सन्दीप लामिछानेले गरे यस्तो घोषणा, प्रकरणले लिंदै अर्कै मोड !

काठमाडौं, २४ भदौ :

बालिका कर,णी गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान आफू निर्दोष भएको र नेपाल चाडै फर्कने बताएका छन् ।

सामाजिक सन्जालमा लेख्दै सन्दीपले आफू स्तब्ध भएको र केही दिनमा सिपिएल छोडेर स्वदेश फर्कने बताए । ‘म स्तब्ध छु र राख्छु, नेपालको कानुनलाई पूर्ण विश्वास गर्दै सिपिएल छाडेर केही दिनमै नेपाल फर्कदै छु । म यो आधारहीन आरोपको सामना गर्न तयार छु । आशा छ कि कानुनले सबैलाई बराबर न्याय दिनेछ’ सन्दीपले लेखेका छन् ।

गत भदौ ५ गते सन्दीपले १७ वर्षे किशोरी क र णी गरेको नेपाल पुलिसमा उजुरी परेको थियो । यसपछी अदालतले बिहिवार मात्रै उनलाई प क्रा उ पूर्जी आदेश दिएको छ । यता, बिहिवार नै नेपाल क्रिकेट संघ क्यालले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।

काठमाडौं उपत्यकमा एकैदिन मापसे गर्ने १८० सवारी चालकमाथि कारवाही : ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारवाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बिहीबार उपत्यकोको विभिन्न स्थानमा कारवाही गरिएको हो । बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारवाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा लेन अनुसशासन पालना नगर्ने ८३, रेड लाइटमा सवारी साधन चलाउने ६०, निषेधित क्षेत्रमा हर्न बजाउने १५१ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३४ जना सवारी चालक रहेका छन् । यस्तै २ हजार ६७५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।