफुले टिकट नपाउनुमा केपी कमरेडके मात्रै हात नभएको भन्दै करिश्माले भनिनु ‘म खुशी छैन ।

तर केपी शर्मा ओलीलाई माया गर्ने मान्छे हुँ’ उनी भन्छिन्, ‘मेरो चित्त दुखाइ छ । एमाले र केपी शर्मा ओली भन्दा अर्को कुनै पार्टी छैन र अर्को कुनै नेता छैन, देशलाई अगाडि लान ।’