मैले लगाउँदा गाली, विदेशीले लगाउँदा ताली किन’ ?

मोडल उषा उप्रेतीले यदि आफूलाई मेन्टेन नगर्ने हो भने अब उनलाई म्युजिक भिडियोमा पनि काम गर्न गाह्रो पर्न सक्छ । किनकी, फिल्ममा काम गर्ने उनको सोच र योजना छ । तर, उनलाई फिल्मको अफर गएको छैन । उनीसँगै म्युजिक भिडियोमा आएकी गरिमा शर्मा फिल्मकी नायिका भैसकेकी छिन् । यसको दबाब उषालाई पक्का छ ।

तर, उषा भने आफूलाई मेन्टेन गर्न कत्तीपनि ध्यान दिइरहेकी छैनन् । उनी उषा केही दिन अगाडि भारतको गोवा पुगिन् । गोवा पुगेर उनले विकिनीमा आफ्नो हट अवतार प्रस्तुत गरिन् ।

विकिनीमा प्रस्तुत भएपछि उनका विभिन्न ट्रोल समेत बनेका छन् । यो बिषयमा मिडियासँग कुरा गर्दै उनले भनिन्–‘समुन्द्र हेर्न मन लागेको थियो । समुन्द्रको पानी कसरी निलो हुन्छ भन्ने वुझ्न मन लागेको थियो । समुन्द्रमा पुगेपछि विकिनी लगाउनु सामान्य हो । तर, बलिउड वा हलिउडका नायिकाले लगाउँदा कती राम्रो भनेर प्रशंसा गर्ने अनी नेपाली मोडल वा नायिकाले लगाउँदा गाली गर्ने, यो कस्तो तरिका हो ?’

उनले, आफूले गल्ती नगरेकाले यस्ता कुराले खासै असर नपर्ने समेत दाबी गरिन् । भनिन्–‘मलाई यस्ता कुराले केही पनि फरक पर्दैन । जबसम्म म सही हुन्छु तबसम्म मिडियामा आउने खबरले मलाई कुनै असर नै गर्दैन ।’

काठमाडौं । सामाजिक संजालमा कडा टिप्पणी गर्ने पुन्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस गरेकामा पार्टी नेतृत्वलाईमेत धन्यवाद दिएका छन् ।

उनी यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा थिए । केही महिना अघि मात्रै उनी एमालेमा फर्किएका थिए ।

यो पनि / चार दिनदेखि हराइरहेकी कैलालीकी आस्था मृत अबस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान उनको श’ब फेला परेको बताइएको छ ।

गत सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी आस्था त्यसपछि सम्पर्कविहीन थिइन्। उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको प्रहरीले बताएको छ।

कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको प्रहरीले जनाएको छ ।श’वको पोस्टमार्टम गर्ने तयारी गरिएको छ। प्रहरीले घ’टनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।