के सन्दीप लामिछानेलाई सिंगापुरमा नै पक्राउ गरेर हतगडी लगाएर नेपाल ल्याउँछ प्रहरीले ?

काठमाडौं- निलम्बित क्रिकेटर सन्दीप लामिछानेले नेपाल आउन बिलम्ब गरिरहेका बेला उनलाई सिंगापुरमा नै समात्ने तयारी नेपाल प्रहरीको छ । १७ वर्षीया नाबालिगमाथि ब,ला,त्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको सात दिन भइसकेको अवस्थामा सन्दीप समयमा नै नेपाल आएर कानुनलाई सम्मान गर्ने बताइरहेको भएता पनि उनी अहिले न क्यानको सम्पर्कमा छन् न प्रहरीलाई कुनै खबर नगरेपछि प्रहरी अब एक्सनमा उत्रिन लागेको हो ।

गत बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिए लगत्तै क्यानले उनलाई निलम्बनमा राखेपछि केही तनावमा देखिएका सन्दीपलाई प्रहरीले जहाँ भेट्यो त्यही पक्राउ गर्न अनुमति पाए पनि सन्दीप नेपाल नआएका कारण प्रहरी पर्ख र हेरको अवस्थामा छन् ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका उनी घटना भएको भोलिपल्टै केन्या पुगेका थिए। भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पुर्‍याएर पटक पटक बलात्कार गरेको आरोप उनीमाथि छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले सन्दीप प्रकरणमा थप अनुसन्धान भइरहेको बताए । प्रहरीले उनलाई अब पर्खिने समय सकिएको र प्रक्रियागत तरिकाले प्रहरी अगाडी बढीसकेको उल्लेख गरे ।

यद्यपी इन्टरपोलमार्फत् उनलाई पक्राउ गर्ने तयारी भएको हो त भन्ने प्रश्नमा एसएसपी बोहराले केही बोलेनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार लामिछाने केही दिनअघि नै नेपाल आउन लागेका तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट समेत उनले क्यान्सिल गरेका छन् । नेपाल क्रिकेट संघ ९क्यान०को पनि सम्पर्कमा नरहेका सन्दीपले पीडित बालिका र उनको परिवारलाई सम्र्क गर्न सक्लान् ?