संसदको अवधि नसकिएको भन्दै राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउने तयारी !

राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउनुपर्ने प्रस्ताव आएको छ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले यस्तो प्रस्ताव राखेका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति भण्डारीमाथि सत्ता गठबन्धन अहिले असन्तुुष्ट भएके छ । नेता विश्वकर्माले सत्तापक्ष मात्रै भयो भने महाभियोग पास हुन नसक्ने भएकोले सबै दल मिलेर राष्ट्रपतिलाई महाभियोग लाउनुपर्ने बताएका हुन् । संविधानको संरक्षण गर्नुपर्ने र पालना गराउनुपर्ने निकायबाटै घो’र उ’लंघन भएको उनले बताए ।

जनताको बलि’दानबाट बनेको संविधानको ठाडो उ’लंघन भएको र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने दु’स्साहस भएको बताउँदै उनले अगाडि भने, ‘सत्तापक्ष र प्रतिपक्ष नभनिकन राजनीतिक दलहरू एकठाउँमा आएर समाधान खोज्नुपर्छ ।’

उनले संसदको अधिवेशन सकिएको तर अवधि नसकिएको तर्क गर्दै संसद बैठक बोलाएर महाभियोग दर्ता गर्नुपर्ने बताए । ‘अहिले संसदको बैठक बोलाउन सकिन्छ ।

सत्तापक्ष मात्र भयो भने महाअभियोग पास हुन सक्दैन । सिंगो संसद एक ठाउँमा हुनुपर्छ । संसदको अधिवेशन सकिएको हो, अवधि सकिएको होइन । यस्तै बद’मासी हुन सक्छ भनेरै यसमा विभिन्न तर्क भइरहेका थिए ।’

यता, नेकपा एमालेकी नेतृ डा. शिवमाया तुम्बाहाम्फेले भण्डारीलाई महाभियोग लगाउन चुुनौती दिउकी छिन् । उनले संसद्‌को विषेश अधिवेशन बोलाएर देखाउन सत्ता गठबन्धनका दललाई चुनौती दिएकी हुुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्ता गठबन्धनका नेताहरूले संसद अधिवेशन बोलाएर राष्ट्रपतिलाई महाभियोग लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।

उनले भनिन्, ‘विशेष अधिवेशन डाक्न कसरी मिल्दोरहेछ हामी हेरेर बसेका छौँ । एक पटक विशेष महाधिवेशन बोलाएर देखाउनुस् देउवा सरकरलाई मेरो चुनौती भयो । नचाहिँदो कुतर्क गरेर काम चल्छ ?’

तुम्बाहाम्फेले संसदको आ’यु छ कि छैन भनेर तर्क भइरहेकोबारे भनिन्, ‘समानुपातिकबाट आएका ११० को अवधि सकियो, बन्दसूची पेस भइसकेको छ । १६५ मध्ये पनि प्रत्यक्षबाट निर्वाचित माननीय पनि समानुपातिकको बन्दसूचीमा नाम परेपछि कार्यकाल सकियो ।

आधाको काम सकियो आधा जीवित छन् भन्ने तर्क त हुँदैन । संविधान र कानुनअनुसार यो तर्क ठीक हुँदैन । अवधि पाँच वर्ष हो भन्ने छ । संसद नै नभएपछि कुनै पनि विधेयक सक्रिय नहुने संवैधानीक व्यवस्था हो । संसदको अवधि नरहेपछि विधेयकको अवधि रहँदैन ।’

उनले ११० सांसद नरहेपछि बाँकी रहेकाहरूले मात्र संसद चल्छ भन्ने कुरा कुन विधान, संविधान र ऐनमा छ भनेर पुष्टि गर्न पनि चुनौती दिइन् । ‘सत्तापक्षले विशेष अधिवेशन बोलाउन मिल्ने भन्ने कुरा गर्नुभयो ।

समानुपातिकका ११० सांसद नरहेपछि बाँकी रहेकाले मात्र संसद चल्छ भन्ने कुन विधान, संविधान र ऐनमा छ त्यो पुष्टि गर्नुपर्‍यो’, उनले भनिन्, ‘आधा सांसद बाहिर आधा भित्र भएपछि विशेष अधिवेशन डाक्न कसरी मिल्दोरहेछ हामी हेरेर बसेका छौँ ।’

उनले राष्ट्रपतिलाई महाभियोग लगाउँछु भन्नेहरूलाई आ’रोप पुष्टि गरेर अगाडि बढे हुने जवाफ दिइन् । ‘राष्ट्रपतिलाई महाभियोग लगाउँछौँ भन्नेले आ’रोप पुष्टि गरे हुन्छ, अगाडि बढे हुन्छ ।

१६५ सांसदमा महाभियोग पास फेल हुने पुष्टि हुने प्रक्रियामा कसरी जान्छ यो कुरा प्रमाणित गरेर देखाओस्’, उनले भनिन् ।