एमाले सरकार बनेपछि सबैलाई तह लगाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको प्रदेशस्तरीय कार्यक्रममा नेता बस्नेतले जनार्दन शर्मालाई सफाए दिएर फेरि अर्थमन्त्री बनाउने अभियानमा संलग्नहरूलाई आफ्नो पार्टीको सरकार बनेपछि तह लगाउने चेतावनीसमेत दिए ।

बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन सकेसम्म सर्वसम्मत उमेदवार चयन गर्ने र टोलटोलमा पार्टीको संगठन परिचालन गर्ने कामलाई तीव्रता दिने योजना बनाइएको बताए ।

“मंसिर ४ गते पछाडि नेकपा (एमाले) फेरि सरकारमा आउँदै छ । त्यतिखेर अपराधीहरूलाई एमालेले तह लगाउनेछ । एमालेले आगामी निर्वाचन जित्नका लागि टोलटोलमा संगठन निर्माणको काम गर्ने र सकेसम्म सर्वसम्मत उम्मेदवार बनाउने कामलाई तीव्रता दिएको छ,” उनले भने ।

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट प्रतिनिधिसभाका लागि सिफारिस
अत्तरिया, २४ भदौ (रासस) :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार सिफारिस हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो ।

पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो ।

त्यस्तै प्रदेशसभा क र ख दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ तीन÷तीन जना सिफारिस भएका छन् । प्रदेशसभा क का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस हुनुभएको छ भने ख का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस हुनुभएको छ ।

समानुपातिकमा प्रदेशसभा क तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ । प्रदेशसभा ख तर्फ सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस हुनुभएको छ ।