‘नाबालिगले चाहेपनि’ सन्दीपलाई निर्दोष प्रमाणित गर्न मुश्किल ,यस्तो छ कारण..

काठमाडौं, २३ भाद्र । ब,लात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कानूनी उपचारको सहयोगको आग्रह गरेका छन् ।

क्यानका पदाधिकारीसँगको टेलिफोन कुराकानीमा उनले सहयोगको आग्रह गरेका हुन् । राम्रो वकिल खोजिदिन लामिछानेले भनेका छन् ।

उनी क्यारेबियन कप खेलेपछि स्वदेश फर्कने भन्दै जमैकामै बसेका छन् । यता नेपाल प्रहरीले उनको खोजी जारी राखेको छ ।

सन्दीप स्वदेश फर्किएलगत्तै प,क्राउ पर्नेछन् । उनीमाथि अनुसन्धान बढाउने तयारी भइसकेको छ । १७ वर्षीया नाबालिगले सन्दीपमाथि ब,लात्कारको आरोप लगाएकी छिन् ।

नाबालिगको परिवारले उजूरी गरेका छन् । ५ भाद्रको साँझ होटल छिरेर ६ भाद्रको विहान होटलबाट निस्किएको तथ्य खुलिसकेको छ ।

सन्दीपले आफूलाई पटक पटक ब,लात्कार गरेको नाबालिगकको आरोप छ । सन्दीपले भने निर्दोष दाबी गरेका छन् ।

नाबालिगकले चाहेपनि अब अनुसन्धान प्रभावित नहुने भएको छ । विगतमा नाबालिग आरोपबाट पछि हटेपनि अनुसन्धान रोकिएको थिएन । reportersnepal