अञ्चल शाही प्रतिनिधी सभा निर्वाचनका लागी राप्रपाबाट सिफारिस

आगामी मंसिरमा हुने प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने पक्का पक्की भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस भएको हो । अञ्चल शाही गीतकार, हट गजलकार र समाजसेबी ब्यक्ती पनि हुन् । उनी हालः राष्ट्रिय लोेक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितीका अध्यक्ष समेत हुन् ।

अञ्चल शाहीले आफुलाई अमुल्य मत दिई बिजयी गराउन बागलुङबासीहरुलाई अनुरोध गरेका छन् । बिजय भए पश्चात बागलुङ जिल्लालाई थप विकाश गरी कायापलट नै गर्ने उनको योजना रहेको बताए । अञ्चल शाहीलाई जितको लागी अग्रिम शुभकामना ।