राजेन्द्र लिङ्देलकाे चुरीफुरी समाप्त पार्छु भन्दै दुर्गा प्रसाई एउटै क्षेत्र बाट

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई अन्ततः स्वतन्त्र उम्मेद्बार बन्ने भएका छन् ।

एक बर्षदेखि झापा ३ नम्बर क्षेत्रलाई आफ्नो कार्यथलो बनाएर सामाजिक काम तथा पार्टी संगठन गर्दैआएका काम गर्दै आएका प्रसाईंलाई पार्टीले उम्मेद्वारी नदिए स्वतन्त्र उम्मेद्बार बनाउन २ हजार भन्दा बढी एमाले युवाहरूले एमाले परित्याग गर्नेगरी छलफल सुरु गरेको स्रोतले बतायो ।

झापा ३ मा एमाले र राप्रपाको तालमेल हुने चर्चा छ । तालमेल भएमा एमालेले सो क्षेत्र छोड्नुपर्ने हुन्छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई उक्त क्षेत्र नछाड्ने र छोड्नुपरे स्वतन्त्र रूपमा उम्मेद्वारी दिनेगरी प्रसाईंले एमालेका युवाहरूसँग छलफल सुरु गरेका छन् । यदि राप्रपा अध्यक्ष लिङ्देनलाई उक्त क्षेत्र छाडेमा प्रसाई स्वतन्त्र उम्मेदवारी दिने अन्तिम तयारीमा रहेका छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेकै सहयोगमा प्रतिनिधिसभा सदस्य जितेका लिङ्देनले ५ बर्षसम्म एमालेकै कार्यकर्तालाई दुःख दिएको र हल्दीवारी र कचनकवलमा एमालेविरुद्ध काम गरेका कारण समेत उनलाई कुनै पनि हालतमा सहयोग नगर्ने भन्दै सार्वजनिक रुपमै बिरोध शुरु भएको छ । जुन बिरोधलाई प्रसाईले पनि मलजल गर्ने काम गरिरहेका छन् ।

५ दलबीच गठबन्धन भएमा एमाले अध्यक्ष केपी ओलीलाई झापाको ५ नम्बर क्षेत्रमा जित्नका लागि कठिन हुने देखिएपछि राप्रपालाई क्षेत्र नं ३ दिने निश्चित छ । प्रसाईले समेत एमालेको आफू पार्टीको हली नभएको भन्दै लिङ्देनलाई कुनै पनि हालतमा सहयोग नगर्ने सार्वजनिक रुपमै कार्यक्रममा बोल्दै आएका छन् ।

प्रसाई स्वतन्त्र उम्मेद्बार बने पार्टीबाहेकको स्वतन्त्र मत मध्ये करीब ८० प्रतिशत प्रसाईंको पोल्टामा जानसक्ने आँकलन एमालेका केही युवाहरुले गरेका छन् । त्यही आँकलनका आधारमा प्रसाई हौसिएर स्वतन्त्र उम्मेदवारी दिन तम्सिएका छन् ।

जबकि ओलीले झापा आन्दोलनका योद्धा नरेश खरेलदेखि पार्टीका प्रभावशाली नेता एलपी साँवालाई उपेक्षा गरी प्रसाईलाई एकैचोटी क्रेनले तानेर केन्द्रीय सदस्य बनाएका थिए । जसको बिरोध हुँदैआएको छ । प्रसाईले स्वतन्त्र उम्मेद्बारी दिएमा कांग्रेस र उनको कडा प्रतिस्पर्धा हुनसक्ने रिपोर्ट एमालेका केही कार्यकर्ताले दिएका छन् ।

उनीहरुले प्रसाईलाई पार्टीले उम्मेद्बार बनाए पुरानो बिरासत एमालेले फर्काउनसक्ने भनेपछि उनी उत्साहित भएर स्वतन्त्र उम्मेदवारी दिने तरखरमा लागेका छन् ।माओवादी पार्टीबाट बिद्रोह गरी एमाले प्रवेश गरी केन्द्रीय सदस्य समेत रहेका प्रसाईंलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउनुपर्ने, लिङ्देनलाई क्षेत्र छाडे बिद्रोह हुनसक्ने भन्दै प्रसाईले एमालेका केही कार्यकर्तालाई उकासिरहेका छन् ।