सन्दीप प्रकरणमा ज्योती मगरको कडा प्रहार: गड्बड् त छ तर अन्डर एजको बारेमा सजक भएनन्

गायिका ज्योति मगरले आरोप पुष्टि नभएसम्म बलात्कारको ट्याग लगाउन नहुने बताएकी छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लागेपछि उनले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकी हुन्।

उनले लेखेकी छन्, ‘दोषी ठहर होलान् या नहोलान्, अहिले नै उनलाई बलात्कारको ट्याग नलगाउने कि’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘नगरकोट घुम्न जानु, होटल सँगै जानु, ५ गते घटना हुनु र २१/२२ मा मुद्दा दर्ता हुनु अलि गड्बड् त छ तर जे भए पनि अन्डर एजको बारेमा सजक नभएकै हो।’

‘केटाको उमेर जति नै ठुलो भए पनि सानै केटी रोज्नुपर्छ’ भन्ने पितृसत्तात्मक सोचका कारण पनि नाबालिगमाथि बलात्कार हुने गरेको उनको टिप्पणी छ।सन्दीपविरुद्ध मंगलबार एक १७ वर्षीया नाबालिग किशोरीले बलात्कार आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। अहिले सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

यो पनि :-

नाबालिग बालिकामाथि ज-बरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ ।

बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती ब लात्कार गरेको भनिएको छ । प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको प्रहरी स्रोतले बतायो ।

उक्त दिन लामिछाने र पीडित बालिका होटलभित्र छिरेको फुतेजमा देखिएको प्रहरीले बताएको छ । पीडित बालिकालाई त्यहाँ लगेर लामिछानेले पटक पटक ब ला त्कार गरेको आरोप लगाएकी छन्।

पीडितसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले ब ला त्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि ब ला त्कार भएको पाईएपछि त्यहाँको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको प्रहरी स्रोतले बताएको छ।