युवराज संग्रौलाले बालेनलाई हदैसम्मको धोका दिएको रहस्य बाहिरियो, आखिर बालेनविरुद्ध के गरेका थिए ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले युवराज संग्रौलालाई सामाजिक संजालमा बकबक नगर्न सुझाव दिएका छन् ।

मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् तपाईको पारा पनि देखियो अब देखि यस्ता कुरा फेसबुकमा लेख्न बन्द गर्नुसु भन्दै बालेन शाहले कडा शब्दमा डाक्टर संग्रोलामाथि प्रहार गरेका छन् ।

चर्चित अभिवक्ता, पूर्व महान्याधिवक्ता, अन्तराष्ट्रिय कानुनका ज्ञाता समेत रहेका डा संग्रौलाले देश विकाश र नीतिका विषयमा चर्को नारा लगाएको र ति नाराहरु ब्यबहारमा भन्दा सामाजिक संजालमा मात्रै सिमित भएको भन्दै मेयर बालेनले उनलाई आन्दा यस्ता फूर्ति फार्तिका कुरा नगरी चुप लाग्न भन्दै झटारो हानेका हुन् ।

आइतबार अपराह्न्न डा संग्रोलाले फेसबुकमा संविधानको कुराहरु गर्दै लेखेका छन् नंया संबिधान बनेपछीको पहिलो प्रतिनिधि सभा एउटा भद्दा संस्थाको रुपमा प्रकट रह्यो। सारमा यो कार्यपालिकाको कुरुप छायाका रुपमा रह्यो। यस्ले उदा्रबादी लोकतन्त्रलाई गफतन्त्रूमा परीणत गर्यो।

छलफल नै नगरी एम।एम।सी अनुमोद्न गर्यो र जनतालाइ धोका दियो। नागरिकता विधेक पारीत गरेर रास्ट्रीय स्वार्थ माथी घात गर्यो। समग्रमा थुप्रै कलंक कायम गर्दै, आफ्नो अस्तित्वमा प्रश्न खडा गर्दै अब राजनीतिलाई अपराधीकरणको बाटो खोल्यो। नेपालको बर्तमान राजनीति बिचारहीन जत्थाको अनैतिक मन्च हो भन्ने प्रामाणीत गर्यो।

डा संग्रोलाको सोही स्टाटसमा मेयर शाहले आपत्ति प्रकट गरेका हुन् । बालेनले खासमा संग्रोलाको अभिब्यक्तिमा आपत्ति किन जनाए त ? यसका लागि लामो पृष्ठभूमिमा जान आवश्यक छ । गत स्थानीय निर्वाचन हुनु भन्दा पहिले बालेन चुनावी अभियानमा धेरै मान्छेहरु भेट्थे । युवराज संग्रौलालाई पनि भेट्न गए । उनीसँग लगभग ३ घण्टा कुरा भयो ।

संग्रौलालाई बालेनले चुनाव जित्छन् भन्नेमा रत्तिभर पनि विश्वास थिएन । पहिले चुनाव जितेर मात्रै आफु कहाँ आउन संग्रौलाको अन्तिम सुझाव रह्यो । बालेनले त्यसपछि सोधे, ूम निर्वाचित भएपछि महानगरमा आएर कानुनी कुरामा सघाउनु हुन्छ त रु भलो गर्ने उपयोगी तपाईका योजना महानगरमार्फत गर्न म तयार हुन्छु ।पहिले जितेर त आउनुस् । युवराज संग्रौलाले जवाफ दिए ।

बालेन निर्वाचित भए । कानुनी सल्लाहकार चाहिने भयो । केहिदिनको अन्तरालमा बालेनले लगभग ३०० पटक फोन गरे । उठेन । पछि एकजनाले छोरीको बिहे भएर व्यस्त रहनु भएको भनेर फोन गरे । बिहे सकिए पछि फेरि बालेनले कल गरे तर अँह कहिलै फोन उठेन । युवराज संग्रौलाको भतिजसँग एमआरआरको कमेन्टमार्फत चिनाजाना भयो ।

उहाँबाट सम्पर्क प्रयास गरियो तर संग्रौलाले भेट्न मान्नु भएन । संग्रौलाको ड्राइभर, दाई लगायत धेरैतिरबाट सम्पर्क गर्न गरिएका प्रयास सफल भएनन् । बिचबिचमा उहाँका देश बनाउने योजनाहरु भने मिडियामार्फत आइराख्थे ।

तर त्यहि कुरा मिलेर गरौँ भन्दा उहाँ तयार हुनु भएन, भाग्नु भयो । एकपछि अर्को गर्दै निरन्तर नयाँन् नयाँ कामहरु नियमसंगत गरेर वाहवाही बटुलीरहेका बालेनलाई संग्रोलाले दिएको धोका सहन नभएपछि बालेनले पहिलो पटक यसरी मुख फोरेर उनकै वालमा कमेन्ट गर्न बाध्य भएका हुन् ।