प्रेमगीत-३ बारे हरिवंश आचार्यले पनि खोले मुख, भुुवन केसीलाई कडा दनक !

प्रेमगीत ३’ बारे वरिष्ठ कलाकार हरिवंश आचार्यको धारणा पनि सार्वजनिक भएको छ । हरिवंश अभिनित चलचित्र ‘महापुरुष’को गीत रिलिज कार्यक्रममा उनले सानाले ठूलालाई आदर र ठूलाले सानालाई माया गर्नुपर्ने बताएका हुुन् ।

हरिवंश अभिनित चलचित्र ‘महापुरुष’को गीत रिलिज कार्यक्रममा उनलाई ‘प्रेमगीत ३’ सम्बन्धी वि’वादबारे प्रश्न सोधिएको थियो । जवाफमा उनले नेपालको जस्तो सानो चलचित्र उद्योगमा कसैले कसैसँग वै’मनश्य राख्न नहुनेमा जोड दिए ।

आचार्यले भने, ‘हामी सानो उद्योगमा छौं । अर्बौंमा बनेका विदेशी चलचित्रसँग प्रतिस्पर्धा गरेर टिक्नुपरेको अवस्था छ । हामीले आफू–आफूमा वै’मनश्यता नराखिकन ठूलाले सानालाई माया र सानाले ठूलालाई आदर गर्दै इन्डष्ट्रीलाई अगाडि लैजानुपर्छ ।’

चलचित्र विकास बोर्डले राति ११ बजे हल बन्द गर्ने भनी जारी गरेको सूचनाप्रति भने उनले अ’सहमति जनाएका छन् । संसारभरि रात्रि जीवन फस्टाइरहेकाले नेपालमा पनि रात्रिकालीन व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले देशमा हिं’सा अन्त्य भएर शान्ति कायम भइसकेको छ । त्यसैले रात्रि जीवनको चहलपहल हुनैपर्छ । मेट्रोपोलिटनसिटीहरुको सुन्दरता भनेको रात्रि जीवन पनि हो,’ उनले भने ।

कुनै पनि नियम-कानून असंशोधनीय नहुने भन्दै उनले यो नियम पनि संशोधन गर्नुपर्नेमा जोड दिए । हाल चलचित्र विकास बोर्डका अध्यक्ष भुुवन केसी छन् ।

यता, ‘प्रेमगीत-३’ का निर्माता सन्तोष सेन अभिनेता सरोज खनालमाथि खनिएपछि अभिनेता दीपकराज गिरीले असन्तुष्टि जनाएका छन् । उनले आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाउन पनि सुझाव दिए ।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै दीपकराजले आफ्नो आ’क्रोश पोखेका हुन् । उनले भनेका छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ‘ यो लिष्ट निक्कै लामो हुँदैछ दिनप्रति‘। सबैलाई गा’ली गरेरै फ़िल्म चलाउने हो ?

यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो ?’ गिरी थप्छन्, ‘आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उ’चालेर उद्योगका मान्छेलाई गा’ली गर्न लगाएर सबैलाई सि’ध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफूमात्रै राज गर्ने हो ? घर नै नरहे कहाँ बस्छौ साथी ?’

उनले हिन्दी भाषाको ‘प्रेमगीत ३’ मा नियमानुसार कर तिर्न सुझाएका छन् । बरु नेपाली भाषाको फिल्ममा अतिरिक्त छुट माग्न उनको सुझाव छ । यति लेखेपछि ‘बाइकट अनमोल’ मा आफ्नो नाम पनि थप्न उनको चुनौती छ ।

‘निर्देशनअनुसार गा’लीग’लौच पनि गरौला पक्कै पनि । तर यति ठूलो तिमिहरूको अ’न्याय कसरी सहेर बस्नु ? साथीहरूले कसरी सहेर बसेँ मैले चाहि सकिन मा’फ पाउँ ?’ उनले भनेका छन् ।

उनी थप्छन् ‘हरेकदिन मिडियामा आएर हं’गामा म’च्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी ! तपाईँको फ़िल्म चल्दा हामी कसैको बेफाइदा छैन, तपाईँको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ ! फाइदा नै छ ! सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौँ ! होइन भने एकले अर्कोलाई नसकौँ !