हिरो बन्न विकासलाई सताएको भन्दै इन्सपेक्टरकी आमाले रवि लामिछानेलाई दिइन् यस्तो श्राप !

पूर्व सञ्चारकर्मी तथा हालका स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला देश दौडाहा छोडेर राजधानीमै आगामी रणनीति बनाइहेका छन् । आसन्न चुनावमा प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीमा रहेका लामिछाने लोकप्रियताका लागि भेटघाटमा पनि व्यस्त छन् ।

गते सोमबार बिहान साढे १० बजेतिर दरबारमार्ग प्रहरी बृत्तमा पुुगेर लामिछानेले सेक्युरिटी शेरजंग गुरुङलाई भेटे । पर्यटन मन्त्री जीवनराम श्रेष्ठ छायाँ सेन्टरस्थित क्यानेडियन भीसा सेन्टरमा पुग्दा दुव्र्य’वहार गरेको आ’रोपमा प’क्राउ परेका गरुड सेक्युरिटीवाला गुरुङलाई भेट्न जाँदा रवि लामिछानेले इन्स्पेक्टरलाई भने अप्ठ्यारो पारिदिए ।

सञ्चार प्रस्तोताको पेशा छोडेर स्वतन्त्र पार्टी खोलेका उनी अन्य राजनीतिक दलहरुप्रति घृ’णा जगाउने र आफ्नो पक्षमा प्रचार बटुल्ने अभियानमा छन् । त्यही नियतका साथ अस्ति सोमबार शेरजंगलाई भेट्न पुग्दा खिचिएको फोटोका कारण त्यहाँका इन्स्पेक्टर विकास तामाङ कार’वाहीमा परेका छन् ।

सामान्यतया प्रहरी कार्यालयमा कुनै घटनामाथि अनु’सन्धान भइरहेको व्यक्ति र उनलाई थु’न्ने सुरक्षाकर्मीको तस्बिर सार्वजनिक गर्न पाइँदैन । अनुसन्धान प्रक्रियालाई प्र’भावित पार्ने गतिविधि पनि गर्न पाइँदैन । तर, रविले यी दुबै कुरा उ’ल्लंघन गरिदिँदा ती इस्पेक्टर अप्ठे’रोमा परेका हुन् ।

रवि दरबारमार्ग प्रहरी बृ’त्तमा पुग्दा अघिल्लो दिन विदेश तालिमबाट फर्केकी त्यहाँकी डिएसपी कोपिला चुडाल उपत्यका प्रहरी रानीपोखरीको ब्रिफिङमा थिइन् ।

उनी कार्यालयमा नभएको बेला रवि पुग्दा प’क्राउ परेका शेरजंगसँग बयान लिने क्रम चलिरहेको थियो । सामान्यतया अनु’सन्धानरत व्यक्तिलाई प्रहरीले निश्चित समय तोकेर आफन्त र कानुनी सहयोगीसँग मात्रै भेट्न दिने गर्दछ ।

नाम र अनुहार चलेको एउटा मान्छे देखेपछि इन्स्पेक्टर विकासले आनाकानी गर्न सकेनन् र हाइफाइरहित जनजातिको छोराले विश्वासमा परेर भेट्न दिए ।

भेटेको मात्रै भए कुरै सकिन्थ्यो, सेल्फीसम्म खिच्न र त्यसलाई सामाजिक सञ्जालमा पुर्याउन भ्याएपछि भेट्न अनुमति दिने पालुङ चौकीबाट आएका २०७२ का इन्स्पेक्टरलाई गै’रव्यवसायिक आच’रणको आरो’पमा उपत्यका कार्यालयले का’रवाही गरेको छ ।

जबकि, छायाँ सेन्टरमा भएको घटना भएभन्दा अति’रञ्जित तवरले प्रचारमा ल्याइँदा देशका एकजना मन्त्री वि’वादमा मु’छिएको भन्दै प्रहरीले छिटोभन्दा छिटो यो घटनालाई कि’नारा लगाउने काम गरिरहेको थियो ।

उनलाई लामो समय हि’रासतमा नरा’ख्न र सामान्य अनुसन्धान गरेर रिहा गर्न गृह र पर्यटन मन्त्रालयले प्रहरीलाई पत्र लेखिसकेका थिए । यसैबीच, इन्स्पेक्टरको सदा’शयतालाई रविले दु’रुपयोग गरेपछि उनले आफ्नो प्रचार त गर्न भ्याए, तर इन्स्पेक्टर आफैँ अप्ठेरोमा परेका छन् ।

रविले ‘मि’डिया ट्रायल’ गर्ने मनशाय राखेको प्रहरीका हाकिमहरु बताउँछन् । राज्यका स्थायी सं’यन्त्रलाई पं’गु बनाउने र आफू हावी हुने नियतका साथ अहिले पनि सक्रिय भएका उनले सञ्चारकर्मको जिम्मेवारी भने छाडिसके ।

ती नि’रीह इन्स्पेक्टरकी बृद्ध आमा रविलाई भन्छिन्, ‘तिमी हिरो बन्ने नाममा मेरो छोरोलाई आज जसरी सतायौ नि, मेरो आँ’शुको श्राप लाग्नेछ तिमीलाई ।’