राष्ट्रपति भण्डारीको राजीनामा माग्ने प्रचण्डलाई ओलीको यस्तो कडा काउन्टर, प्रचण्ड डराए !

सत्तारुढ दल माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्टपतिले राजीनामा दिनुपर्छ भन्दै अभिव्यक्ति दिएको भोलिपल्ट नै एमाले अध्यक्ष केपी शर्मा ओलीले काउन्टर दिएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले प्रचण्डलाई नै उल्टै प्रश्न गरेका हुन् ।
ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उ’दण्डता देखाएको बताए।

सत्तापक्षले अहं’कारको भाषा बोलेको बताए । उनले भनेका छन्, ‘संसदभन्दा बाहिरै निर्णय गरेर छक्का हानेर रिङ आउट गरिदिन्छौं, सुन्दा पनि सुन्दैनौं, राष्ट्रपतिले विचारार्थ पठाएका प्रस्तावलाई हेर्दा पनि हेदैनौं भनेर पास गरेर उद’ण्डता देखाउने ?’

सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको ओलीले बताए । यो विधेयक फिर्ता लिएर जन्मसिद्ध नागरिकताका सन्तानले नागरिकता पाउने छन् भनेर संशोधन ल्याउन उनले आग्रह गरे ।

तर अब विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ भनेर सत्तारुढ माओवादीका अध्यक्षले भनेका छन् नि भन्ने प्रश्नमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रचण्डको आदेशमा राष्टपतिले राजीनामा दिनुपर्ने हो ?वाहियात कुरा गर्छन् ।’

ओलीले नागरिकता विधेयक फिर्ता गरेर एक लाइन थपेमा तीन दिनमै पारित हुने बताए । ‘नागरिकता विधेयक संशोधन गरेर जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता पाउनेछन् भन्ने विधेयकमा स्पष्ट रुपमा लेखे तीन दिनमै पारित हुन्छ,’ ओलीले भने ।

सरकारले नागरिकता विधेयक राकेर राख्ने रणनीति बनाएको आ’रोप लगाए । ओलीले चार जना नेता मिलेर देशमा लुट’त न्त्र म च्चा’एको आ’रोप लगाए ।

उनले नाम नलिई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवतर्फ संकेत गरे ।