आराेप बारे बोले सन्दीपका बुवा-आमा, खोले यस्तो रहस्य !

राष्ट्रिय क्रिकेट टिमका कप्तान आफू निर्दोष भएको र नेपाल चाडै फर्कने बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछाने अहिले चर्चा र विवादमा तानिएका छन् । उनलाई एक नाबालिगले जब’र्जस्ती क’रणी गरेको भन्दै जाहेरी दिएपछि राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा उनीबारे विभिन्न खाले समाचार आइरहेका छन् ।

१७ वर्षीया किशोरीले मंगलबार गौशाला प्रहरीमा जाहेरी दिएपछि सन्दीपको परिवार पनि यतिबेला तनावमा छन्। उनका बुवाआमा छाँगाबाट खसेजस्तो महसुस गरेको बताएका छन् । बुवाआमा नियमित समयमा सुतिसकेका थिए । बिहानको समाचारमा छोराको यस्तो खबर आएपछि उनीहरू तनावमा परेका थिए । बिहानमात्रै उनीहरुले छोराको खबर थाहा पाएको बताएका छन् ।

एक अनलाइनसँग कुरा गर्दै सन्दीपका बुवा चन्द्रनारायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाउँदा छाँगाबाट खसेजस्तै भएको बताएका छन् ।

सन्दीपका बुवाले उनको चालचलन निकै राम्रो भएकाले यो खबर पत्याउन गाह्रो भएको बताएका छन् । हाल चितवनमा बस्दै आएका उनका बुवा सन्दीपले छोराको हिसाबले सबै जिम्मेवारी पुरा गरिरहेको बताएका छन् ।

संदीपका बुवाका अनुसार बाहिर आएको घटनामा उनीहरूले पत्याउन सकेका छैनन् । बुवाआमाले यो षड्यन्त्र मात्रै भएको समेत आशंका गरेका छन् । छोरालाई फसाउन षड्यन्त्र गरिएको हो कि भन्ने उनको आशंका छ । बन्द प्रशिक्षणमा भएको वेला यो घटना भएको भनिएकाले पत्याउन नसकेको उनले बताएका छन्।

नाबालिग किशोरीलाई बला’त्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र पीडित किशोरी काठमाडौंको होटलमा करिब सात घन्टा बसेको खुलेको छ।

भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो।

प्रमाणस्वरूप प्रहरीले काठमाडौं-९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ। बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ।

सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए । ‘म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ’ सन्दीपले लेखेका छन् ।

गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी क र णी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछी अदालतले बिहिवार मात्रै उनलाई प क्रा उ पूर्जी आदेश दिएको छ । यता, बिहिवार नै नेपाल क्रिकेट संघ क्यालले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।