फाइन्ड, फ*क एण्ड फर्गेट (थ्री एफ) को चङ्गुलमा पर्दै किशोरीहरू

पछिल्लो समय ‘थ्री एफ’ को संस्कृति राजधानी लगायत अन्य सहरहरूमा मौलाउँदै गएको पाइएको छ ।

थ्री एफ को अर्थ फाइन्ड, फ* एण्ड फर्गेट अर्थात् सामाजिक सञ्जालमा मार्फत किशोरीहरूसँग चिनजान गर्ने, ललाई फकाई गरेर होटेल वा रिसोर्टसम्म पुर्‍याउने, विभिन्न प्रलोभनमा पारेर शारीरिक सम्बन्ध राख्न राजी बनाउने र त्यसपछि फोन, सामाजिक सञ्जालका विभिन्न म्यासेजिङ् प्लेटफर्ममा ब्लक गर्ने हो ।

काठमाडौँ उपत्यकामा केही सेलिब्रेटी, नाम चलेका र धनाढ्य व्यक्तिहरूले यी शब्द प्रयोग गर्ने र कक्षा ११, १२ पढ्दै गरेका, परिवार र अभिभावकहरूबाट टाढा रहेर होस्टेल बस्ने युवतीहरूलाई टार्गेट गर्ने गरेको स्रोत बताउँछ ।

यसको एउटा गिरोह नै छ, जसले सामाजिक सञ्जालमा मार्फत किशोरीहरूको पहिचान गरेर कुराकानी गर्ने गर्छ । उनीहरूले किशोरीहरूलाई अनेक प्रलोभन देखाएर शारीरिक सम्पर्क राख्ने र त्यसपछि सामाजिक सञ्जालबाट ब्लक गर्ने गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले पनि पीडित भनिएकी बालिकालाई सबै सामाजिक सञ्जालबाट ब्लक गरेको भन्दै जाहेरीमा उल्लेख गरेपछि उनी पनि ‘थ्री एफ’ कै चङ्गुल (कसैलाई फसाउन पारिएको फन्दा, पासो, जालसाज) मा परेका त हैनन् भन्ने प्रश्न उब्जिएको छ ।

भलै, लामिछानेले नेपाल क्रिकेट एशोसियनका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँग बुधवार राती टेलिफोनमा कुरा गर्दै आफूमाथि लागेका सबै आरोप झुटा भएको बताएका छन् ।