अरूको नाममा ट्रायल दिने पाँचजना भक्तपुरको राधेराधेबाट पक्राउ !

सवारी साधन अनुमती पत्रको लागि अन्य व्यक्तिको नाममा ट्रायल दिने पाँचजनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपलिका वडा नं. ५ राधे राधे स्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र नक्कली प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न हुँदै आईरहेका उनीहरूको प्रहरीले विभिन्न मितिमा पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

यसरी पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-११ टाँडी घर भई हाल काठमाडौंको चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्‍ठ, सोही पालिकाको वडा नम्बर ४ स्थायी ठेगाना भई हाल तिनकुने काठमाडौं बस्ने २० वर्षीया मनिष लामिछाने, कालिकोटको महाबई गाउपालिका-१ घर भई हाल कटुञ्जे भक्तपुर बस्ने वर्ष २४ को ईन्द्र बहादुर शाही छन् ।

त्यस्तैगरी सिन्धुली दुधौली नगपालिका-१४ स्थायी ठेगाना भएका हाल भक्तपुरको कटुञ्जे बस्ते वर्ष २१ को टुल्कु सिंह तामाङ र गोरखाको भिमसेन स्थान गाउपालिका-१ घर भई हाल कटुञ्जे नै बस्ने वर्ष २२ को राज कुमार श्रीमल रहेको भक्तपुर प्रहरीका प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।

उनीहरूबाट नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाईल सहित नियन्त्रणमा लिई “लिखत सम्बन्धि कसुर” मा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको डिएसपी पाण्डेले बताए ।