दिउँसो कारमा भक्तपुर घुमाएर त्यो दिन सन्दीपले जानाजान रात पारेकै हुन् ?

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले नाबालिग कि’शोरीलाई ब ला’त्कार गरेको आ’रोपमा मु’छिएका छन् । उनी काठमाडौं सिनामंगलमा रहेको एक होटलमा ७ घन्टा बसेको पुष्टि भएको छ ।

प्रहरीले उनीविरु’द्ध उ’जुरी परेपछि प्रमाणहरु जुटाउने क्रममा होटलको सिसिटिभी फुटेज हेरेर यो प्रमाण जुटाएको हो । मंगलबार प्रहरी वृत्त गौशालामा लामिछानेविरु’द्ध उ’जुरी परेको थियो ।

प्रहरी वृत्त गौशालाका डिएसपी सन्जीव खड्काले दिएको जानकारीअनुसार किटानी उ’जुरी परेपछि प्रहरीले प्रमाणहरु जुटाउन सुरु गरेको हो । कि’टानी जाहे’रीमा युवतीले उल्लेख गरेजस्तै ५ भदौमा लामिछाने र ती युव’ती होटलको कोठामा पसेको देखिन्छ ।

उनीहरु राति ११ः५५ मा होटलमा प्रवेश गरेको देखिन्छ । उ’जुरीमा यु’वतीले आफूहरु पहिले भक्तपुरको नगरकोट पुगेर फर्किएको र होस्टल बन्द भइसकेकाले सन्दीपले लजमा बस्ने प्रस्ताव गरेको आफूले स्वीकार गरेको उल्लेख गरेकी छिन् ।

प्रहरीका अनुसार उनीहरु कोठा नम्बर ३०५ मा बसेका थिए । सिसिटिभीमा देखिएअनुसार सन्दीप लामिछाने सेतो क्याप, सेतो जुत्ता र निलो रंगको टिसर्टमा होटलमा पुगेका थिए ।

ती किशो’रीले सेता विनसिटर र पहेँलो टिसर्ट लगाएको सिसिटिभीमा देखिएको प्रहरीले जनाएको छ । उनीहरुले त्यहाँ सात घन्टा बसेर ६ भदौको बिहान पौने सात बजे होटलबाट निस्किएको सिसिटिभी फुटेजमा देखिएको छ ।

त्यही रात आफूहरुले म’दिरा से’वन गरेको र मध्यरातिपछि सन्दीप लामिछानेले आफूमाथि बारम्बार ब’ला’त्का र गरेको आ’रोप युव’तीले लगाएकी छिन् । उ’जुरी परेसँगै मंगलबार नै प्रहरीले ती किशोरीको मे’डिकल परीक्षणसमेत गरेको छ ।

आफ्ना केही साथीलाई साथमा लिएर प्रहरीसमक्ष पुगेकी किशोरीले दिउँसो भक्तपुरतिर आफ्नो कारमा लगि घुमाएर रात पारेर होटलामा लगेर ब’लात्का र गरेको पी’डितको भनाइ छ ।

प्रहरी वृत गौशालाका अनुसार सन्दीप क्यारेवियन लिग खेल्न जानु अघिल्लो दिन ती किशोरी बस्ने मध्यवानेश्वर नजिकै होस्टलमा आफ्नो गाडी लिएर सन्दीप पुगेका थिए । र, दिउँसो भक्तपुर घुमाउन लगे ।

उक्त समय किशो’रीले आफ्नो होस्टेल रातिको ८ बजे बन्द हुने पनि भनेका थिए । तर सन्दीपले कि’शोरीलाई केही छिन् भन्दै रात पारेका थिए ।

त्यसपछि करिब ११ बजेतिर ती कि’शोरीलाई पिंगलास्थानको एक होटलमा लगेको खुलेको छ ।