ब्रेकिङ न्यूज : सन्दिप र नाबालिकाको होटल भित्रको कहानी बाहिरियो !

नाबालिग बालिकामाथि ज-बरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ ।

बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती ब लात्कार गरेको भनिएको छ । प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको प्रहरी स्रोतले बतायो ।

उक्त दिन लामिछाने र पीडित बालिका होटलभित्र छिरेको फुतेजमा देखिएको प्रहरीले बताएको छ । पीडित बालिकालाई त्यहाँ लगेर लामिछानेले पटक पटक ब ला त्कार गरेको आरोप लगाएकी छन्।

पीडितसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले ब ला त्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि ब ला त्कार भएको पाईएपछि त्यहाँको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको प्रहरी स्रोतले बताएको छ।

आरोप लगाउने किशोरी को हुन

सन्दीपविरुद्ध आरोप लगाउने किशोरी १७ वर्षकी छिन् । रिपोर्टनेपाल अनलाइनमका अनुसार नुवाकोट स्थायी घर भएको बताइएकी किशोरी बागबजारस्थित कलेजमा अध्ययनरत छिन् । उनी सन्दीप लामिछानेसँग नजिक रहेकी एक किशोरीको साथी पनि हुन् ।

किशोरीका अभिभावकले प्रहरीमा ब ला त्कारको उजूरी दिएका छन् । ५ भाद्रमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा सन्दीपले घुमाउन लगेको र ६ भाद्रको साँझ गौशालास्थित होटलमा लगेर बलात्कार गरेको उजूरीमा उल्लेख छ । होटलको कोठा नम्बर ३०५ मा लगी जर्बजस्ती करणी गरेको उजूरीमा उल्लेख छ ।

सन्दीपले ६ भाद्रमा बलात्कार गरेको र सोही दिन केन्याविरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्न केन्याको नैरोबीतर्फ प्रस्थान गरेका थिए । यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न लामिछाने वेस्ट इन्डिजमा छन् । उनी नेपाल आएलगत्तै पक्राउ गरी घटनाको अनुसन्धान गर्ने तयारी भएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक बालिकालाई लिएर भदौ ५ गते बेलुका नगरकोटको एक रिसोर्टमा पुगेको पुष्टि भएको छ ।

लामिछाने सो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र कमलबिनायकबाट ९ किलोमिटरको दुरीमा अवस्थित बोजिनी नगरकोट रिसोर्टमा पुगेको उक्त रिसोर्टको व्यवस्थापन हेर्ने उच्च तहका कर्मचारीले केटिएम दैनिकलाई बताए । उनले भने, “सन्दीप लामिछाने एक युवतीसँग भदौ ५ गते राति ८:३० बजेको समयमा यहाँ आउनुभएको हो ।”

‘उहाँहरू यहाँ आउँदा दुवै जना खुशी देखिनुहुन्थ्यो ।’ उनीहरूलाई सर्भ गरेका कर्मचारीको भनाई उद्धृत गर्दै उनले भने ।

त्यहाँ पुग्नु अगावै लामिछाने उक्त रिसोर्टको एक भिआइपी रुम बुक गरेको पीडित बालिकाको आफन्तले दाबी गरेका छन् । होटेल कर्मचारीका अनुसार लामिछाने र युवतीले एउटै प्लेटमा खाना खाएका थिए । उहाँहरू यहाँबाट अन्दाजी ११:०० निस्कनुभयो । लामिछानेले बिल फोनपे मार्फत तिर्नुभएको हो ।

बालिका निकट स्रोतका अनुसार रिसोर्टमा पुगेपछि लामिछानेले मादक पदार्थ अफर गरेका थिए । बालिकाले आफूले मादक पदार्थ सेवन नगर्ने र जसरी पनि काठमाडौँ जाने बताएपछि लामिछानेले बुक गरेको भिआइपी रुम त्यतिकै छाडेर फर्किन बाध्य भएका हुन् । स्रोतले केटिएम दैनिकसँग भन्यो, ‘बालिका रुममा नजाने भन्दै गाडीमै गएर बसेपछि लामिछाने काठमाडौँ फर्किन बाध्य भएका हुन् ।’

प्रहरीले लामिछाने त्यहाँ पुगेको दिनको सिसिटिभी फुटेज लिएको र सर्भ गर्ने होटेल कर्मचारीको बयानसमेत लिएको प्रहरी स्रोत बताउँछ ।