‘चोलेन्द्रकी छोरी हुुँ’ भन्ने युुवती एमाले कार्यकर्ता !

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सरकारी निवास बालुवाटारमा असोज २ गते सेतो मास्कले करिब आधा अनुहार छोपेकी महिलाले आफू जबराकी छोरी सुनिधि राणा भएको दाबी गरिन् । तर, उनी दैलेखकी मीना जोशी रहेको खुुल्यो ।

जोशीले काठमाडौंका एकजना राणा थरका युवासँग बिहे गरेपछि बल्ल जबरा परिवारकी बुहारी बन्न पुगेकी हुन् । यिनै युुवती गत बैशाख ९ गते लेनिन जयन्ती एवं कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुुगेको खुलेको छ । उनी सोही दिन एमाले प्रवेश गरेको खबर आएको थियो ।

स्रोतका अनुसार बालकोटमा पुगेर केपी ओलीसँग फोटो खिचाई एमालेमा प्रवेश गर्ने उनै मीना राणा असोज २ गते बालुवाटारमा चोलेन्द्रकी नक्कली छोरी बनेको राष्ट्रिय अ’ नुसन्धान विभागका कर्मचारीले पत्ता लगाएका छन्।

नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रममा मीनाले यसो भनेकी थिइन्–

आदरणीय अध्यक्ष श्री केपी शर्मा ओलीज्यू एवम् अग्रज नेताज्यूहरु, सबैमा मेरो नमस्कारको अभिवादन छ।

सर्वप्रथम म नेकपा (एमाले) मा प्रवेश गर्न पाउँदा आफूलाई निकै खुशी र भाग्यमानी ठानेको छु । मुलुककै ठूलो दल हुनुको नाताले पनि एमाले जनताको पार्टी हो भन्ने कुरा स्पष्ट नै छ । र, यो पार्टीप्रति जनताको आकर्षण दिनप्रतिदिन बढिरहेको छ ।

एमालेको नेतृत्व पंक्ति खासगरी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको समृद्ध नेपालको भिजनबाट म निकै प्रभावित थिएँ। उहाँले सरकारको नेतृत्व गर्दा देशव्यापी रुपमा विकास निर्माणका काम अघि बढेको कुरा जगजाहेर नै छ।

उहाँले समृद्ध नेपाल र सुखी नेपाली अभियान नाराको लागिमात्रै अघि सार्नुभएको नभई वास्तवमै यसलाई व्यवहारमा नै उतार्नुभएको छ। उहाँको व्यक्तित्व र सरल स्वभावबाट आम नेपाली जनता प्रभावित छन्। उहाँले देशलाई कसैसँग झुक्न दिनुभएन। सबै देशसँग सन्तुलित सम्बन्ध राख्नुभएको थियो।

मुलुक निर्वाचनमा होमिएको छ। एमालेप्रति जनताको ठूलो लहर देखिएको छ। यसले पनि एमालेको आगामी तीनै तहको निर्वाचनमा बहुमत हासिल गर्नबाट कसैले रोक्न नसक्ने स्पष्ट पारिसकेको छ।

अहिले युवादेखि बृद्धासम्मको नै एमाले भरोसायोग्य पार्टी बनेको छ। म आज अध्यक्ष ओलीज्यूको आर्शिवाद लिएर एमालेमा प्रवेश गर्न पाउँदा निकै भाग्यमानी ठानेको छु। मेरो बाँकी जीवन एमालेमा रहेर इमानदारपूर्वक देश र जनताको सेवामा व्यतित गर्ने पनि घोषणा गर्दछु।

मैले आज आफू यो पार्टीको एक सच्चा कार्यकर्ता हुन पाउँदा गौरवको अनुभुति गरेको छु। पार्टीले दिने जुनसुकै भूमिका मेरो लागि स्वीकार्य छ।