सन्दीप प्रकरण झन् जटिल बन्दै, सन्दिपले दुर्ब्यवहार गरेको भन्दै बोल्न थाले अन्य किशोरीहरु पनि !

सन्दीप लामिछाने प्रकरणले सामाजिक सञ्जाल र सञ्चारमाध्यम भरिरहँदा अन्य केही किशोरीहरूले पनि आफूमाथि लामिछानेले दुर्ब्यवहार गरेको भन्दै खुल्न थालेका छन्।

यो समाचार तयार पार्दासम्म लामिछानले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै एक बालिका बाहेक अन्यको उजुरी प्रहरीमा नपुगेतापनि सामाजिक सञ्जालमा उनीहरूले आफू पनि लामिछानेबाट दुर्व्यबहारको शिकार भएको उल्लेख गरेका छन् ।

वूमेन्स रुम रिलोडेड (डब्लू आर आर) र श्रीमती संगठन नाम गरेका प्राइभेट ग्रुपमा आफू पनि लामिछानेबाट दुर्व्यबहारको शिकार भएको र केहीले भेट्न भोलाउँदा आफू नगएर राम्रो गरेको प्रतिक्रिया दिएका छन् ।

केटिएम दैनिकले लामिछाने विरुद्ध परेको उजुरीको समाचार ब्रेक गरेपछि केही किशोरीहरू हामीसँग सम्पर्कमा आएका छन् । हामीसँग सम्पर्कमा आएका किशोरीमध्ये एक किशोरीले भनिन्, ‘उहाँले कहाँबाट मेरो नम्बर पाउनुभएछ, मलाई पटक पटक कल गरेर भेट्न बोलाउनु भएको थियो । तर मेरो भाग्य बलियो रहेछ, मैले इन्कार गरे ।’

उनले थपिन, ‘उहाँले म जस्ता थुप्रै युवतीहरूलाई पनि म्यासेज पठाउने, फोन गर्ने गर्नुभएको रहेछ । यसले उहाँको नियतमा नै शंकास्पद भएको देखाउँछ ।’ लामिछाने आफूले प्रयोग गर्ने नीजि नम्बर ९८******२५ नम्बरबाट भने फोन गर्दैनथे ।

हाम्रो सम्पर्कमा आएकी अर्की एक युवती भन्छिन् ‘उहाँको भेरिभाइड इन्स्टाग्राम आइडीबाट म्यासेज रिक्वेष्ट आएपछि म एकदमै खुशी भएँ । अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाएका देशका एक खेलाडीको म्यासेज आउँदा फ्यानको नाताले म फुरुङ्ग हुनु स्वभाविक नै थियो । कुराकानी गर्दै जाँदा उहाँको कुराकानी मलाई अलिक असहज लाग्न थाल्यो । मैले उहाँलाई फ्यानको नाताले ‘रेस्पेक्ट’ गर्छु भनेपछि उहाँले सरी म अलि बढी नै ‘फ्रयाङ्क’ भएछु भनेर गल्ती स्वीकार्नु भयो ।’