राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको निष्कर्ष

काठमाडौं- राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको निष्कर्ष गठबन्धनको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनको बैठक बसेको छ ।

बैठकले राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको निष्कर्ष छ ।बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो ।

राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरेको थियो भने २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।

संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज मध्यरातसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् । त्यसपछि यस विषयले थप राजनिती गर्माएको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको र संविधानको उल्लंघन भएको गठबन्धनको ठहर छ । ‘