कहाँ छन् स्याङ्जाका सन्दीप लामिछाने ? कल डिटेलसहित प्रहरीले भेट्यो ३ बलिया प्रमाण !

नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछाने प्रहरीको खोजीमा छन् । नाबा’लिग ब’लात्का र आ’रोपमा जा’हेरी दर्ता भएसँगै उनी फ’रार सूचीमा परेका छन् ।

प्रहरीले सबै जिल्लामा लामिछानेलाई प’क्राउ गर्न आदेश पठाएको छ। काठमाडौँ जिल्ला अदालतबाट लामिछानेको नाममा प’क्राउ आदेश जारी भएपछि प्रहरीले सबै जिल्ला प्रहरी कार्यालयसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सन्दीपको सबै विवरण सहित उनी फे’ला परेमा निय न्त्रणमा लिएर प्रहरी वृत्त गौशालामा पठाउन भनिएको छ।

प’क्राउ आदेशमा ‘स्याङ्जा आरुचौर गाउँपालिका स्थायी वतन भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका बस्ने अन्दाजी ५ फुट सात इन्च उचाइ, गहुँगोरो पातलो वर्णको सन्दीप लामिछानेविरु’द्ध जव’र्ज’स्ती कर’णीको जा’हेरी दर्ता भएर अदालतबाट प’क्राउ आदेश जारी भएकाले जहाँ भेट्यो निय’न्त्रणमा लिएर पठाउनु भनिएको छ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा रहेका उनले ट्विट गर्दै आफू नेपाल फर्किएर आरो’पको सामना गर्ने दाबी गरेका थिए।

सिपिएलले पनि नेपालमा लामिछानेविरु’द्ध अदालतबाट प’क्राउ आदेश जारी भएकाले उनीसँगको आबद्धता रद्ध गरेको बताएको थियो। यता नेपाल क्रिकेट एसोसिएसनले उनलाई क्याप्टेन पदबाट निल’म्बन गरिसकेको छ।

लामिछानेले चाँडै नेपाल फर्किने दाबी गरे पनि उनी कहिले फर्कने भन्ने खुलाएका छैनन्। उनले ट्विटमार्फत आफू नि’र्दोष रहेको दाबी गर्दै चाँडै नेपाल फर्कने उल्लेख गरेका थिए।

यता प्रहरीले अ’दालतबाट ब’ला त्कार आ’रोप मा प’क्राउ गर्ने अनुमति पाए लगत्तै उनी हवाई या स्थल जुन मार्गबाट आए पनि नि’यन्त्रणमा लिन सबै प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयमार्फत परिपत्र गरेको छ।

ब’ला त्कार भएको भनिएको होटेल सिनामंगलमा रहेकाले जा’हेरी प्रहरी वृत्त गौशालामा दर्ता भएको भएको छ। तर काठमाडौँ जिल्ला परिसरले पनि अनु’सन्धानको अनुगमन गरिरहेको छ।

के के छन् बलिया प्रमाण ?

भदौ ५ गते बेलुका होटेलमा लगेर ब’लात्का र भएको भनिएको घटनामा सबैभन्दा बलियो प्रमाण होटेलको क्लोज सर्किट टेलिभिजनको क्लिप हो।

सिनामंगलको होटेलमा लामिछाने र पी’डित युवती बेलुका ११: ५५ मा होटेलमा छिरेको र भोलिपल्ट बिहान ६ बजे होटेलबाट बाहिरिएको प्रमाण सङ्कलन भइसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए।

उनीहरू होटेलको कोठा नम्बर ३०५ मा बसेको होटेलको लग बुकको रेकर्ड भने फेला परेन। तर सो समयमा होटेलमा कार्यरत कर्मचारी र सन्दीपको नाममा बनेको बिलले उनी सो दिन सो होटेलको कोठा नम्बर ३०५ मा बसेको प्रमाण समेत प्रहरीले सङ्कलन गरेको छ।

यो बिचमा पी’डित किशोरी र लामिछानेबिचको कल डिटेल रेकर्ड प्रहरीले सङ्कलन गरिसकेको छ। त्यसमा जा’हेरीमा गरिएको दाबी अनुसारकै विवरण देखिएको एक प्रहरी अधिकारीले बताए।

भक्तपुरको रिसोर्टमा दुवै जना पुगेको प्रमाण पनि प्रहरीले सङ्कलन गरिसकेको छ। बलियो प्रमाण सन्दीपले रिसोर्टको बिल तिर्न इ पे प्रयोग गर्नु र त्यहाँका कर्मचारीको बयानसँगै सिसिटिभी फुटेज समेत सङ्कलन भइसकेको छ।

युवतीको स्वा’स्थ्य परीक्षण भइसकेको छ। घ’टनास्थलको मुचु’ल्का गरिए पनि जा’हेरीमा गरिएको दाबी अनुसार खाट अनि सोफा छ छैन भन्ने बाहेक थप प्रमाण भने सङ्कलन हुन सकेको छैन।